ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

होँची भाउजु

२७ भाद्र २०७७, शनिबार
२७ भाद्र २०७७, शनिबार

म वास्तवमा सडक पेटीमा सुत्दै आएको छुँ ।

सडकसँग जोडिएको कच्ची घरको सोक्रीमा गर्मीमासमा खटिया बिच्छाएर सुतेको लगभग २१ बर्ष भयो ।

२१ बर्ष देखि म सोक्रीमा हरेक बर्षको छ महिना सुत्छु । तर, सडकछाप, सोक्रीछाप भने होइन है । सोक्रीमा सुत्नु मेरो रहर हो ।

वाध्यता हो र आवश्यकता हो पनि भन्दा हुन्छ ।

ढोका बन्द गरेर भित्र सुत्दाको सुताइ अचेतन सुताइ लाग्छ । बाहिर सुत्दा सचेतन सुताइ लाग्छ । किनभने बाहिर सुत्दा सुतेको बेलामा पनि दिमाग चञ्चल अवस्थामा हुन्छ । केही छिसिक्कको आवाज आयो भने पनि चेतना जाग्रत हुन्छ । विरालो हिँडेकोबाहेक मैले सबैखाले हिँडाइ चिन्न सक्छु । विहान छिटो आँखा खुल्छ । शरीर चंगा हुन्छ । रातको समयको ताजा शितसहितको अक्सिजन पर्याप्त पाएर होला ।

उता चराचुरुंगीको आवाज मनग्गे सुन्न पाइन्छ । चिबे चरो आँगनमै कराउन थाल्छ । धोबी चरो नजिकैको बोटमा सुसेली हाल्छ । कागहरु पश्चिमतर्फ लर्को लाग्छन् आवाज निकाल्दै । ढुकुरले दोहोरी गीत गाउन थाल्छन् । कुखुराका भालेका दोहोरी खुबै कानमा ठोकिन्छन् । निदाउँछु भन्दा पनि निदाउन दिँदैनन् तिनका कानमा ठोक्किने आवाजले । सायद कति चार, पाँच तल्ले घरमा सुत्नेहरुले यी कानमा ठोक्किने आवाजलाई निद्राका शत्रु ठान्छन् होला । त्यसैले त झ्याल बन्द गरेर बाह्र घण्टासम्म मुढा पल्टे झैँ पल्टिरहेका हुन्छन् । म त कहिलेकाहिँ जंगलमा पुगेर एक झोला रातोमाटो घरमा ल्याउँदा वा एक झोला सल्लेउ, बगाले च्याउ ल्याउँदा पनि श्रीमतीले बिछौनामा खर्राँटा लिइरहेकी हुन्छिन् । किनभने उनी ढोका बन्द गरेर सुत्छिन् । वास्तवमा म आधुनिक उपमहानगरपालिकाको प्राचीन बासिन्दा हुँ । विकासको ढोका नउघारिएको अविकसित बासस्थानी हुँ ।

जाडो महिनामा म दिउँसोको समयमा प्लाष्टिकको गुन्द्री बिच्छाएर घाममा बस्छु । केही पहिलेसम्म पराले गुन्द्रीमा बस्थेँ । अहिले गुन्द्री बुन्ने साँचो घरमा छैन । कसैले लग्यो र बेपत्ता पारिदियो । कसले लगेको भन्ने पनि विस्मृत भयो । सौर्य ताप पाउनकालागि कहिलेकाहिँ भित्री कपडा (बनियान) पनि खोल्छु । शरीरले आनन्द पाउँछ । तर, मैले आफूलाई सोक्रीमा सुतेको ठान्दिन । सडकछाप भएको पनि मान्दिन । कसैसँग दयाभाव पनि खोज्दिन । कारमा चढेर हिँड्नेहरुले मेरो बसाइलाई भिखारी बसाइ पनि सायद ठान्छन् होला । उनीहरुले ठान्नु अन्यथा होजस्तो पनि लाग्दैन । यो सबै सोँचाइको विषय हो । तर, म जे छुँ सन्तुष्ठ छुँ । बाँचुञ्जेल हुनेछुँ । किनकि यो मेरो लागि आदत बनिसकेको छ ।

यस्तो बसाइमा बेग्लै मनोविज्ञान बन्दोरहेछ । मेरो दराजमा बर्षेनी कपडा घटिरहेका हुन्छन् । कहिलेकाहिँ श्रीमतीलाई कतै काममा पठाएर मैले दराजमा चाँजिएका कपडाहरुमध्येबाट छानेर शरीरमा ठीक नबस्ने, कोही साँग्रो हुने, कोही झोल्लो हुने कपडाहरु निकालेर झोलामा कोचेर मजस्तै सडक पेटीमा पैदल हिँड्ने, बस्नेहरुलाई दिन्छु । श्रीमतीलाई किन बाहिर धपाउनु पर्यो भन्ने प्रश्न उठ्ला । उनले आफूले धोएर राखिदिएका कपडा अरुलाई दिँदा आपत्ति जनाउँछिन् । दैनिकी मजदुरी, किसानी काम गर्नेलाई दिन्छु । आम्दानीविहीन बुढापाकाहरुलाई दिन्छु । दीर्घ रोगी, अपांग, नेत्रहीनलाई दिन्छु । एकपटक बुटवल मिडिया कप लेखिएको भेष्ट अर्धानो भएको थियो । च्यातिएको भेष्ट लगाएर हिँडेको एकजनालाई यो लोगो मेटाएर लगाउ भनेर दिएँ । उसले लोगो मेटाएर अहिलेसम्म लगाएको छ । देख्दा खुसी लाग्छ । आत्मसन्तुष्ठि हुन्छ ।

मैले आफूलाई दानी भनाउन खोजेको होइन । त्यो दान पनि होइन । दानको परिभाषा फराकिलो छ । जुन दान मबाट सम्भव नै छैन । दान भनेको त्याग हो । मैले कुनै त्याग गर्न सकेको छैन । म लोभी छुँ । लोभी हुनुको अर्थमा पापी पनि छुँ । लोभ र पाप जुम्ल्याहा हुन् । म त्यहि परिधिभित्र छुँ । धेरै मानिस मेरो हालतमा छन्, होलान् । कुरा त्यतातर्फ तन्काउन खोजिएको हैन । कुरा मनोविज्ञानको हो ।

मेरा छिमेकीहरु मेरोमा सहजै पस्छन् । छिमेकीमात्र हैन, जोगी, जलन्धरी, आर्थिक सहयोग माग्नेहरु, कतै काममा हिँडिरहेकाहरु, पिसाव लागेका, पानी पिउनु पर्नेहरु पनि सहजै पस्छन् । किनभने मेरो पानी धारा आँगनमा छ । पाइखाना आँगनमा छ । घरमा पस्नकालागि बार बन्देज वा गेट छैन । खुला ठाउँ सबैका लागि सहज बन्दोरहेछ । भैले खेल्ने साना तरेलीहरुको त तिहारताका भीड नै लाग्छ । कैयौँ जोर चप्पल पनि हराएका छन् । कतिले त आँगनमा कैयौँ दिनसम्म मोटरवाइक अड्याउँछन् । कार्यालयबाट आएपछि सोझै मेरो आँगनमा सोझ्याउँछन् । यो लेखोट लेखिरहँदा पनि मेरो आँगनमा दुई थान मोटरवाइक खडा छन् । बाहिर सोक्रीमा म सुत्ने कारणले बाइकका धनीहरुले सुरक्षित ठान्दारहेछन् । मलाई पनि यसमा आनन्द महशुस हुन्छ । हरेक घण्टामा मेरो खटियामा बस्न मानिसहरु आएकै हुन्छन् । कतिपय बेलामा खटिया र आधा दर्जन कुर्चीले नपुगेर टुल, पिर्का, गुन्द्री पनि निकाल्नु पर्छ । कसैले आफ्नो घरमा खसी काट्ने सिचुएशन भएन भने डोराउँदै मेरोमा ल्याउँछन् । दाउराको सत्यानास हुन्छ । भाँडा माझ्दा माझ्दै हैरान भएर श्रीमतीले झगडा उठाउँछिन् । माखा लागेर फिनाइल किन्नुपर्ने हुन्छ । अहिले मासु खान छाडेको कारणले कमी भएको छ । होँची आइमाई गाउँभरिकै भाउजु भन्ने उखान मेरो घरको लागि निकै जँचेको छ । वास्तवमा सो उखान मेरै घरको अवस्थालाई देखेर बनाइएको हुनुपर्छ भन्ने लाग्छ ।

मैले चारतले घर बनाएको हुन्थेँ र भित्र पस्नका लागि गेट उघार्न घण्टी बजाउनु पर्ने अवस्था हुन्थ्यो भने सायद मानिसहरुको सम्पर्क टाढिन्थ्यो । खुला घरमा सबै कुरा बाटोबाटै देखिन्छ । अझ छ महिनाजति आँगनमा खाना पकाइने र त्यहिँ खाने भएकोले धेरैले थुक पनि निल्ने गर्छन् । तरकारीका परिकार आँखाले देख्दा लोभिन्छन् । कतिले त चाखौँ न भनेर मुख खोल्छन् । दिनै पर्यो । मर्निंगवाक गर्नेहरु फूल चोर्न पस्न खोज्छन् । तर, मलाई जागा देखेपछि झस्केर बाटो तताउँछन् । कतिले सोधेर टिप्न माग्छन् । वनस्पतिको बीचमा मेरो सुताइ हुन्छ ।

अहिले स्थितिमा केही फेरवदल भएको छ । ओम् नमः शिवाय भन्दै चिम्टा देखाउँदै कमण्डलू थाप्नेहरु धेरै भयो आएका छैनन् । अपांगहरु पनि देखिँदैनन् । निरन्तर आइरहने छिमेकीहरु पातलिएका छन् । नेटको फाइदा उठाउने छिमेकीले पाइला बढाउँदैनन् । त्यसो त सेनिटाइजरको ठूलो बोटल रित्तिएको छ । अचार, तरकारी चाखौँ न भन्नेहरुको त बाटो नै वदलिएको छ । न कसैको जन्ती जानु, प्रितिभोज खानु, न त मलामी जानु, तेह्रौँ पुण्डतिथिमा सामेल हुन जानु । साथी संगाती, नातागोता बसेर यसो भोज खाउँ भने पनि सबले सबलाई शंका गर्नुपर्ने । श्राद्ध पनि जुम गर्नुपर्ने । कोरोना नै अहिलेको आपसी सम्बन्ध तोड्ने भूत बनेको छ । मानिसमा मनोविज्ञान फेरिएको छ । होँची भाउजु अग्ली त भएकी छैनन् ।

तर, अग्ली बनाइएकी छन् । कोरोनाले बनाइदियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?