ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

शर्मालाई ‘नर्सरीको नशा’

१ श्रावण २०७७, बिहीबार
१ श्रावण २०७७, बिहीबार

जडिबुटी तथा फलफुलका विरुवा विक्रिबाट सल्यानका एक युवा उद्यमीले राम्रो आम्दानी गरेका छन् । तीन वर्ष यता ब्यवशायीक रुपमै विरुवा उत्पादनमा लागेका कपुरकोट गाउँपालिका ३ का युवा तिलक शर्माले वार्षिक २० देखी २५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । विशेष गरि औषधिय गुणले भरिपूर्ण जडिबुटी टिमुरको विरुवा उत्पादनमा लागेका उनले कागती, सुन्तला लगाएत फलफुलका विरुवा पनि उत्पादन गर्छन् । यस वर्ष उनले ३ लाख २५ हजार बढी विरुवा उत्पादन गरेका छन् । र हाल सम्म ४५ हजार बढी विरुवा विक्रि गरिसकेका छन् ।

युवा उद्यमी शर्माले भने, ‘यसपाली ३ लाख टिमुर र २५ हजार जति कागती, सुन्तला लगाएतका विरुवा मेरो नर्सरीमा उत्पादन भएका छन् ।’ डोल्पा, संखुवासभा, स्याङ्जा, म्याग्दी, दोलखा, काठमाण्डौँ लगाएतका जिल्लामा शर्माले उत्पादन गरेका विरुवा पुगेका छन् । ४५ हजार विरुवा विक्रि गर्दा १० लाख आम्दानी भएको शर्माले जानकारी दिए । उनले भने, ‘साईज र उमेर हेरेर एउटा विरुवा १० देखी ५० रुपैयाँ सम्ममा विक्रि गर्नेगरेको छु ।’

चापागाई नर्सरी उद्योग दर्ता गरेर ब्यवशायीक रुपमै विरुवा उत्पादनमा लागेका शर्माको नर्सरीमा १० वटा पोलिहाउस तथा नेट हाउस छन् । ३ रोपनीमा रहेको नर्सरीको क्षेत्रफल बढाएर १० रोपनी पुर्याउने उनको लक्ष्य छ । ‘अहिले ३ रोपनीमा विरुवा उत्पादन भइरहेको छ, यसलाई बढाएर १० रोपनी पुर्याउने र टिमुर अलावा अन्य वनस्पतिजन्य विरुवाको उत्पादन पनि बढाउने मेरो लक्ष्य छ,’ शर्माले भने ।

गत वर्ष २५ लाख बढी आम्दानी गरेका शर्माले २०५८ सालदेखी विरुवा उत्पादन शुरु गरेका थिए । तर ब्यवशायीक रुपमा लागेको ३ वर्षजती भएको उनी बताउँछन् । सुरुका केही वर्ष नर्सरीबाट सोचेजस्तो आम्दानी हुन नसकेपनि निरन्तर व्यवसायमा लागेपछी अहिले राम्रो आम्दानी हुन थालेको शर्माले बताए ।

अनलाईनबाट विक्रि र प्रचार प्रसार
युवा उद्यमि तिलक शर्मा प्रविधिलाई पनि उपयोग गरेर ब्यवशायलाई अगाडि बढाएका छन् । अनलाईनबाट पनि धेरै कृषि फार्म तथा किसानहरुले उत्पादीत विरुवा तथा मुल्यका बारेमा जानकारि लिने गरेका छन् । चापागाईँ नर्सरी नामक ‘बिजनेस साईट’ बनाएर नर्सरीको बारे जानकारि दिने र अनलाईनको माध्यमबाटै विरुवा विक्रि गरिरहेका छन् । निःशुल्क रुपमा विजनेस साईट तयार भएको उनले बताए ।

‘अनलाइनबाट कन्ट्याक्ट गरेर यस वर्ष पन्ध्र बीस जनाले विरुवा किनेर लैजानुभएको छ,’ उनले भने । कोरोना भाइरस महामारिका कारण यस वर्ष ब्यवशायमा केही असर परेको उनले बताए । सहज रुपमा आवतजावत नहुँदा विरुवा निकासीमा समस्या आइपरेको शर्माले दुखेसो पोखे । उनले आफुलाई कुनै पनि निकायबाट अनुदान लगाएतका सहयोग नपाएकोमा पनि गुनासो छ । यद्यपि वनस्पति विज्ञहरुबाट सुझाव र सल्लाह पाएको उनी बताउँछन् । साथै विभिन्न जिल्लाहरुबाट आफुकहाँ विरुवाको माग बढ्दै गएकाले आत्मबल पनि बढेको शर्माले बताए ।

चापागाईँ नर्सरिमा २ जनाले बाह्रै महिना रोजगारि पनि पाइरहेका छन् । शर्माको बुवा, आमा, श्रीमतिले समेत विहान देखि साँझ सम्म नर्सरिमा परिश्रम पोखिरहेका हुन्छन् भने अन्य २ जना स्थानीयले पनि रोजगारि पाएका छन् । उनका बुवा रेशमराज शर्माले केही वर्षअघिसम्म समय विताउन गाह्रो भएकोमा अहिले छोराकै नर्सरीमा विहानदेखि साँझ अवेरसम्मै व्यस्त हुने गरेको बताए । छोराको सफलता र फस्टाउँदो व्यवसायले खुसी दिएको बताए ।

खोल्साखाल्सी तथा बारिको ढिक काल्नामा पनि टिमुर खेती फस्टाउने र टिमुरको बजार मुल्य पनि राम्रो भएकाले पछिल्लो समय टिमुर खेती तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । यसले गर्दा टिमुरका विरुवाको पनि माग बढेको छ । चापागाइँ नर्सरिबाट लगेका विरुवा फस्टाउदै गएको र फल दिन शुरु गरेको किसानहरु बताउँछन् । उद्यमी शर्माले भने, ‘मं कहाँबाट विरुवा लगेर रोप्नुभएका रोल्पा थवाङका किसान जय बहादुर घर्ती संग केही समय अगाडी कुरा भएको थियो । टिमुरको विरुवा राम्रो संग हुर्कीएको र राम्रो फल्न शुरु गरेको बताए ।’ विरुवा लगेर रोपिसकेपछी स्याहार सम्भारमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?