ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

रुकुम पूर्वमा माओवादीलाई झण्डै दोब्बर

२० मंसिर २०७५, बिहीबार
२० मंसिर २०७५, बिहीबार

रुकुम पूर्वका सबै तहमा नेकपाको पार्टी एकीकरण टुंगिएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि बनेको कार्यदलले पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुंग्याएको हो ।
जिल्ला तहको एकीकरणका लागि केन्द्र स्तरको कार्यदल र स्थानीय तहको एकीकरणका लागि प्रदेश स्तरको कार्यदल बनाइएको थियो ।
कार्यदलले टुंग्याए अनुसार एकसय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व माओवादी केन्द्रबाट ८१ पूर्व एमालेबाट ५४ सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व माओवादीको तर्फबाट होमप्रसाद श्रेष्ठ र सचिवमा पूर्व एमालेको तर्फबाट सतमान पुनलाई सिफारिस गरि पठाएको बताइएको छ । त्यस्तै तीनवटा स्थानीय तह रहेको यस जिल्लामा पूर्व माओवादीलाई दुई र पूर्व एमालेलाई एक स्थानीय तहमा नेतृत्वको बाँडफाँड गरिएको छ । अध्यक्ष र सचिव फरक–फरक समूहले पाउने भएका छन् ।
गाउँपालिका र भूमे गाउँपालिकाको नेतृत्व गर्नेछ भने पूर्व एमालेले सिस्ने गाउँपालिकाको नेतृत्व पाउने भएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा सरुल पुन (अजय शक्ति) अध्यक्ष र कुलबहादुर ओली सचिव तोकिएको छन् भने भूमे गाउँपालिकामा जनक बुढा (कमल) अध्यक्ष र दलबहादुर विक सचिव रहेका छन् । त्यस्तै सिस्ने गाउँपालिकामा महेन्द्र केसी (जुनकिरी) अध्यक्ष र मधुरजंग खड्का सचिवको जिम्मेवारी तोकेर प्रदेशमा सिफारिस गरिएको नेकपा प्रदेश नम्बर ५ का सदस्य टोपबहादुर ओलीले जानकारी दिए । उनका अनुसार ७५ सदस्यीय सबै पालिका स्तरीय कमिटीमा पूर्वमाओवादीको तर्फबाट ४५ र पूर्व एमालेको तर्फबाट ३० जना सदस्यहरू रहेका छन् । प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र स्तरीय कमिटीको नेतृत्वमा भने एकएक वटा बाँडफाँड गर्ने बताइएको छ ।
३१ वडा रहेको यस जिल्लामा २० पूर्व माओवादी केन्द्र र ११ पूर्व एमालेले पाउने गरी सहमति गरिएको छ । त्यहाँ पनि अध्यक्ष र सचिव फरक धारले पाउनेगरी सहमति भएको र व्यक्ति तोक्ने काम पनि छिट्टै हुने बताइएको छ । कार्यदलले टुंग्याएको यी नामावलीहरूलाई केन्द्र र प्रदेशले अनुमोदन गर्ने बित्तिकै कार्यान्वयनमा जाने केन्द्रीय सदस्य खेममान खड्काले बताए । जिल्लाको अध्यक्ष र सचिवको अन्तिम टुंगो केन्द्रीय सचिवालयले लगाउने भएकोले यस विषयमा आफूले बोल्न नमिल्ने उनको भनाइ छ । राज्य पुनर्संरचनाको क्रममा साविक रुकुमलाई दुईभागमा विभाजन गर्दा यस क्षेत्रमा ठूलो भूगोल भएपनि जनसंख्या थोरै हुँदा रुकुम पूर्व तीन स्थानीय तहको मात्रै नयाँ जिल्ला बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?