ट्रेंडिंग:

>> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

सडन डेथमा मनाङले जित्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधि

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

बुटवल, ११ चैत ।

२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई सडन डेथमा ९–८ गोल अन्तरले स्तब्ध बनाउंदै मनाङले उपाधि चुमेको हो । २०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो ।

सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले फर्काइदिएर असफल बनाइदिए भने दिपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो । यसअघि निर्धारित समयको पहिलो हाफमा मनाङका कोफी तिमोथे कोउडोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको शुरूवातमै सुदूरपश्चिमका फागुराम थारुले गोल फर्काएपछि मनाङ दबाबमा परेको थियो । १–१ को बराबरी पछि दुबै टिमले गोल गर्न सकेनन् ।

उपाधिसंगै मनाङ भि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

बेस्ट गोलरक्षक मनाङका जियानाथ शेख, डिफेण्डर आशिस गुरुङ, बेस्ट फरवार्ड सुदूरपश्चिमका फागुराम थारु, बेस्ट मिडफिल्डर मनाङका विशन गुरुङ, बेस्ट कोच मनाङका किरण श्रेष्ठ घोषित हुँदै जनही ३० हजारका दरले नगद पुरस्कार पाए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी सुदूरपश्चिमका फागुराम थारुलाई पनि पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?