ट्रेंडिंग:

>> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

अमित बराल जिताउन अभियान सुरु

१२ मंसिर २०७५, बुधबार
१२ मंसिर २०७५, बुधबार

नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रूपन्देहीमा ‘अमित बराल जिताऔ अभियान सुरु’ भएको छ ।
एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचार प्रसारसँगै सहयोग जुटाउनका लागि सैनामैनाका विभिन्न संघ संस्थाको आयोजनामा मंगलबारदेखि अमित बराल जिताऔं अभियान सुरु भएको हो । बराल जिताऔ अभियान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले अमित सैनामैनाको मात्र नभई राष्ट्रकै एक गहना भएको बताए । उत्कृष्ट ६ मा पर्न सफल अमितको कला र प्रतिभाको उच्च सम्मान गर्दै सबैले भोट गरी सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा रिजन चेयरपर्सन तथा लायन्स क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष तिलब के.सीले अमितलाई नेपाल आईडल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । यसैगरी लायन्स क्लव अफ सैनामैना मलमलाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्माले अमित देशको पहिचान भएको बताए ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य नर बहादुर घर्ती, नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी लगायतले बोल्दै अमित बराललाई जिताउन आफूहरूले सक्दो पहल गरिरहेको बताए । साथै प्रदेश ५ कै एक मात्र प्रतिस्पर्धी रहेको हँुदा अमित नेपाल आईडलको दाबेदार भएको बताउँदै सम्पूर्णलाई भोटका लागि अपिल गरेका थिए । उक्त कार्यक्रममा नेपाल आईडलको टप ‘सिक्स’ मा पुग्न सफल बरालको जिबनी र उनको नेपाल आइडलको हाल सम्मको यात्रा सम्मिलित सानो बृतचित्र प्रदर्शन गरिएको थियो ।
यसैबिच बराललाई जिताउन सहयोग स्वरूप लायन्स क्लब अफ सैनामैना, रोटरी क्लब अफ सैनामैना, सैनामैना जेसिज, आम समूह स्थानीय समाजसेवी व्यक्तित्व लगायतले आर्थिक सहयोग गरेका छन् । अमित बरालका बुवा जीवन बराल, आमा सीता बराल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री, रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपाने, प्रभात आवसीय बोडङ स्कुलका प्राचार्य अनन्तराम शर्मा, सैनामैना मेमोरियलका प्राचार्य जे.बी क्षेत्री, हिमाल बोर्डिङ स्कुलका प्रिन्सिपल हेमराज भट्टराई, जन्मुक्ति पार्टीका नगर संयोजक टम बहादुर सोमै, राप्रपाका नगर संयोजक ईश्वरी घिमीरे, नेकपा सैनामैनाका सेक्रेटरी प्रेम चन्द्र भुसाल, सैनामैना जेसिजका निवर्तमान अध्यक्ष नन्दु थापा क्षेत्री, रोट्रयाक्ट क्लब अफ सैनामैनाका सल्लाहकार सुरज थापा मगर, लायन्स क्लव अफ सैनामैनाका सचिव दिपक अधिकारी लगायतले बोलेका थिए । लायन्स क्लव अफ सैनामैना, रोटरी क्लव अफ सैनामैना, लायन्स क्ल्व अफ सैनामैना मलमला, लायन्स क्लव अफ सैनामैना सालझण्डी, सैनामैना जेसिज, लियो क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ सैनामैना, सैनामैना संस्थागत विद्यालय संगठनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?