ट्रेंडिंग:

>> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

नेपाल आईडलको उत्कृष्ट ६ मा बराल

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

 प्रदेश नं ५ को एक मात्र प्रतिस्पर्धी अमित बराल नेपाल आईडलको उत्कृष्ट ६ मा पर्न सफल भएका छन् । रूपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय बराल नेपाल आईडलको टप ६ मा आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट ६ पर्न सफल भएका हुन् । उनले नेपाल आइडलको सुरुवात देखि नै सबैको मन जितेका छन् । आइडलमा एक चोटी ‘पफर्मेस अफ द डे’ बनिसकेका बरालले क्लासिकल र पप शैलीका गीत बढी मन पराउने गर्दछन् ।
गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’मा अमितले पैसा होइन पासो छ, परदेशमा बोलाउँदै छन् आफन्तले स्वदेशमा भन्ने ‘पन्छी’ गित मार्फत उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै निर्णयक सहित देश विदेशमा रहने सम्पुर्ण नेपालीहरूलाई गीत मार्फत रुवाएका थिए । यसैगरी उनले तिम्रो हर प्रश्नको जवाफ मेरो चिट्ठी हरूमा खोज्नु, यदि चित्त तिमिलाइ बुज्दैन भने मेरो सामुन्ने आएर सोध्नु, तानसेन घमाईलो बाबुको जुँगो लगायतका गीतहरूमा उत्कृष्ट प्रस्तुति दिएका छन् ।
उत्कृष्ट ६ मा पुगेका अमित सामाजिक संजालमा पनि उत्तिकै चर्चित छन् । उनको जिउडाल, अनुशासन, मिलनसार र लज्जालु स्वभावले धेरै युवा युवतीहरू उनको शुभचिन्तक बनेका छन् । बरालको सामाजिक संजालमा फ्यान फलोवर्स पनि राम्रै छ । अहिले कलेज, स्कुल, कार्यालय, सार्वजनिक यातायात, चिया पसलदेखि हरेक जमघटमा अमितको चर्चा हुन थालेको छ । प्रत्येक बिहीबार बेलुका ८ः३० बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ६ मा पुगेका अमितलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । अमितका बुवा जिवन बरालले पुख्र्याैली थलो पाल्पा, नवलपरासी र रूपन्देहीमा भोटका लागि पहल गरिएको बताए । साथै उनले प्रदेश नं ५ को एक मात्र प्रतिस्पर्धी अमित भएकाले प्रदेश नं ५ सँगै देश तथा विदेशमा रहने सम्पूर्णलाई भोटका लागि अपिल गरेका छन् ।
अमितलाई नेपाल आइडल सिजन २ बनाउन म्यासेजमा ०१ टाइप गरी ३१००९ मा पठाउनु पर्नेछ । देश र बिदेशबाट रेष्पेक्ट एण्ड राईज एप बाट पनि भोट गर्न सकिने छ ।
२०५१ साल असोज २ गते नवलपरासीको बर्दघाटमा जन्मिएका अमित बराल सैनामैनाबासी हुन् । बरालको परिवार पुख्र्याैली थलो पाल्पादेखि २०४० सालमा नवलपरासी बसाई सरेको थियो । २४ वर्षीय अमितका बुवा जीबन बराल विगत १७ वर्षदेखि रोजगारीको शिलशिलामा कतारमा काम गर्दै आएका छन् भने आमा सीता बराल गृहिणी हुन् । बुवा अहिले विदाको समयमा घरमै छन् । अमित माईलो छोरा हुन् भने एउटा बहिनी र भाइ छन् ।
२०६५ सालमा आफ्ना दाजु सुमित बरालको असमायिक निधन भयो । निधन पश्चात मात्र अमितले दाजुले गीत संगित प्रति देखाएको लगावको सिको गर्दै स्व.दाजुको सपना पुरा गर्न तल्लिन हुन थाले । उनी नवलपरासी आईडलको टप ५ मा पर्न समेत सफल भए । यो सँगै उनले बर्दघाटमा रहँदा नै सांगीतिक करिअर सुरु गरे । लुम्बिनी कला केन्द्र बुटवलमा २ वर्षसम्म संगीत सिकेका थिए । उच्च माध्यमिक विद्यालयको पढाइ सकिएसँगै काठमाडांैमा पनि उनले केही समय संगित शिक्षा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?