ट्रेंडिंग:

>> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली

लुम्बिनी कासाईलाई दोस्रो टिपिएल उपाधि

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

रूपन्देहीमा जारी दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका उपाधि शक्ति गौचनको प्रशिक्षणमा रहेको टिम लुम्बिनी कासाई ग्लाडियटरले हात पारेको छ । तिलोत्तमा नगरपालिकास्थित नवजिवन खेलमैदानमा शनिबार भएको फाईनल खेलमा रोयल शंकरनगरलाई ६१ रनले पराजित गर्दै लुम्बिनी कासाईले उपाधि चुमेको छ ।
उपाधिसंगै लुम्बिनीले नगद ३ लाख, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि उपविजेतामा चित्त बुझाएको शंकरनगर नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । अनुभवि राष्ट्रिय टिमका सदस्य रहेका शक्ति गौचनको अनुभव र विश्वास युवा खेलाडीहरूले खेलमा पस्कन सक्दा जित हासिल गर्न सफल रहयो । प्रतियोगितामा म्यान अफ दि सिरिज शंकरनगरका रोहित पौडेल घोषित हुदै नगद २० हजार, बेष्ट ब्याट्सम्यान मणिग्रामका सन्दिप रजालि नगद १० हजार, बेष्ट बलर लुम्बिनी कासाईका रूपेश कुर्मी नगद १० हजार तथा प्रतियोगितामा बेष्ट फिल्डर बुटवल डाईनामाईटका देव खनाल, फाष्टेड फिफटी आरसी भैरहवाका सोनु तामाङ, ईमरजिङ्ग प्लेयर बुटवलका अभिषेक गौतम घोषित हुदै नगद ५ हजारबाट पुरस्कृत भएका थिए ।
निक्कै रोमाञ्चक खेलमा टस जितेर रोयल शंकरनगरले लुम्बिनीलाई ब्याटिङग निम्तो दिएको थियो । लुम्बिनीले निधारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनको लक्ष्य खडा गरेको थियो । पहिलो ओभरमा नै ओपनर राजु साहनी रोहितको बलमा आउट भएका थिए । सुनिल धवल १० बलमा ९ रनको स्कोरमा सुसान्त भारीको बलमा बोल्ड भए । तेस्रो नम्बरमा मैदान छिरेका पुरन बिक २ बल खेल्दै शुन्यमा आउट भए । सन्दिप सुनारले बिकलाई बोल्ड गरे । लगातार विकेट गुमाएर धरमराएको लुम्बनीलाई भिम सार्कीले सम्हाले । सार्कीले ३५ बलमा ६३ रनको जोड्दै टिमलाई सम्मानजनक स्कोरमा लगेका थिए । शंकरनगरका रोहित पौडेल र सन्दिप सुनारले समान २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको शंकरनगरका ब्याट्सम्यानहरू लुम्बिनीका बलर सामु खुलेर खेल्न सकेनन ।
लिगमा उत्कृष्ट प्रर्दशन गरेका सन्दिप सुनार फाइनलमा चल्न सकेनन । ओपनर सुनिल कुमार ६ बलमा १२ र सन्दिप सुनार ११ बलमा केवल ८ रन बनाएर आउट भए । दुबैलाई लुम्बिनीका कुशल मल्लले आउट गरेका थिए । शंकरनगरका रोहित पौडेल २२ बलमा २२ र रोबिन क्षेत्रीले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । शंकरनगर १६.४ ओभरमा केवल ८५ रनमा समेटिएका थिए । कम स्कोरमा रोक्न लुम्बिनीका रूपेश कुर्मीले २.४ ओभर बलिङ गर्दै १३ रन खर्चेर २ विकेट लिएका थिए । यसैगरि कुशल मल्ल र महेशपति समान २–२ विकेट लिएका थिए । खेलमा लुम्बिनीका भिम सार्की म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
एक समारोहका बिच प्रदेश न ५ का उधोग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरि, रूपन्देही किकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, तिलोत्तमा किकेट विकास समितिका अध्यक्ष अच्युतराज ढुङ्गाना, बुटवल किकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, समितिका उपाध्यक्ष रोमित बज्राचार्यले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?