ट्रेंडिंग:

>> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बुटवल, ११ वैशाख ।

बुटवलमा मंगलबारदेखि तीन दिने भलिबल प्रतियोगिता शुरु भएको छ । लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा भलिवल प्रतियोगिता शुरु भएको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तर्गत भलिवल प्रतियोगिता २०८१ तथा खेलाडी सम्मान कार्यक्रम बुटवलमा शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले खेलले मानिसलाई सधै पुनर्ताजगी बनाउनुको साथै शरीर स्वस्थ राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । यसकारण पनि मानव स्वास्थ्यलाई समेत जोडेर अहिले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने, “सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत युवाहरुलाई एकीकृत गर्ने प्रयासमा क्लव जुटेको छ उक्त कार्यमा उपमहानगरपालिका पनि संगै सहकार्य गरेको बताए ।

स्थानीय जनताको आवश्यकता र मागका आधारमा पालिकाले सेवा सुविधा दिने गरेको बताउँदै आगामी दिनमा पनि सोही क्लवले बिभिन्न सामाजिक कार्य गर्दै नगरसँग समन्वय गरी अगाडि बढ्न सुझाव दिए । बुटवल नगर भित्र कुनै एक क्षेत्रमा सहिदहरुको नाममा सहिद स्मृति पार्क निर्माणका लागि पहल गर्न अनुरोध गर्दै त्यसका लागि आवश्यक सहकार्य सहित बजेट विनियोजन गर्न बुटवल उपमहानगरपालिका तयार रहने प्रतिवद्धता ब्यक्त गरे ।

प्रमुख पाण्डेले कार्यक्रमबारे सफलताको शुभकामना दिदै यस क्लवले समाजका युवा, महिला,जेष्ठ नागरिक र बालबालिकाको क्षेत्रमा पनि संघ र प्रदेश सरकारसँग सहकार्य गरी सामाजिक कार्य गर्दै अगाड बढ्न सुझाब दिए ।

अहिले उक्त खेलमा १३ जना समूहको सहभागिता रहेको छ । ११ पुरुषको समूह छ भने २ महिलाको समूह सहभागी छ । खेलकुद प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३५ हजार राशीको पुररस्कार सहित मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ भने दोस्रो हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहलाई नगद २५ हजार सहित मेडल र प्रमाण पत्र र सान्त्वना हुने समूहले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यस्तै उक्त कार्यक्रमको अन्तिम दिन समापनमा बुटवल उपमहानगरपालिका भित्र रहेका राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष नारायण जि.सी निर्मलले जानकारी दिए । गणतन्त्र प्राप्तिको निम्ति शहादत प्राप्त गरेका महान सहिदहरुको सम्झनामा यो खेलको आयोजना गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकामा रहेका खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरी कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष जिसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?