ट्रेंडिंग:

>> वडा कपमा वडा नं ३ र १ विजयी >> आरम्भ चौतारी लघुुवित्तको अध्यक्षमा विनोद ज्ञवाली >> बेलबास–बेथरी सडक छिटो पूरा गर्न माग गर्दै संघर्ष समितिको ज्ञापनपत्र >> ‘रुपन्देही खेलकुद हब हो ।’ — अध्यक्ष आचार्य >> नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ) >> युवा संघ नेपालको ३५ औ स्थापना दिवस >> जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार >> मौलिक तरिकाले गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको निर्देशन >> मंगलबार पनि घट्यो सुनको भाउ >> गिरीबन्धु टि स्टेट प्रकरण कांग्रेसले संसदमा उठाउने >> परिवार योजना र परामर्शबारे छलफल हुनुपर्ने >> लुम्बिनीको बजेट खर्च निराशाजनकः १० महिनामा ४० प्रतिशत खर्च >> दाङको राजपुरमा वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट >> कांग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने >> मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु,७४ जना घाइते >> सन्दीपको मुद्दाको पेसी आज, पहिलो नम्बरमै पालो >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै >> अझै कतिञ्जेल धान्ने रेमिटान्सले ? >> स्वर्गीय वेणीमाधव गुरुको अमर सम्झनामा >> अस्थिरताको दुष्चक्रले प्रदेश सरकार बने मन्त्री उत्पादन गर्ने कारखाना : साढे ६ वर्षमा ५ जना मुख्यमन्त्री, ४७ जना मन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी बोर्डिङमा निशुल्क दन्त शिविर >> वडा कपमा वडा नं २ र ७ विजयी >> ‘थारु समुदायको हकहितका लागि बरघर प्रथा आवश्यक’ >> म्याद गुज्रेको औषधि भेटिएपछि विक्रिमा रोक >> यो वर्ष ६५ प्रतिशतसम्म बढी गर्मी र वर्षा हुने >> कोशी प्रदेश सभा वैठक कांग्रेसद्वारा वहिष्कार >> २ अर्ब बढीको अवैध अनलाइन सट्टेबाजीमा संलग्न २४ वर्षे युवा पक्राउ >> होटल ब्यवसायीलाई १६ दिने फ्रन्ट अफिस तालिम >> कांग्रेस संसदीय दलको वैठक भोलिलाई स-यो >> तोलामा ३ सय रुपैयाँ घट्यो सुन >> जसपा नेपालले छाड्यो सरकार >> बाणिज्य बैंकहरुले घटाएको मुद्दती निक्षेपको ब्याजदर कसको कति ? (सूचिसहित) >> कांग्रेस संसदीय दलका दुई वैठक बस्दै >> वर्ल्डलिङ्कको रिट खारेज, करिब चार अर्ब राजस्व असुल हुने >> जसपा नेपाल सरकारबाट फिर्ता हुने, उपेन्द्रले आज राजीनामा दिंदै >> आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा मेघगर्जनसहित वर्षा >> बुटवलमा बाढीले गराएको खबरदारी ! >> खोप अभियानलाई सबै मिलेर सफल बनाऔं >> पैसा कमाउँदै ‘गढवाको गौमुत्र’ >> ‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्,तुरुन्त राजीनामा दिनुपर्छ : डा. केसी >> दम्पती मृत फेला >> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

प्रविधिमा रूपान्तरण हुँदै किसान आधुनिक घारमा परम्परागत मौरीपालन

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

परम्परागत मौरी घारमा वर्षको मुस्किलले चार पटक सम्म मह काडेर व्यवसाय सञ्चालन गर्न कठिनाई देखीन्छ । त्यसो त शहरी क्षेत्रमा गरिने मौरी व्यवसाय उन्नत जातको मौरीको मात्रै हुने गर्दछ । टन्न उत्पादन हुने तर खपतमा निकै कठिनाई भोग्नुपरेको देखिन्छ उन्नत जातको मौरी पालकहरूको । गाउँमा पनि त्यसको प्रभाव परेको देखिन्छ ।
उन्नत जातको मौरीबाट राम्रै उत्पादन र आम्दानी गर्न सकिने भन्दै मौरी पालक कृषकहरूले प्राय उन्नत जातको मौरी व्यवसाय गरेको पाइन्छ । तर वीरेन्द्रनगर १५ रतु (भिर) सुर्खेतका शक्तिबहादुर थापा (बुढा) ले भने गाउँमै बसेर परम्परागत घारको स्थानिय सेरेना जातको मौरीलाई आधुनिक घारमा राखी व्यवसाय सञ्चालन गर्दै आएका छन् । कर्णाली पदेश सरकारले अर्गानिक प्रदेशको लक्ष्य राखेको छ सोहि अनुसार आफूले पनि अर्गानिक मौरीको मह उत्पादनका लागि लोकल मौरीपालन शुरु गरेको थापा बताउँछन् । उनी भन्छन् ‘मौरीपालन आफैमा कठिन व्यवसाय हो । त्यसमा पनि लोकल जातको मौरी घार छोडेर भाग्ने बढि सम्भावना हुन्छ । त्यो चुनौतीका बाबजुद पनि मैले परम्परागत घारको मौरी आधुनीक घारमा पाल्दै आएको छु । गाउमा जंगल चरन गरेका लोकल मौरीको मह किन्नेको भिड घरमै आई पुग्छ ।’ आफूले उत्पादन गरेको लोकल मौरीको मह खपतमा कुनै समस्या नभएको शक्तिको भनाई छ । उनी थप्छन् ‘मेरो घर वीरेन्द्रनगर नगरपालीकाको विकट वडा १५ नं. मा पर्छ । तर ग्राहकहरू लोकल मौरीको मह लिन घरमै आईपुग्छन् । मैले ग्राहकहरूलाई मह पु¥याउन सकेकै छैन ।’ परम्परागत घारबाट वर्षको मुस्किलले चारपटक मह निकाल्न सकिने भएपनि आधुनीक घारबाट महिनामै दुईतिन पटक सम्म मह निकाल्न सकिने भएकोले परम्परागत घार भन्दा आधुनिक घारबाट थुप्रै फाईदा भएको शक्ती बताउँछन् ।
२०७२ सालबाट स्थानीय सेरेना जातको मौरी पाल्दै आएका शक्तिसँग हाल ४० घार मौरी रहेका छन् । मौरीबाट मात्रै महिनाको करिब १५ हजारजति कमाई हुन्छ । शक्तिले भने ‘कृषि क्षेत्रबाटै आर्थिक सम्बद्धि आउँछ । मैले मौरी बाहेक जडिबुटि तथा फलफूल र बाख्रापालन समेत गर्दै आएको छु ।’ करिब ३ लाखको लगानीमा गरिएको मौरी पालनका लागि जिल्ला कृषि विकास कार्यालय सुर्खेतले दुईलाख बराबरको अनुदान रकम दिएको थियो त्यो बाहेक अरू कुनै संघ संस्था र राज्यबाट सहयोग नपाएको शक्ति गुनासो गर्छन् । करिब ५ लाखको लगानीमा शक्तिले ५६ वटा बाख्रा समेत पालन गर्दै आएका छन् । टिमुर, कागती र अनार खेती समेत सँगसँगै गर्दै आएका शक्तिले कृषकका लागि सरकारले अनुदान मात्रै नभएर सौलियत दरमा ऋण उपलब्ध गराउन सके थप हौसला मिल्ने बताउँछन् । सुर्खेत जिल्लाको उत्कृष्ट कृषक बन्ने लक्ष्यका साथ कृषि पेशामा होमीयका शक्तिको पाँच जनाको परिवारलाई आनन्दले घरखर्च पुगेको छ । उनी भन्छन् ‘तीन जना छोराछोरीलाई पढाउन र घरखर्चका लागि कसैलाई गुहार्न परेको छैन । गाउँमा रोजगार छैन भन्नेहरूका लागि साहस बन्न सकेको महसुस मैले गरेको छु ।’ रोजगारी छैन भनी बिदेशीनेहरूका लागी गतिलो उदाहरण बनेका छन् शक्ती थापा । कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने लक्ष्यमा पनी एउटा ईटा थप्न सफल भएका छन् उनी ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np