ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

दाङको राजपुरमा वडा सदस्यद्वारा प्रधानाध्यापकमाथि कुटपिट

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

देउखुरी, १ जेठ

दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेतले मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र वडाध्यक्ष पुष्कर वली सोमबार वडा कार्यालयमा शिक्षा सम्बन्धी विषयमा छलफल गरिरहेका बेला एक्कासी आफुमाथि कुटपिट गरेको प्रधानाध्यापक विष्णु खत्रीले जानकारी दिए ।

प्रधानाध्यापक खत्रीले भने,–‘विद्यालयको विषयमा वडाध्यक्षसंग छलफल भइरहेको थियोे । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो । लगत्तै स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क उठाएको प्रश्न गर्नुभयो’, उनले भने, ‘त्यसपछि मैले गाउँपालिका चारवटा शिक्षक पठाउने निर्णय भएतापनि नपठाएको र विद्यार्थीबाट शुल्क नउठाएर विद्यालय कसरी संचालन गर्ने भन्ने बित्तिकै वडा सदस्य बस्नेतले राहतको शिक्षक भएर प्रधानाध्यापक बन्ने अनि ठुला कुरा गर्ने भन्दै म माथि कुटपिट भयो ।’ उनले आँखा, टाउको र हातमा चोट लागेको जानकारी दिँदै, उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेको बताए ।

यता प्रत्यक्षदर्शी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले वडा सदस्यको मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र म बिच वडा कार्यालयमा शिक्षाको विषयमा छलफल भइरहेको बेला वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेको जानकारी दिए । उनले वडा सदस्य बस्नेतले त्यसरी कुटपिट नगरी चित्त नबुझेको कुरा वडामा आएर छलफल गर्न जरुरी रहेको बताए । उनले भने, ‘जनताको प्रतिनिधि भएर विद्यालयको प्रधानाध्यापक माथि कुटपिट गर्नु उहाँको नैतिकताले दिँदैन । यो सरासर उहाँले गलत गर्नुभएको हो । चित्त नबुझे गाउँपालिका छ, शिक्षा समिति छ, यसरी शिक्षकमाथि हातपात गर्न मिल्छ ?’

यता वडा सदस्य प्रमोद बस्नेतले प्रधानाध्यापक विष्णु खत्रीले आफूलाई मुख छोडेपछि हात छोड्न बाध्य भएको बताए । उनले गाउँपालिकाले निःशुल्क शिक्षा गर्दा गर्दै, तपाईंले किन शुल्क उठाउनु भएको भन्दा त जाबो वडा सदस्यले भनेर मैले शुल्क नउठाउने, आपत्ति जनक शब्द प्रधानाध्यापक खत्रीले निकालेपछि आफू बाध्य भएर हातपात गरेको बताए । उनले भने,–“गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसंग किन शुल्क उठाउने । मेरो प्रश्न यहाँ निर हो ।” उनी राजपुर गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?