ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

आज मिति २०८१ साल ज्येष्ठ ०१ गते मङ्गलवार । तदनुसार सन् २०२४ मई १४ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। ग्रीष्म ऋतु । श्रीशाके १९४६ । बैशाख शुक्लपक्ष, षष्ठी तिथि बिहान ५.२० सम्म तत्पश्चात सप्तमी । तिष्य नक्षत्र । प्रवर्द्ध योग। गर करण। कर्कट राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ५.१७ / सूर्यास्तः १८.४४ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तजनबाट प्राप्त शुभ समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा साथीभाइहरुको साथले हिम्मत जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। भूमि र पशुधनबाट लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको लाभांश सञ्चय नहुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विरोधीहरु किनारा लाग्नेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रेममा सफलता प्राप्त होला।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?