ट्रेंडिंग:

>> १३५ औ नियमित रक्तदान >> एसईई ओपन टि १० क्रिकेटको उपाधि गुरुकुल बीलाई >> राष्ट्रिय कृषक दिवसः प्रोत्साहनको खाँचो >> चलचित्र पुजारसार्की हेरेपछि….. >> कपिलवस्तुमै भेटिए १ सय २७ नयाँ कुष्ठरोगी >> वनै पिच्छे पोखरी खन्दै उपमहानगर >> प्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै >> बिहारमा बनेको न्यून चापीय क्षेत्रसहित ३ प्रणालीको प्रभाव नेपालमा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हावाहुरी चल्ने >> टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त >> एफईसी धनकोष सहकारीले ग-यो बृहत् स्वास्थ्य सचेतना कार्यक्रम >> राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ओली भन्छन्- संसद विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ >> तिलोत्तमा वाणिज्य संघको अध्यक्षमा ज्ञानेन्द्र कार्की >> १४ वर्षको जागिरे जीवनले लेखबहादुरलाई बनायो करुवा उद्यमी >> नेपाल पुलिसलाई उपाधि, एभरेष्ट उपविजेता >> दुध बेचे बापतको झन्डै ४ अर्ब रुपैयाँ किसानले अझै पाएनन् >> गृहमन्त्री लामिछानेले नैतिकता बोध गरेनन्-प्रदीप पौडेल >> भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार शपथ लिने >> तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं साधारण सभाः सरकार निजी क्षेत्रमैत्री नभएको गुनासो >> गगन थापाले भने : कांग्रेस ८४ सम्मै प्रतिपक्षमा बस्छ >> पाल्पा–बुटवल खण्डमा फस्टाउँदो सडक व्यापार >> प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडी रहित दिन मनाइँदै >> गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने >> चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल >> डेनमार्ककी प्रधानमन्त्री माथि राजधानीको सडकमा आक्रमण >> किसानको नाममा नेताको रजाईंः अनुदानको ७५ लाख हात पारे देवदहका पूर्वमेयर केसीले >> नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त >> टी-२० विश्वकपमा आज चार खेल हुँदै >> पत्रकार महासंघको चुनाव स्थगित >> स्थानीय वायुको प्रभाव : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा >> विश्व सम्पदा सूचीमा राखिनु पर्ने क्षेत्र सिञ्जा लामथाडा >> समस्याले जन्मिएकी उद्यमी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नवलपरासी गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधि हनामी चितवनलाई >> अवैधरुपमा नदी दोहन हुँदा स्थानीय सरकारका प्रतिनिधि रमिते >> सर्वेक्षक गुप्ता रंगे हात पक्राउ >> विद्युत् प्राधिकरणले कमायाे ९ महिनामा ११ अर्ब रुपैयाँ नाफा >> ३५० किलोमिटर चल्ने गेरो डिटि ६० ई.स्कुटी बुटवलमा >> पर्यावरणसंगै आर्थिक समृद्धिमा ‘पारिवारिक निजी वन’ : अध्यक्ष गिरी >> मधेसका मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय बन्यो मन्त्रीमण्डल >> फुलबारी गाईज बुटवलको छैटौ रक्तदान कार्यक्रम >> सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ४५ हजार >> तुलसीपुरमा सेनाका जवानले गरे श्रीमतीको हत्या >> पूर्वमन्त्री मनाङेको ज्यान मार्ने मुद्दा हेर्न नभ्याइनेमा >> लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर, जेठ ३१ गते सजायँ तोकिने >> एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत >> राजन र सिन्दिरा बने नेपाल च्याम्पियन >> विश्वकप छनोटमा नेपाल यूएईसँग ४–० गोलले पराजित >> न्यून चापीय क्षेत्रको प्रभाव : कस्तो रहला आजको मौसम ?

वडा कपमा वडा नं ३ र १ विजयी

१ जेष्ठ २०८१, मंगलवार
१ जेष्ठ २०८१, मंगलवार

बुटवल, २ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ मा वडा नं ३ र १ विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा वडा नं ३ ले वडा नं ८ लाई १५४ रन तथा वडा नं. १ ले वडा नं. १७ माथि २ रनको जित निकालेको हो ।

नहरपुर माबि स्थित मैदानमा भएको पहिलो खेलमा टस जितेर वडा नं ३ ले निर्धारित १६ ओभरमा ९ बिकेटको नोक्सानीमा सानदार २०१ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सुरज सारुले ३५ बलमा १०९ रनको शतकिय पारी खेले । यसैगरी युवराज सुवेदीले १९ बलमा २४ तथा रभिन क्षेत्रीले १४ बलमा २३ रन जोडे । वडा नं ८ का रोजन रेग्मी र इशान गौतमले ३—३ बिकेट लिए । विशाल लक्ष्य पछ्याएको वडा नं ८ भने ६.२ ओभरमा केवल ४७ रनमा समेटियो । वडा नं ८ का बिशाल शाहले १३ बलमा ३३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । वडा नं ३ का युवराज सुवेदीले शानदार ६ बिकेट लिए । खेलमा वडा नं ३ का सुरज सारु प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १७ ले वडा नं. १ लाई ब्याटिङको निम्तो दिएपछि निर्धारित १६ ओभरमा ९८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि आर्दश बरुणले १४ बलमा १२, अशोक थापाले २६ बलमा ४६ तथा अजादले १० बलमा १९ रन जोडे । वडा नं. १७ का युवराजले ५, केशवले ३ तथा कुशल २ बिकेट लिए । वडा नं. १७ भने ९७ रनमा समेटियो । वडा नं. १७ का सगुनले ८ बलमा १७, केशवले ११ बलमा १८ र धानवाहले ८ बलमा १६ रन जोडे । कम स्कोरमा रोक्न वडा नं. १ का आशिफले ५, अजयले ३ तथा आरिफले १ बिकेट लिए । खेलमा वडा नं. १ का आरिफ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । बुधबार वडा नं. १८ र १० तथा वडा नं. ११ र १५ बिचमा खेल हुने बुटवल क्रिकेट विकास समितिका अध्यक्ष रोमित बज्राचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?