ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

खोप अभियानलाई सबै मिलेर सफल बनाऔं

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

बैशाख महिनालाई खोप महिनाको रूपमा मनाउँदै आईएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही बैशाख ३१ गते खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाहरूका लागि बृहत खोज र खोप अभियान २०८१ संचालन गर्न लागेको छ । मन्त्रालयले बैशाखलाई पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप अभियान २०८१ संचालन गर्न लागेको हो । खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोपको सुनिश्चितता गर्नको लागि यही आज सोमबार देशभरका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट १५ महिनाभित्रमा लगाउनु पर्ने नियमित खोपमा छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिने अभियान भएकाले बैशाख महिनालाई खोप महिनाको रूपमा परिभाषित गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरूमा निशुल्क रूपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुई बर्षभित्रका बालबालिकाहरूलाई बिभिन्न घातक रोगहरूको बिरुद्धमा खोपहरू उपलब्ध भएको कुरा सर्बबिदितै छ ।

यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूलाई पूर्ण रूपमा बचाउनको लागि हरेक बुबा आमा, दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यि घातक रोगबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरूलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई बर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मी हरूसंग बच्चालाई भेटगरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु महत्वपूर्ण कार्य मानिन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” ठिक त्यसै आधारलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट संचालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संबेदनशील र अनिबार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिने गरिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ । याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउदैनन् तबसम्म कोहीपनि सुरक्षित हुँदैनन् । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकाका लागि बैशाख ३१ गते आजको बृहत खोज र खोप अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट लागिपरौं ।
खोपको महत्व ः
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमुहलाई सुरक्षित गर्ने माध्यम हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्यु मध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोप जनताको निशुल्क अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागी ३० हजार रूपैंयाँ खर्च लाग्ने भनिएको छ । त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागी निशुल्क रूपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरिएको छ । सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकालाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण छ । नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाका लागि संचालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोप बाहिर किनेर प्रयोमा ल्याउन हामी नेपालीहरूको बस भन्दाअलि टाढाको बिषय भएको छ । अर्थात हाम्रो क्षमताले भेटन नसक्ने हुनाले आफ्ना बालबालिकालाई यस्ता १३ वटा घातक रोगबाट बचाउन बालबालिकालाई लुलो लङ्गडो, लठेब्रो, सुस्त मनस्थिति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारिरिक, मानसिक, सामाजिक र संबेगात्मक विकासमा पछी गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण खोप आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर अनिबार्य खोप लगाऔं । भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूको स्वास्थ्य बचाऔं । आफ्ना बालबालिकाको भविष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित नगरौं । हरेक बर्ष अभियानकै रूपमा चल्ने बैशाख महिना खोपको महिना भन्ने अभियानलाई सफल पारौं ।
नियमित लगाउनु पर्ने खोपहरू :
 जन्मने बित्तिकै : बिसिजी खोप : क्षयरोगका बिरुद्धमा
छ हप्तामाः रोटा (पहिलो मात्रा), पोलियो (पहिलो मात्रा), पिसिभि (पहिलो मात्रा), डिपिटी. हेपबी. हिब (पहिलो मात्रा): रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (निमोकोकल रोगहरू), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलर्स इन्फ्लुएन्जा बीका बिरुद्धमा ।
दश हप्तामाः रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रोमात्रा), पिसिभि (दोस्रो मात्रा), डिपिटी हेप बीहिब (दोस्रो मात्रा):  रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (निमोकोकल रोगहरू) भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बि का बिरुद्धमा ।
चौध हप्तामा : पोलियो (तेस्रोमात्रा), एफआई पिभी (पहिलो मात्रा), डिपिटी हेप बी हिब (तेस्रो मात्रा): पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बि का बिरुद्धमा ।
नौ महिनामा : पिसिभी ( तेस्रो मात्रा) एफआाई पिभी (दोस्रो मात्रा ) दादुरा.रुबेला (पहिलो मात्रा¬) : निमोनिया (निमोकोकल रोगहरू ) पोलीयोका रोगहरू दादुराका बिरुद्धमा ।
बाह्रौ महिनामाः जापानिज इन्सेफ्लाईटिस (एकमात्रा) : जापानिज इन्सेफ्लाईटिस का बिरुद्धमा ।
पन्ध्रौं महिनामा : दादुरा रुबेला (दोस्रो मात्रा), टाइफाइड (पहिलो मात्रा ) : दादुरा र रुबेला रोगको बिरुद्धमा साथै टाइफाइड रोगका बिरुद्धमा दिईन्छ ।
यसरी नेपाल सरकारबाट निशुल्क रूपमा बितरण गरिएका यी महत्वपूर्ण खोप प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकार वालाहरू, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ– आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अवधिमा अनिबार्य रूपमा गएर आ–आफ्ना बालबालिकालाई यस्ता प्राणघातक डरलाग्दा रोगबाट बचाउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?