ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

गितकार चौधरीको कविता बाचन

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

देवदहमा कवि एवं गीतकार बसन्त चौधरीको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाज नेपालको आयोजनामा चौधरीको कविता र बसन्त नामक एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कवि एवं गीतकार चौधरीले करिब डेढ दर्जन आफ्ना रचनाहरू सुनाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यसँगै कवि चौधरीले देवदह जस्तो अध्यात्मिक नगरीमा आएर आफ्ना रचनाहरू सुनाउन पाउनु गौरवको विषय रहेको बताए । उनले साहित्य क्षेत्रलाई जोगाइराख्न यहाँका सर्जकहरू विशेष रूपले लाग्नुपर्ने बताए ।
कार्यक्रममा देवदह नगरप्रमुख हिराबहादुर खत्रीले साहित्यिक कार्यक्रमले देवदहलाई साहित्यिक हबका रूपमा चिनाएको बताए । उनले देवदह नगरपालिका अध्यात्मिक नगरपालिका भएकाले साहित्यक क्षेत्रको पनि देवदहमा विकास हुनु गौरबको विषय रहेको बताए । उनले साहित्य क्षेत्रमा लागेकालाई यस्ता कार्यक्रमले आत्मबल प्रदान गर्नुका साथै देवदहलाई साहित्य, धार्मिक र पर्यटनको रूपमा विकास गर्ने योजना रहेको सुनाए । कार्यक्रममा युगिन साहित्य समाज देवदहका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले कवि चौधरीको कविता तथा गीतहरूका बारेमा प्रकाश पार्दै कविको रचनामा विशेषगरी प्रेम, जीवन र दर्शन संग सम्बन्धित रहेर कविता तथा गीतहरू रचना गरेको बताए । उनले कवि चौधरीको बसन्त नामक कविता संग्रह एकैदिनमा ९ वटा भाषामा बिमोचन गरिएको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल ढुङ्गानाले अनुराग साहित्य समाजले बिभिन्न ४० वटा साहित्यिक श्रृंखलाहरू सम्पन्न गरेको बताउदै कविता र बसन्त नामक साहित्यिक श्रृंखला ४१ औं साहित्यिक श्रृंखलाका रूपमा मनाइएको बताए । कार्यक्रम संस्थाका द्वितीय उपाध्यक्ष सरस्वति बस्याल, प्रथम उपाध्यक्ष यमलाल अर्याल लगायतले आ–आफ्ना भनाई राखेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?