ट्रेंडिंग:

>> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

पढाइ सीप विकास र अभिभावक

२३ भाद्र २०७५, शनिबार
२३ भाद्र २०७५, शनिबार

उत्तर कुमार पराजुली
हाम्रो पुरानू पारिवारिक संस्कार सात पुस्ते संस्कार हो । वरिष्ठ पुस्ताको उमेर असी वर्षको हाराहारीमा पुग्दा आफू पनाति वा पनातिनी भएर जिजुहरूलाई देख्नु र आफू जिजु पुस्तामा हुँदा आफ्ना पनाति पनातिनी देख्नु । यसरी एक व्यक्तिको परमायुमा सात पुस्ताको अनुभव हुन सक्ने भए तापनि संयुक्त परिवारको वास्तविक जीवनमा भने चार पुस्ताको भेट भइरहेको हुन्छ । यस्ता चार पुस्ते परिवारमा कनिष्ठतिरबाट अर्थात् सबैभन्दा तल्लो पिँढीबाट बाआमा पुस्ता आर्थिक रूपले सक्रिय पुस्ता हुन्छ । तर हजुरबा हजुरआमा पुस्ताको सबल र सक्षम आधारशिलामा त्यो सक्रिय पुस्ताले फैलने पक्रिने शक्ति पाएको हुन्छ । यो हजुरबा हजुरआमा पुस्ता गृहस्थ जीवन गीतको एक अब्बल सङ्गीतकारको भूमिकामा हुन्छ । सङ्गीतकारले जस्तो सङ्गीत दिन्छ त्यै लयमा, त्यै आरोहअवरोहमा गाएकले गाउँछ । सक्रिय पुस्ताको भूमिका एक सक्षम गायक हो ।
कृषक दृष्टिकोणले हेर्दा हजुरबा हजुरआमा पुस्ता दिनभरि फाँटमा असारे काम गरेर साँझपख अलि मात्थिरको डाँडाको चौपारीमा आफ्नो दिनभरिको काम नियाल्दै सुस्ताइरहेको कर्मयोगी कामदार हुन् । उनीहरूका यस्ता थुप्रै असार बितेका छन् । उनीहरूले अरूका पनि थुप्रै यस्ता असार हेरे बेहोरेका छन् । आत्तिएर तात्तिएर कामको गहक आउँदैन । आत्तिएर गरेको काममा महक आउँदैन भन्ने उनीहरूलाई थाहा छ ।उनीहरूको शितल स्वभाव उमेरले मात्रै ल्याएको होइन, यसमा अनुभवको लगानी पनि थुप्रो छ । कागबेनीका भन्दा सेतीबेनीका शालिग्राम चिल्ला र मिहिन हुन्छन्, सेतीबेनीका भन्दा रुद्रबेनीका अझ चिल्ला हुन्छन् । यसै गरेर रुद्रबेनीका भन्दा रिडीका, रिडीका भन्दा राम्दीका, राम्दीका भन्दा देउघाटका र देउघाटका भन्दा त्रिवेणीका अझ चिल्ला हुँदै जान्छन् । जीवन यात्रा जति लामो भयो अनुभवका शालिग्रामहरूको पोत भनौँ वा चिल्लोपन माझिँदै मसिनिँदै जान्छ ।
संयुक्त परिवारमा हुर्केको बच्चाले आफ्ना आमालाई बुहारी, भाउजू, ठूली, कान्छी… भन्छ । यो उसको भोगाइ सिकाइ हो । उसले धेरै जे सुन्छ त्यै भन्छ । संयुक्त परिवारमा हुर्केको बच्चा बढ्ता कुरौटे हुन्छ । किनकि उसलाई उच्च महत्त्व दिएर फुर्सदले कुराकानी गर्ने हजुरआमा हजुरबुबा उसका धराले छन् । हाम्रा उपनिषद्ले बच्चा जन्मेको दिनदेखि नै कुनै न कुनै कुरा सुनाउनू सिकाउनू भनेको छ । बच्चा जन्मेपछि नाल काटेर बाबुले काखमा लिई दायाँ कानमा तीन पटक वाक् वाक् वाक् भन्नू भनिएको छ । भजन, लोरी, निदरी, गुनगुन, थामथामथुमथुमले बालबालिकाको श्रवण शक्ति, सम्वेदनशीलताको विकासमा राम्रो सकारात्मक प्रभाव पार्छ ।
शारीरिक तथा सम्वेगात्मक विकासको तीव्र वेगमा दौडिरहेका बालबालिकाले आफ्नो धराले भने शान्त र धैर्य प्रवृत्तिका रुचाउँछन् । शायद उनीहरूको वृद्धि र विकासको हतारोमा हुने विभिन्न भूललाई ती फुर्सदिला रेफ्रीले गल्ती औँल्याइरहून् र गल्ती नदोहो¥याउन सुझाव दिइरहून् भन्ने चाहन्छन् । हजुरबा हजुरआमाहरू आफ्ना नाति नातिनाको व्यवहारले कहिल्यै मिच्छिदैनन्, हैरान हुँदैनन् । त्यसैले त हजुरबा हजुरआमाको जुम्सो प्रवृत्ति बालबालिकाका लागि जाज्वल्यमान् हुन्छ । त्यो प्रवृत्तिसित उनीहरू कहिल्यै मिच्छिदैनन् । तब त आमाको दूध छुटेपछि हजुरबा हजुरआमासित सुत्न मन पराउँछन् साना नानीहरू । म सुत्छु म सुत्छु भन्ने हारालुछ हुन्छ ।
मलाई मेरो निरक्षर जीवनको याद छ । मेरो हजुरबुबा भजने ( भजन गायक ) हुनुहुन्थ्यो । हजुरबाले बिहान सबेरै जागेर आफ्नो भजन रियाज ( साधना) गर्नुहुन्थ्यो । त्यो बिहानीको शान्त वातावरणमा मेरो निद्रामै हजुरबाको भजनको रागले अझ मीठो निद्रा लाग्थ्यो । आफ्नो नियमित साधना सिद्धिएपछि मलाई विभिन्न स्तोत्र ( सरस्वती, गणेश … ) का २ —४ हरफ दोहो¥याउन भन्नुहुन्थ्यो । अर्थ नबुझे पनि कैयौँ दिनसम्म भन्दै गएपछि मलाई ती स्तोत्रहरू कण्ठ भए । अक्षर नचिन्दै पनि मैले थुपै्र श्लोक कण्ठ गरेको थिएँ । हजुरबासित तल माथि गाउँघरमा गएका बेला ती कण्ठ भएका श्लोक भन्न लगाउनुहुन्थ्यो हजुरबुबाले । मैले खरर्र भन्थेँ । सुन्नेहरू छक्क परेको मैले अनुभव गर्थेँ । यस दृष्यले मलाई अझै याद गर्न र त्यसैगरी भन्न हौसाउँथ्यो ।
पढ्ने उमेर भएपछि श्रीपञ्चमीका दिन अक्षर पढ्ने शुभारम्भ भयो । यसपछिका केही दिन अलि कष्टकर भए । केही समय पाटीमा पढाइ भयो । अनि पछि पाटीको लेखपढ पुस्तकमा रूपान्तरण भयो । हजुरबाले वाराणसीमा छापिने नेपाली ठूलो वर्णमाला (यसलाई चलन चल्तीको भाषामा पहिला किताब भनिन्थ्यो) ल्याइदिनुभयो । मेरै लागि भनेर ल्याइदिएको मेरो अपूर्व सम्पत्ति ! आफ्नो लाउने लुगा, खाना खाने सानो थाल, दूध खाने सानो कचौरा,केही काट्नका लागि सानो खुर्पी (सानो हँसिया ) पछिको अर्को मेरो निजी सम्पत्ति थियो त्यो पहिला किताब !
सुत्दा कथा सुन्न पाइने । यो निकै आनन्दको अवस्था हुन्थ्यो । बिहान श्लोक भन्दै उठ्नुपथ्र्यो । अलि अप्ठयारो अनुभूति सबैभन्दा गाह्रो पुस्तक पढ्न लाग्थ्यो । तर नपढी सुख पाइन्नथ्यो । घाम झुल्कने बेलादेखि हजरबुबाको रेखदेखमा पढ्न बस्नुपथ्र्यो । मैले पढ्न बस्दा हजुरबाले मेरो नजिकै केही काम गर्ने मेसो मिलाउनुहुन्थ्यो । मैले पढेको उहाँले राम्ररी सुन्नुहुन्थ्यो । त्यसबेला मैले केबल यान्त्रिक पढाइ पढ्थेँ । केही नबुझिनकन खर्खरी पढिदिन्थेँ हजुरबाका लागि । मैले पढ्दा हुने गल्ती हजुरबाले समातिहाल्नुहुन्थ्यो । हजुरबाले त्यसरी गल्ती पक्डदा म आश्चर्यमा पर्थँे । के ईश्वरीय शक्ति छ हजुरबामा जस्तो लाग्थ्यो । कहिलेकाहीँ झुक्किएर दुईटा पाता पल्टिँदापनि गल्ती छिप्दैनथ्यो । हजुरबाले आँगनमा गहत ठटाउँदै गर्दा म दलानमा बसेर किताब पढ्नेको गल्ती कसरी थाहा पाउनुहुँदोरहेछ भन्ने कुरा मैले निकै पछि मात्र थाहा पाएँ । जब म सिक्नका लागि पढ्ने अवस्थामा ( कक्षा ४ वा सोभन्दा माथि) पुगेँ, मलाई पढिएको कुराका सन्दर्भ बुझ्नु जरुरी भयो । यस अवस्थामा केही अक्षर छुट्दा शब्द बिग्रने, केही शब्द छुट्दा वाक्य बिग्रने, अनुच्छेद छुट्दा पाठको सन्दर्भ नै बिग्रने हुँदोरहेछ भन्ने ज्ञान भयो । शब्दले, वाक्यले, अनुच्छेदले अर्थ नदिएपछि पढाइ बिरियो भन्ने कुरा हजुरबाले थाहा पाउनुहुँदो रहेछ । यो कुरा त १— ३ कक्षाका स्तरका बालबालिका पाठका कुराहरूको सन्दर्भ पठित अपिठत सबै अभिभावकले पत्ता लगाउन सक्नुहुन्छ अर्थात् आफ्ना नानीले पढेको सुनेर शुद्ध पढ्यो वा अशुद्ध पढ्यो भने थाहा पाउन सक्नुहुन्छ ।
मैले पढेको कुरा हजुरबाले यसरी सुनिदिँदा मेरो शुद्ध पढ्ने क्रम सुधारिँदै गयो । त्यस बखत म विद्यालय जादैनथेँ । त्यो पुस्तक एक पटक पढेर सिद्धाएपछि त्यो दिनका लागि छुट्टी हुने हुनाले छिटोछिटो पढ्नका लागि अरू थप उत्पे्ररणा मेरा लागि केही आवश्यक थिएन । जति लटरपटर गरेर अघि बढ्न खोज्थेँ उति पाठको सुरुदेखि नै पढ्नुपर्ने हुन्थ्यो । मैले पाउने हुस्सू दण्ड त्यही थियो । दण्ड नभनीकन पाइने दण्ड ! मैले जति शुद्धसित र छिटोछिटो पढ्थेँ उति छिटो पढाइ बन्धनबाट मुक्ति पाउथँे । त्यसैले मेरो पढाइ शुद्ध र छिटो हुन थाल्यो ।
आज म शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा प्रारम्भिक कक्षा पढाइसीप परीक्षणको जिम्मेवारी सह्माली राख्दा विभिन्न गोष्ठी, कार्यशाला र यससम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय लेखकका पुस्तक तथा लेखहरू पढ्दा मेरो बालापनको पढाइको विधि याद आउँछ । मेरो हजुरबाले मलाई पढाउँदा प्रयोग गरेको विधि र अहिलेको आधुनिकतम विधिमा खासै फरक पाइन । शब्द भण्डार थोरै भएको त्यो अवस्थामा हजुरबाले मलाई यो पढेर के बुझिस् ? भन्ने गर्नुभएको भए म ठूलो तनावमा हुन्थेँ होला । तर कहिल्यै त्यसो गर्नुभएन । अहिले कक्षा ३ सम्म पढ्नका लागि सिकाइ ९ भिबचलष्लन तय चभबम ०भन्ने सिद्धान्त प्रयोग कर्ता हजुरबा भएको र प्रयोग भएको पात्र म आफै हुँ भन्न पाउँदा गौरव लाग्छ ।
कक्षा कोठामा आधारितप्रारम्भिक कक्षा पढाइ सीप परीक्षण ९ ऋबिककचययm दबकभम भबचथि नचबमभ चभबमष्लन बककभककmभलत ऋद्य भ्न्च्ब् ० कार्यक्रममा उपस्थित अभिभावक समक्ष परीक्षणको नतिजा प्रबोधीकरण गर्दा कतिपय अक्षर नचिनेका अभिभावकको भनाइ हुने गर्छ— हामी अक्षरै चिन्दैनौँ, बच्चाबच्चीको पढाइमा कसरी सहयोग गर्न सक्छौँ । अनि मैले आफ्नो यही कथा भनेर उहाँहरूको चित्त बुझाइदिने गरेको छु । वास्तवमा पढ्न सिक्दै गरेको बालबालिका लागि उनीहरूले पढेका सुनिदिनुले पढाइ सीप सुधारका लागि निकै महत्वपूर्ण सहयोग हुनेगर्छ । जसका लागि अक्षर चिन्नै पर्छ भन्ने केही छैन । निरक्षर शिक्षक साक्षर विद्यार्थी हुँदा पनि पढाइ सीपलाई सुधार गर्न सकिन्छ । अभिभावकको चासो पढाइमा नबढेसम्मबालबालिकाको पढाइ सुधार्न गाह्रो छ । तर बालबालिकाले पढेको कुरा साँझ बिहान केही बेर सुनिदिने गर्दा बालबालिकाकोे पढाइ सीप अवश्यै सुधार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?