ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सामूहिक लगानीमा थारु महिलाले खोले अतिथि गृह

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

महिलाहरूले सानो बचतबाट पनि ठूलो लगानी गर्न सक्छन भन्ने उदाहरण गोडारका थारु महिलाहरूले दिएका छन् । दैनिक गर्जो टार्नसमेत समस्या पर्ने गाउँका थारु महिलाहरूले अहिले अतिथि गृह संचालन गर्न सफल भएका छन् । गाउँमा बचत संकलन गरेको साहारा महिला बचतमा १ सय रूपैयाँको किस्ता जम्मा गर्दै आएका थारु महिलाहरू बिस्तारै स्वावलम्बन बन्न सफल भएका छन् । गाँउका २९ जना महिलाहरूको सक्रियतामा अतिथि गृहमा प्रत्येक महिलाहरूले १ लाखका दरले २९ लाख लगानी भएको अतिथि गृहकी अध्यक्ष देउकुमारी मुखिया थनेतले बताइन् ।
संस्कृतिका धनि थारु जातीको संस्कृति र रहनसहन पर्यटनमार्फत प्रवद्र्धन गर्दै ब्यवसायिक रूपमा होमस्टे संचालन गर्र्दा धेरै फाईदा मिलेको उनले बताइन । अझै धेरै सेवा सुबिधाहरू थप गर्न बाँकी रहेको अध्यक्ष थनेतले बताइन् । समूहका २९ जनासमेत गरि करिब ७० लाख लागतमा अहिलेको पूर्वाधार निर्माण गरिएको उनले बताइन् । अतिथि गृहमा सोही समूहका ९ जना महिलाहरू कर्मचारीको रूपमा कार्यरत रहेका छन् । दिदिबैनीहरू जम्मा भएर सहकारीमार्फत बचत शुरु गरेका उनीहरू अहिले आफ्नै अतिथि गृह संचालन गरेर सेवासँगै संस्कृति जगेर्नाका काम गर्दै आएका छन् । अतिथि गृहकी अध्यक्ष देउकुमारी मुखिया थनेतले महिलाहरू आर्थिक पाटोमा कमजोर हुँदा पछि परेको महसुस गरेर यसरी आफूहरू अघि बढेको बताइन् । थारु सांस्कृतीक अतिथि गृह संचालनमा आएसँगै स्थानीय महिलाहरूले समेत रोजगारी पाएका छन् । थारु महिलाहरूद्वारा संचालित थारु सांस्कृतिक अतिथि गृह प्रा.लि. मा पर्यटकको आकर्षण बढेको छ । स्थापनाको छोटो समयमा नै गृह आकर्षणको केन्द्र विन्दु बन्दै गएको हो । अतिथि गृहमा खुलेको भर्खर ३ महिनाभित्र आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थारु समुदायको संस्कृति बारे जानकारीका साथमा आतिथ्यता दिने उद्देश्यका साथ थारु महिलाहरूले गृह खोलेका हुन् । नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती नगरपालिका–१५, गोडारमा थारु महिलाहरूले सञ्चालन गरेको थारु महिला अतिथि गृह बैशाख २९ गतेबाट सुभारम्भ गरिएको हो । यहाँको भवन संरचनामा पनि थारु संस्कृति झल्कने माटोको झांतो, चुल्हो, भाँडाकुँडा समेतले सजाएर राखिएको छ । जसले गर्दा गृहसँगै लोप हुने अवस्थामा पुगेको थारु संस्कृतिको संरक्षणमा टेवा पुगेको थारु सांस्कृतिक अतिथि गृहकी अध्यक्ष मुखिया थनेतले बताइन् । यस गृहमा थारु समुदायका खानाका परिकार चिंचर, घोंगी, लिटी, सोझुवा रोटी, हांसको मासु र माछाका परिकार मुख्य परिकार र पर्यटकहरूको रुचि अनुसारको खानाहरू पाइने, नेपाली, इन्डियन कन्टिनेन्टल खाना साथै अडर अनुसारको क्याटरीङ्गको व्यवस्था समेत रहेकोले पनि अधिकांसको रोजाई बन्दै गएको थनेतको भनाइ रहेको छ ।
करिब १ विगाहा क्षेत्रफलमा फैलिएको रमणीय स्थानमा भएको यस गृहमा हाल २ सय जना सम्म अट्ने सभाहल रहेको छ । यस्तै २४ जनासम्मको क्षमताको आरामदायी आवासको व्यवस्था समेत रहेको छ । शान्त र मनोरम खुल्ला स्थानमा रहेको गृहमा आउने पर्यटकहरू फेरी अर्को बसाइँको योजना बनाउने गरेका छन् ।
पर्यटकहरूलाई प्राकृतिक मनोरमका साथ सेवा दिन बगैँचा बनाउने योजना समेत रहेको अध्यक्ष थनेतले जानकारी लिइन् । गृहमा पार्कीङ्गको पनि राम्रो व्यवस्था मिलाइएको छ । गृहमा आउने पर्यटकहरूको लागी भिलेज वाक, बयलगाडा सफारी, जंगल सफारी, साईकल टुर, जिप सफारी, जंगल सफारी बोटिङ्ग, पोखरीमा फिसिङ्ग, नारायणी नदीमा सुर्यदय र सुर्यास्त दृश्य अवलोकन, थारु संग्राहलयको अवलोकन साथै स्थानीय महिलाहरूद्धारा विविध सांस्कृतिक कार्यक्रमहरू समेत गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?