ट्रेंडिंग:

>> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते

तीजको दर र माइती

१६ भाद्र २०७५, शनिबार
१६ भाद्र २०७५, शनिबार

सुनगाभा पोखरेल

तीज आयो भने मानिसले चेलीबेटी र दरलाई सम्झीहाल्छ । खासभन्ने हो भने तीजको मुख्य पाटो नै दर हो । दर खानु नै तीज मनाउनु हो । तीजको अघिल्लो दिन खाइने दरको महत्व आजभोलि साउन महिना लाग्दाबाटै बढ्न थालेको छ । दर के कसरी शुरु भयो यो बिषयमा अलिकति प्रष्टाउनु आवश्यक देखिन्छ । बर्षाद केही कम भएपछि विवाह गरेर घरमा गएका चेलीबेटीको अबस्था के कस्तो छ माइती पक्षले बुझ्ने गर्दथे । सामन्तवादी कृषि युगमा यो गाउँमा जन्मेका चेलीहरू पल्लो गाउँमा बिबाह भएर जाने गर्थे । मानिसको बस्ती पातलो थियो । पुरुषको संख्या कमै हुन्थ्यो । सानो उमेरमा सौतामाथि, उमेर पाकेको पुरुषसँग विबाह सम्बन्ध जोडिदिने बाध्यकारी अवस्था थियो । एकखालको चलन थियो । भेट्न गएका माइतीले छोरीलाई अस्याट लागेको होला भनेर आफूसँगै माइत ल्याउँथे । मीठो, मसिनु ख्वाउँथे । सबै घरमा चेलीहरू जम्मा भएपछि नाचगान गर्थे । दुःख पीडा गीती भाषामा पोख्थे । यो अबसर दरबारमा बस्नेहरूले पनि चुकाउँथेनन् । दरबारमा पनि गाउँका चेलीबेटीलाई बोलाएर मीठो मसिनु खान दिने, उनीहरूको नाचगान हेर्ने गर्दथे । सामान्य मानिसको घरमा भन्दा दरबारमा स्वभाविक रूपमा धेरै र मिठा परिकारहरू पाक्थे । पटकपटक खान दिन्थे । चेलीहरूले दरबारमा खाइयो । दरबारमा खाइयो भन्न थाले । यसरी दरबारले खाना ख्वाएको कारणबाट बार हट्न गयो । दर नाम कायम रहन गयो । दरबारबाट अपभ्रंश भएर बनेको नाम हो दर ।
दर प्रायः साकाहारी भोज हो । अपवाद बाहेक पुरानो पुस्ताका महिलाले साकाहारी भोजन गर्छन् । अहिले त अमेरिकामा फलेको तरकारी भोलिपल्ट बिहान नेपालका बजारमा आइपुग्छ । तर, कुनैबेला खेतबारीमा परम्परागत रूपमा फल्ने तरकारीहरू बाहेक केही हुँदैनथ्यो । ब्यवसायिक तरकारी फलाउने सिप थिएन । त्यहि अभावमा हुर्किएका चेलीहरूले माइतीका खेत बारीमा उब्जिएका तरकारीलाई गीतको रूपमा गाँसेका छन्ः
तीजका खाजा मिठा भदौरे गाबाले
न रोउ चेली लिन आम्ला भन्थे बाबाले

तीजका खाजा मिठा तारेका तामाले
नरोउ भान्जी लिन आउँला भन्थे मामाले ।

यदि तीज मांशाहारी हुन्थ्यो भने गीतको बान्की फरक हुन्थ्यो । त्यसलाई भन्न सकिने थियोः

खसी बोका काटेर टन्न दर खाइन्थ्यो
माइतीघरको आँगनीमा कम्मर मर्काइन्थ्यो ।

सुकेका माछा तारी खाजासँग खाइन्थ्यो
बाबाले दिएको साडी लाइथ्यो ।
तीजमा माइतीको चासो बढी नै हुन्छ । जति सम्पन्नशाली छोरी भए पनि कृषियुगमा बर्षा मौसममा खेतीपातीले चेलीबेटीलाई बढी नै गलाएको हुन्छ । माइतीमा केही दिन आरामसँग रमाइलो गरेर बसौँ भन्ने चाहना हुन्छ । तर, एक्लै माइतीमा जान सक्तैनन् र घरका मानिसले झट्ट पठाउन पनि खोज्दैनन् । यस्तोबेला माइतीका सदस्यहरू आइदिए हुन्थ्यो भन्ने हुन्छ । तीजको बेलामा त पक्कै पनि आउलान् भन्ने आशा राख्छन् । तर, त्यतिबेला माइतीहरू गइदिएनन् भने उनीहरूको मन रुन्छ । यसलाई गीतमा यसरी प्रष्टाइएको छः

उँभो हेर्दा कालो मैलो बादलु
उँधो त बरिलै रैछ मधुवन् ।

तीजमा बाबा लिन आउलान् भनी पर्खिएँ
आएनन् बाबा त रोयो मेरो मन् ।

दाज्यै लिन तीजमा आउलान् भनी पर्खिएँ
आएनन् दाज्यै त रोयो मेरो मन् ।

तीजमा भैया लिन आउलान् भनी पर्खिएँ
आएनन् भैया त रोयो मेरो मन् ।
तीजको अबसरमा जब माइतीहरू लिन जाँदैनन्, घरबाट उनीहरूलाई पठाउने वातावरण बन्दैन त्यतिबेला उनीहरूले आकाशमा उडेका मालचरीसँग मन साट्छन् । भगवानलाई नै अन्तिम सहारा मान्छन् । र, सोध्छन्ः
चेलीः कहाँमा जान्छौ माल चरी बगाल
मालचरीः बरिलै भगवान्लाई भेटन ।

चेलीः के के मा ल्यायौ भगवानलाई भेटन
मालचरीः बरिलै फूल पाती जैतुन ।
आजभोलि यस्ता गीत एकादेशका रुवाइ बनेका छन् । यी बेदनापूर्ण गीतहरूमा न कुनै उमंग छ न त केटाहरूसँग कुम जोडेर नाच्ने संगीत छ । साकाहारी दरलाई मांशाहारी बनाइएको छ । कृष्णाष्टमी देखि चहलपहल हुने तीजलाई डेढ महिना अगाडि देखि दरको नाम पारेर बियरका ढक्कनहरू तोडिएको छ । तीजलाई वास्तवमै उच्छृंखलतामा उकालिँदै छ । अहिले त तीजमा अनेकौँ संघसंस्थाहरूले दर खाने कार्यक्रम राख्दैछन् । त्यसको लागि प्रतियोगिता चलेको छ । प्रतिष्पर्धा चलिरहेको छ । हेर्दा त निश्चितै रमाइलो लाग्छ । महिलाहरूलाई खानपानको ब्यवस्था गरिनुलाई अन्यथा मान्न मिल्दैन । तर, तीजको जुन सांस्कृतिक मर्म थियो त्यसलाई पिकाकस (भाले मयुरको नाच) बनाइनुले महिलाहरूलाई नै ब्यंग्य गरिरहेको छ । यसको मर्म (सार पक्ष) लाई विकृत पार्ने काम नगरौँ कि भन्ने सुझावमात्र हो । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?