ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

पर्यटकीय केन्द्र बन्दै तालपोखरा

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

एक दशक अघिसम्म भैंसी आहाल खेल्ने र केटाकेटीले माछा मार्ने पूर्वी पाल्पाको पोखरी अहिले आन्तरिक पर्यटकलाई आकर्षणको केन्द्र बनेको छ । बर्खायाममा पानी जम्ने ठाउँ हुँदा स्थानीयले रामपुर नगरपालिकाको वडा नम्बर–६ मा रहेको सो स्थानलाई पोखरो नाम दिएका बुढापाकाहरू बताउँछन् । अहिले त्यो ठाउँ तालपोखराको रूपमा विकसित र परिचित भएको छ । पूर्वी पाल्पामा घुमफिर गर्ने ठाउँको अभाव महसुस भएको बेला यस स्थानलाई सम्भावनाका रूपमा लिइएको छ । वि.सं.२०६८ सालमा स्थानीय बासिन्दाहरूको सक्रियतामा बेकामे अवस्थाको पोखरी संरक्षण र सौन्दर्यीकरण गर्ने काम भएको थियो । त्यसको वरपरको क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उद्देश्यले तालपोखरा संरक्षण समिति स्थापना समेत भएको हो । भंैसी बस्ने पोखरीलाई संरक्षण गरि तालको रूप दिन सफल भएको समितिका अध्यक्ष भरतराज देवकोटाले बताए । समितिको सक्रियतामा महायज्ञ संचालन गरेर श्रोत जुटाउने काम समेत भएको छ । तालपोखराको विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको महायज्ञबाट एक करोड मूल्य बराबरको जग्गा र नगद ७७ लाख संकलन भएको उनले बताए । सोहि रकमबाट ताल वरिपरी पर्खाल लगाउने र पार्क निर्माण गर्ने काम भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटा बताउँछ । तालको ब्यवस्थापन र पार्क निर्माण भएसँगै दैनिक औषत ३ सय आन्तरिक पर्यटकहरू तालपोखरा घुम्न आउने गरेको उनले बताए । तालपोखरालाई पूर्वी पाल्पाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउनको लागि रामपुर नगरपालिकाले पनि उच्च प्राथमिकतामा राखेर गतवर्ष २८ लाख र चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताए । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा २८ लाख रुपियाँ उपलब्ध गराएको र त्यसबाट तालको नजिकै पार्क र मन्दिर निर्माण गरि पर्खाल लगाइएको उनले बताए । गर्मीको समयमा तालमा पानीको मात्रा कम हुने भएकोले अहिले कालीगण्डकी नदीबाट मोटर लगाएर पानी तानेर ताल भर्ने गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको रकमले थ्री फेस लाइन जडान गरि थप मोटरबाट पानी तानेर ल्याउने र तालमा पानीको दिगो उपलब्धता सुनिश्चित हुने विश्वास गरिएको छ । पैसठ्ठी रोपनीमा फैलिएको तालपोखरामा अहिले तालको सुन्दरीकरण र पिकनिक स्पट सहितको पार्क निर्माण गरिएको छ । गत सालको शिवरात्रीदेखि तालमा बोटिङ्गको व्यवस्था पनि गरिएको छ । काठको डुंगा शयर गर्न चाहनेले प्रतिव्यक्ति ५० रूपैयाँ तिर्नुपर्ने र आफैले पैदल बोट लिएर ताल घुम्न चाहनेले आधा घन्टाको ३ सय रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । बोटिङ्ग र पार्कबाट ८ महिनाको अवधिमा ९ लाख रूपैयाँ आम्दानि समेत भएको छ । घुम्न आउनेलाई माछा अवलोकन र फिसिङ्गको मनोरञ्जन उपलब्ध गराउनको लागि तालमा १५ हजार माछाका भुराहरू छोडिएको छ । बोटिंग, माछा अवलोकन र पार्कको शुल्कबाट अबका वर्षहरूमा पर्यटकहरूको संख्या बढ्ने तथा थप आम्दानीबाट ताल क्षेत्रमा व्यवस्थापनका कार्यहरू सम्पन्न गर्न सकिने स्थानीयबासिन्दा लक्ष्मी ढकाल बताउँछिन् । स्थानीय बासिन्दाहरूलाई समेत पोखरीका कारण फाईदा मिलेको उनले बताइन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?