ट्रेंडिंग:

>> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

मिथिला संस्कृति र हलो

९ भाद्र २०७५, शनिबार
९ भाद्र २०७५, शनिबार

उत्तरकुमार पराजुली
आजको संसारमा मान्छेले प्रयोग गर्ने हरेक साना ठूला सामग्रीहरू मानिसकै प्रयत्न, सीप, कलाका परिणति हुन् । आगोको सङ्ग्रहले मान्छेले आफूलाई निकै सुरक्षित ठानेको थियो । तर यो आगो सुरक्षा गर्न निकै चुनौती हुन्थ्यो । किनकि आगो उत्पादन गर्ने विधि नजानेर मान्छेले निकै लामो समयसम्म हैरानीमा बिताउनु परेको थियो । जब अङ्गिरा ऋषिले आगो उत्पादन गर्ने विधिको आविष्कार गरे, तब मानव सभ्यताले ठूलो फड्को मारेको थियो ।
यसपछिको मानव सभ्यतालाई सकारात्मक झड्का दिने घटना थियो पाङ्ग्राको आविष्कार । विश्वकर्माले पाङ्ग्राको आविष्कार गरेपछि सामान ओसारपसार होस् वा यात्रा गर्न होस् धेरै सुबिधा भयो । सुरक्षित र सुविधाजनक जीवन हुँदा जनसङ्ख्या बढ्ने नै भयो । यसले खाद्यवस्तु उत्पादन तथा खपतमा चाप प¥यो । यसको अर्थ कृषि उत्पादनमा विशेष दवाव सिर्जना भयो । पशुपालन व्यवसाय दुग्ध पदार्थ, मासुजन्य पदार्थ र यातायातका साधनका लागि मात्रै प्रयोग भैरहेको त्यस अवस्थामा पशु बललाई अन्न बाली उत्पादनका लागि प्रयोग गर्न सकिएको अवस्था थिएन । हलोको आवश्यकता थियो तर आविष्कार भएको थिएन ।
हलोका आविष्कारक राजा जनक—
हलोको आविष्कार गरी पशु बललाई कृषि उत्पादनमा लगाउने श्रेय राजा जनकलाई छ । उनले पशु शक्तिलाई यसरी खेत जोत्नका लागि प्रयोग गर्न सकिन्छ भनी आफ्नो आविष्कारलाई सर्वप्रथम सार्वजनिक गरेको दिन वसन्त पञ्चमी थियो । त्यसैले यो दिनलाई अहिले पनि कृषकले नयाँ वर्षको कृषिकर्मको सुरुवात गर्ने शुभ दिन मानी हलसारो गर्ने चलन छँदै छ । हलोको पहिलो प्रयोग भएको दिन भएकाले त्यसलाई सीर अर्थात् हलो पञ्चमी भनियो । र, पछि सीर श्री मा परिवर्तन भई अहिले श्री पञ्चमी भनिने गरिन्छ । आविष्कृत वस्तुको प्रयोग सफल भएको दिन भएकाले यो विद्यारम्भको राम्रो दिन मानियो र सरस्वती जयन्तिका रूपमा मनाइँदै आइयो । जनकको हलोको आविष्कारले कृषि क्षेत्रमा ठूलो तहल्का मच्चायो । जनकले त आफ्नो देशको राष्ट्रिय ध्वजा (झण्डा) मा हलोको चिह्न राखे । त्यसैले उनको नाम ‘सीरध्वज’ रह्यो । योग क्रियाबाट देह त्याग गर्नेसम्मको उच्च योग क्रिया गर्ने क्षमता भएकाले राजा जनकलाई ‘विदेह राज’ पनि भनिन्छ । ज्ञानगुनमा ऋषित्व र कामकाजमा राजकाज भएकाले उनलाई राजर्षि (राजा+ऋषि= राजर्षि) पनि भनिन्छ ।
वाल्मीकीय रामायण, विष्णु पुराण आदि ग्रन्थका अनुसार जनक राज परम्पराका संस्थापक राजा निमि रहेको पाइन्छ । निमिका छोरा मिथि पनि निकै चर्चायोग्य राजा भए । उनैका नामबाट मिथिला क्षेत्र, मैथिली भाषाको नाम रहेको हो । यी मिथिका छोरा जनक हुन् । यी पनि इतिहास चर्चित राजा भए । यी पछिका सन्तानले आफ्नो नामका पछाडि जनक जोड्ने गरे । (अहिले राणा खलकले जबरा जोडे जस्तै ।) राजा जनकपछि उदावसु जनक, नन्दिवर्धन जनक, सुकेतु जनक, देवरात जनक, बृहद्रथ, महावीर, सुधृति, धृष्टकेतु, हयश्र्व, मरु, प्रतीन्धक, देवमीढ, विबुध, महीध्रक, कीर्तिरात, महारोमा, स्वर्णरोमा, ह्रस्वरोमा, सीरध्वज, भानुमान्, शतद्युम्न, शुचि, उर्जनामा, शतध्वज, कृति, अञ्जन, करुजित्, अरिष्टनेमि, श्रुतायु, सुपाश्र्व, सृंजय, क्षेमवी, अनेना, भौमरथा, सत्यरथ, उपगु, उपगुप्त, स्वागत, स्वानन्द, सवर्च, सुपाश्र्व, सुभाष, सुश्रुत, जय, विजय, ऋत, सुनय, वतिहव्य, धृति, बहुलाश्व र कृति गरी चौवन्न पुस्तासम्म मिथिला क्षेत्रको शासन निमि वंशजले सञ्चालन गरेको पाइन्छ ।
पौराणिक इतिहासमा बहुचर्चित राजर्षि उपनामले चिनिने राजा जनक निमि राजवंशका बाइसौँ पुस्ताका राजा सीरध्वज हुन् । नवीन खोजतलास, गुरुकुल शिक्षा परम्परा, शास्त्रार्थ गोष्ठी, यज्ञयागादि गर्नु यस राज परम्पराको पहिचान संस्कार जस्तो देखिन्छ । राजा निमिले यज्ञका लागि गुरु वशिष्ठलाई निम्तो दिँदा वशिष्ठले निमिले भनेको समयमा फुर्सत नपाउने जवाफ दिए । वशिष्ठको विकल्पमा निमिले अरू नै पुरोहित खोजी यज्ञ सम्पन्न गरेका थिए । पछि वशिष्ठ आएर मेरो अनुपस्थितिमा यज्ञ गरेको भनी चर्काचर्की प¥यो । गर्नुपर्ने शुभकार्यलाई भाका राखेर नबस्ने संस्कार जनक वंशका संस्थापकबाटै स्थापित भएको देखिन्छ ।
राजाकै चासो र अगुवाइमा विद्वत् गोष्ठी परम्परा जनक वंशको अर्को उदाहरणीय परम्परा हो । बचक्नुकी छोरी गार्गी, मित्र ऋषिकी छोरी तथा याज्ञवल्क्यकी श्रीमती मैत्रेयी, मण्डन मिश्रकी श्रीमती खण्डकपाली (भारती) जस्ता विदुषीले चमत्कार देखाउने क्षेत्र पनि मिथिला नै हो । राजगुरु याज्ञवल्क्यलाई गार्गीले आच्छु आच्छु पारेको कुरा उपनिषद्मा लिखित प्रमाणका रूपमा हेर्न सकिन्छ । आद्य गुरु शङ्कराचार्यलाई भारतीले शास्त्रार्थमा हराएकी थिइन् । विद्वत् परम्परा कुल, जन्म, जातका आधारमा होइन बरु ज्ञान र क्षमताका आधारमा हुन्छ भन्ने कुरा त्यस बेलाका इतिहासले बताउँछ । अहङ्कारको उत्पत्ति कसरी हुन्छ र त्यसबाट छुटकारा कसरी पाइन्छ भन्ने कुरा शुकदेवले आफ्ना बुबा व्याससित सोधेका थिए । व्यासले थुप्रै उदाहरण दिएर राम्रोसित बुझाउँदा पनि शुकदेवलाई चित्त बुझेन । चित्त नबुझेको भाव व्यासले थाहा पाएपछि छोरालाई जनकसित गई सो बारेमा स्पष्ट हुन भनेका थिए र शुकदेव मिथिलामा गई जनकसित सोधेर छर्लङ्ग भएर आएका थिए । व्यास जस्तो बौद्धिक व्यक्तित्वको बौद्धिकतालाई प्रमाणीकरण गर्ने क्षमता जनक वंशमा थियो, मिथिलामा थियो भन्ने कुरा योग वासिष्ठले बताउँछ । यस कुराले राजा पृथ्वीनारायण शाहले दिव्योपदेशमा ‘मैले केही कुरा तिमीलाई बताएँ भने तिमीहरूले आफ्ना सन्तानलाई बताउला र तिम्रा सन्तानले हाम्रा सन्तानलाई बताउलान् । यसरी ज्ञानको संरक्षण होला र यो राज्य राम्ररी चलाउनन्’ भन्ने आशयको भनाइको झझल्को दिन्छ ।
राजा जनकको हलो प्रविधिलाई गोकुलबासी श्रीकृष्णका दाइ बलरामले गोकुल लगेका थिए । उनका फुपूका छोरा पाण्डवहरूले इन्द्रप्रस्थ राजधानी बनाएर राज्यमा अन्न उत्पादन बढाउन यो हलो प्रविधिलाई बलरामको अगुवाइमा प्रयोग गरिएको थियो । यस प्रविधिलाई भारत क्षेत्रमा विशेष प्रचारप्रसार गरेका हुनाले बलरामलाई हलधर नामले चिनायो । प्रचारप्रसारका लागि सधै नमुना हलो लिएर हिँड्ने हुनाले पनि हलधर भन्न सघाए होला । मौका पर्दा हतियारको रूपमा पनि प्रयोग गरे होलान् र बलरामको हतियार हलो भन्न थालियो । बलराम निकै हृष्टपुष्ट बलिया हुनाले आयु द्रोण सुते … आशीर्वचन श्लोकमा … बलं च हलधरे… भन्ने गरिन्छ ।
जनकको विद्वत् गोष्ठीमा स्वदेशका मात्र होइन विदेशका विद्वान् तथा जिज्ञासुहरूको पनि उपस्थिति हुने गथ्र्यो भन्ने कुरा अष्टावक्र र बरुणको भेट राजा जनकको विद्वत् गोष्ठीमा भएको कुराले प्रमाणित गर्छ । अष्टावक्रको शारीरिक अपाङ्ग रूपलाई देखेर गोष्ठीका सहभागीहरूले हँस्सी उडाएको बेलामा अष्टावक्रले ‘यो मिथिलेश जनकको विद्वत् गोष्ठी हो भनेर म यहाँ आएको थिएँ । तर यो बगरेको भेला जस्तो लाग्यो । हाड, मासु, छाला हेरेर मूल्याङ्कन गर्ने त व्यावसायिक बगरेले हो ।’ भनेपछि खिसी गर्नेहरूले अँध्यारो मुख लगाउनु परेको थियो । इतिहासमा यसरी अपाङ्गमैत्री पाठ सिके, सिकाएको प्राचीन ठाउँ यही मिथिला क्षेत्र हो । दक्षिण क्षेत्रका महाराजा (दिक्पाल) बरुणजी अष्टावक्रको विद्वताबाट प्रभावित भएर वायु विकारले कुँजिएर बाङ्गो भएको शरीरको उपचार गरिदिएर अष्टावक्र साङ्ग भएका थिए । शुक्ल यजुर्वेदका प्रणेता (कारक) महर्षि याज्ञवल्क्य जनक वंशमा कुल गुरु थिए । यसरी हेर्दा मिथिला क्षेत्र प्राचीन कालको साँच्चै प्रज्ञा केन्द्र थियो, ज्ञानको नाभि थियो भन्न सकिन्छ ।
जसले सिक्न खोज्छ उसले सिक्न सक्छ । जसले यो त्यो नभनी वरिष्ठ कनिष्ठ जोसुकैबाट पनि सिक्न खोज्छ त्यो नै विद्वान् हुन्छ भन्ने कुरा जनकको जीवनबाट सिक्न सकिन्छ । बेला बेलामा विद्वत् गोष्ठी सञ्चालन गरेर देश देशावरका तत्कालीन ज्ञानलाई एकै ठाउँमा पस्किने वातावरण सिर्जना गर्नु आफैमा जिज्ञासुपनको अनुपम उदाहरण हो । राजा जनकले आफूले ठम्याउन नसकेको सामान्य कुरालाई पनि निःशङ्कोच आफूभन्दा कनिष्ठ जानकारसित सोधपुछ गर्थे भन्ने अर्को रमाइलो उदाहरण छ ।
राम—सीताको स्वयम्वर भइसकेको थियो । विवाहका लागि अयोध्याबाट बरियाँत (जन्ती) आयो । राम दुलाहा बनेर सिँगारिएर आए । पहिले स्वयम्वरका बेला विश्वामित्रसित लुखुरलुखुर हिँड्दै आएका राम अब म्यानमा, डोलामा, रथमा, घोडामा केमा आउने हुन् थाहा थिएन । दुलाहा विशेष गरगहना र पोशाकमा र अरू जन्ती सामान्य तरिकाले आउने भएका भए चिन्न गाह्रो पर्दैनथ्यो होला । तर जन्ती त एक से एक ठाँटबाँटसित आएका देखेर राजा जनकलाई अलमल परेछ । जनकलाई दुलाहा कुन हुन् भन्ने ठम्याउन गाह्रो परेछ । यस्ता संस्कारसम्बन्धी कुरामा आफ्नै छोरी सीता जानकार छे भन्ने उनले बुझेका थिए । अनि जनकले सीतासित भने— सीता छोरी, सबै जन्ती उस्तै भेषभूषा गरगहनामा सिँगारिएर आएका छन् । मैले त दुलाहा कसरी चिन्ने भन्ने मेलोमेसो पाइन ।
तब सीताले भनिन्— बुबाका कुरा पनि, गहना कपडा वाहन हेरेर हो र दुलाहा छुट्टाउने ! कसका माथमा माहुर छ उही हुन्छ नि दुलाहा त !
सीता छोरीका कुराले जनकलाई छ्याङ्ङ घाम लागे जस्तै भयो ।
सीता जन्मसम्बन्धी कुरा—
राजा जनकले हलो जोत्दा भेटिएकी सीता जन्मका हिसाबले राजा जनक र रानी सुनयनाकी छोरी होइनन् भन्ने कुरामा धेरै तर्कवितर्क गर्नै परेन । त्यसो हो भने उनी कसरी जन्मिएर त्यसरी फालिन पुगिन् भन्ने सन्दर्भमा एउटा पौराणिक कथन यस्तो छ —
लङ्काधीश रावणको राज्यसत्ताको उन्माद सेलाएको थिएन । आफ्नो राज्यमा रहेका हरेक परिवारबाट कर उठाउने अभियान जोडतोडसित चलेको थियो । लङ्कामा गृत्स्मद नामका एक तपस्वी ऋषि थिए । उनले लक्ष्मीलाई आफ्नी छोरीको रूपमा जन्मनका लागि आराधना गरिरहेका थिए । उनले दैनिक रूपमा जप तथा सन्ध्या बन्धन गरी आफ्नो कामना सिद्धिका लागि आमखोरामा गाईको दूधका बुँद तप्काउने गर्थे । रावणका अनुचरले कर उठाउने क्रममा सम्पत्ति भएकाबाट सम्पत्ति र नभएकासित केही रगतका थोपा लिने गर्थे । कर उठाउने क्रममा ती अनुचरले गृत्स्मदको त्यो आमखोरा लिए र त्यसमा त्यही कर वापतको रगत सङ्कलन गरी इदमित्थ कुरा बताई रावणलाई दिए । रावणले सो आमखोरा रानी मन्दोदरीलाई दिँदै भने– यो महाविष हो, साह्रै जतनले राख्नू ।
एक दिन रावण अलि लामै दिनको वन विहारका लागि सह््याद्री पर्वततिर जाने भए । मन्दोदरी पनि साथै जान चाहन्थिन् । तर रावणले लगेनन् । अलि चर्र्कै टसमस भयो । रावणले साथमा लैजान नमानेपछि मन्दोदरी साहै्र विरक्तिएकी थिइन् । कैयौँ दिनसम्म यसरी विरक्तिएर मनमा कुरा खेलिरहेको बेला मन्दोदरीलाई श्रीमान्ले राख्न दिएको महाविषको सम्झना आयो । यसरी विरक्तिएर बाँच्नुभन्दा मर्नु निको भनी त्यो आमखोराको महाविष मन्दोदरीले खाइन् । मरिएला भनेको मरिएन । बरु दुई तीन महिनासम्म महिनावारी रोकियो । जिऊ भारी जस्तो पो भयो । रावण बाहिर गएको अवस्थामा आफू गर्भिणी भएकोले मन्दोदरीलाई झनै पिरलो प¥यो । उसै त हिड्ने बेलामा खटपट परेको थियो । अझ यस बखत श्रीमान् आए भने बेइज्जतसित राजमहलबाट निकाला हुनुपर्छ भनी आफ्नी अन्तरङ्ग सहेली घोरमुखालाई लिएर भारततिर तीर्थयात्रा गर्ने निहुँ पारी मन्दोदरी भारततिर लागिन् । घुम्दै घुम्दै मिथिला क्षेत्रमा आउँदा उनलाई सुत्केरी व्यथा लाग्यो । मन्दोदरीले घोरमुखालाई भनिन्— घोरमुखा मलाई सुत्केरी व्यथा लाग्यो । हामी भाग्यले राजर्षि जनकको राजधानी नजिकै छौँ । मेरो आँखामा पट्टी बाँधिदेऊ । मेरा कानमा ठेँटी कोची देऊ । ता कि जन्मने बच्चालाई मैले नदेखूँ र उसको कुनै आवाज नसुनूँ । अनि यो बच्चा जन्मेपछि राजा जनकको महल नजिकैको बगैँचामा सुरक्षित किसिमले राखी आऊ । यो सन्तानलाई राजर्षि जनकले राम्रोसित पाल्नेछन् । घोरमुखाले त्यसै गरिन् ।
अर्को दिन राजा जनकको हलसारो गर्ने अर्थात् हलोको प्रयोग गर्ने कार्यक्रम थियो, वसन्त पञ्चमीको दिन थियो । भाग्य संयोगले घोरमुखाले बच्चा राखेको ठाउँमै त्यो कार्यक्रम राखिएको रहेछ । हलोले राम्ररी जोत्यो अर्थात् राम्रो सियो ( हलाको डोब ) पा¥यो, धेरैजना मान्छे लगाएर खन्नुपर्ने खेत हलाले क्षण भरमै जोतिने भयो भन्ने खुसीयालीमा भैरहेको बेला बच्चा भेटिइन् । जोतेको सियानिर भेटिइकीले उनको नाम सिया, सीया राखियो । पछि यही सीया नाम सीतामा रूपान्तरित भयो । कतिपय भक्तजनहरूले अहिले पनि सीयाराम सीयाराम भनी नाम सङ्कीर्तन गर्ने गर्छन् । जनकको हलोको आविष्कार सफल भएको र लक्ष्मी स्वरूपा वा श्री स्वरूपा बालिका पनि दैवले उपहार दिएको भनी वसन्त पञ्चमीलाई श्री पञ्चमीको रूपमा धुमधामका साथ मनाइयो । हलोको आविष्कारले अन्न उत्पादन निकै बढेर लक्ष्मीयुक्त हुने अवसर प्राप्त भएको हुँदा यस दिनलाई श्री पञ्चमी पनि भन्न लागियो । हलो आविष्कारको प्रयोग सफल भएकाले विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा पनि गरिन थालियो । लक्ष्मी र सरस्वतीको मेल हुँदैन भने पनि यो श्री पञ्चमी त्यस्तो पर्व हो जहाँ लक्ष्मी र सरस्वतीको प्रगाढ सम्बन्ध देखिन्छ । उता गृत्स्मद ऋषिको तपस्या आराधना पनि यहाँ आएर सफल भयो । आखिर लक्ष्मी स्वरूपा सीता जनकपुरमा आएर जन्मिन् ।
सीता स्वयम्वरका लागि किन राखियो शिव धनु चलाउने शर्त— सीता हृष्टपुष्ट स्वस्थ तन्दुरुस्त थिइन् । केटी मान्छे भनी हेपेर खिसीट्यूरी गर्नेलाई पराकपुरुक पार्थिन् । त्यसैले कसैले हेप्ने शाहस गर्दैनथे । एक दिन ऋषि परशुराम जनक दरवारमा आएका थिए । जनकका पुर्खा देवरातका पालादेखि शिवजीको पिनाक धनु जनक दरवारमा थियो । सो धनु निकै वजनदार थियो । सीताले सो धनु राजमहलको आँगनमा लगेर ‘हटहट घोडा’ भन्दै घोडाबाजी खेलेको परशुरामले देखेर छक्क परे । अनि राजा जनकलाई भने— हे राजन्, तिम्री छोरी कम्ता कि रहिनछिन् । यिनलाई जुनतुनसँग विवाह गरिदिनु हुन्न । यिनको विवाह यही धनुमा जसले सजिलै ताँदो चढाउन सक्छ उसैसित विवाह गरिदिनु ।
राजा जनकले परशुरामको यही वचन शिरोधार्य गरी सीताको विवाहमा शिवको धनु चलाउने शर्त राखेका थिए । र, रामले सो शर्तबमोजिम धनुमा ताँदो चढाई सीतासित स्वयम्वर गरेका थिए ।
सीता हाम्री विभूति हुन् र जनक पनि । छोरीलाई उच्च महत्वकासाथ लालनपालन गर्ने अझ साँच्चै भनूँ भने भेटाएकी छोरीलाई । हाम्रो त्यो रहरलाग्दो, लोभलाग्दो संस्कार आज भत्केर छोरी भु्रण नाश गर्ने हत्यारो संस्कारमा रूपान्तरण भएको छ । छोरी पाउँदा हर्ष बढाइ गर्ने राजा जनकको यो भूमिमा आज दाइजोको डाहाले छोरीहरूको हत्या भइरहेको छ । यो हाम्रो पुरानू मिथिला संस्कृतिलाई कसरी पुनर्जीवित गर्ने होला ? जहाँ बुबा आमा छोरी जन्मदा खुसी होऊन् र छोरीलाई सक्षम बनाएर रामजस्ता सक्षम र आदर्श वरसित विवाह गरिदिऊन् । यस्तो प्राचीन गौरवशाली मिथिला संस्कृतिलाई पुनर्जीवन दिन हामी सबै नेपाली लागौँ र यसको नेतृत्व मिथिला प्रदेश (प्रदेश नम्बर दुई) ले लिनु औचित्यपूर्ण हुनेछ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?