ट्रेंडिंग:

>> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन

तुलसीपुरमा वायु प्रदूषण मापन

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

दाङको तुलसीपुर उपमहानगरपालिकाको वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा. मिलोस र नेपाली नागरिक डा. चिरञ्जीवी खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिक स्थलहरूमा विशेष प्रविधिको प्रयोग गरेर प्रदूषण मापन गरिएको समूहका सदस्य चिरञ्जिवी खड्काले जानकारी दिए । उनले वायुप्रदूषणको प्रारम्भिक अध्ययन त्यति आशालाग्दो नभएको बताउँदै बिस्तृत अध्ययनको पूर्ण प्रतिवेदन केही समयपछि ल्यावमा परिक्षण गरेर जानकारी दिने बताए । मिलोसले धुलो, धुँवा र घरबाट निस्कने फोहरका आधारमा वायुप्रदूषण मापन हुने कुरा बताए । तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययन अनुसार विरेन्द्र चोकमा वायुप्रदूषणको प्रभाव सबैभन्दा बढि भएको जानकारी दिए ।“पुराना गाडीबाट निस्कने धूँवाले धेरै जसो वायुप्रदुषण भइरहेको छ अब पुराना गाडीहरू विस्थापनका लागि सोच्नुपर्दछ,” मिलोसले वताए ।
उनले वायुप्रदुषण घटाउनका लागि फोहोर व्यवस्थापनका साथै रुख रोप्नका लागि ध्यान दिनुपर्ने कुरा सुझाए । विकसित देशमा हरियाली वनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा विरुवा लगाउने गरेको वताउँदै मिलोसले नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको कुरा बताए । वायुप्रदुषणका दृष्टिले नेपाल खतरायुक्त देश भएको वताउँदै प्राध्यापक पावेलले जनतामा यसका वारेमा चेतना जागृत गर्नु आवश्यक रहेको वताए । विश्वमा प्रति क्युविक ५० माइक्रोमिटर सम्मलाई सामान्य अवस्था मान्ने गरेकोमा तुलसीपुरमा तीन सय माइक्रोमिटर सम्म वायुप्रदुषणको अवस्था रहेको छ । “बाटो र घर सफा हुँदैमा वायुप्रदुषणको अवस्था राम्रो छ भन्ने हुँदैन” प्राध्यापक पावेलले भने ।
यसैविच तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा वायुप्रदुषणको अवस्थामा वारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कृषि क्याम्पसमा भएको छलफल कार्यक्रममा वोल्दै उनीहरूले वायुप्रदुषण विकराल वन्दै गएकाले न्युनीकरणका लागि सबैले ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहलकदमी लिने बताए । उनले तुलसीपुर नगरलाई वायुप्रदुषण मुक्त वनाउनका लागि नगरका विभिन्न गल्लिहरूमा विरुवा लगाउने कामलाई निरन्तरता दिएको वताए । हामीले गरेको फोहोरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरामा वारेमा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन नगरप्रमुख पाण्डेले भने । कार्यक्रममा वोल्दै सोनापुर सिमेन्टका प्रवन्धक रेमन्त ढकालले उद्योग वरपर वायुप्रदुषण नहुनका लागि उद्योगले विभिन्न यन्त्रको प्रयोग गरेको जानकारी दिए । हामीले प्रदुषण विज्ञ राखेर प्रदुषण न्युनीकरणको लागि काम गरिरहेका छौ उनले भने । कृषि कलेजका प्रमुख सहदेव शााहले वायुप्रदुषण मानव स्वास्थ्यका लागि संवेदनशिल भएकाले यसको न्युनिकरणमा सबैले ध्यान दिनुपर्ने वताएका थिए । कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक मनोज वस्नेतले वायुप्रदुषण न्युनीकरणका लागि व्यवहार परिवर्तन गर्न आवश्यक रहेको वताएका थिए । photo file:sourse _Google 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?