ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

माओवादी नेतृ घर्तीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

रोल्पा,१७ असोज । रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रीता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश समिति सदस्यसमेत रहेकी रीतासहित गंगादेवका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवविरुद्ध पनि बुधबार भ्रष्टाचारको मुद्दा दायर भएको हो।
तत्कालीन उपाध्यक्ष घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित १३ जनाले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गंगादेव गाउँपालिका २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो।
अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६र७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो।
उक्त आयोजनालाई उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयनमा लैजाँदा वास्तविक भए गरेकोभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई गलत नापी किताब तयार गरिएको अख्तियारले जनाएको छ।
गलत नापी किताब अनुसार झुटो बिल भरपाई तयार गरी, गर्न लगाई भए गरेकोभन्दा बढी भुक्तानी गर्न नमिल्ने ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा दिएर हानीनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ।
तत्कालीन उपाध्यक्ष रीता घर्ती, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव, तत्कालीन योजना अधिकृत सहायक पाँचौ कृष्ण बहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी,तत्कालीन सव(इन्जिनियर रोशनी विष्ट
,तत्कालीन खानेपानी तथा सरसफाई टेक्निसियन बलबहादुर बस्नेत,तत्कालीन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, तत्कालीन सचिव खडकबहादुर डाँगी, तत्कालीन कोषाध्यक्ष चन्द्रकुमारी डाँगी,तत्कालीन वडाध्यक्ष भूपाल दमाई, तत्कालीन वडा सदस्य टिका विक,तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी,तत्कालीन वडा सचिव कुलबहादुर योगी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?