ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

बुटवल उपमहानगरलाई एमालेको २४ बुंदे ज्ञापनपत्र, मेयर पाण्डेय स्वेच्छाचारी र निरंकुश बनेको आरोप 

१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार
बुटवल,१६ असोज । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई २४ बुंदे ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख पाण्डेयले राजनितिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेका दर्जन बढी योजनाहरु अलपत्र पार्ने काम गरेको र बुटवलको योजनाबद्ध तथा दिर्घकालिन विकासको अवधारणलाई बेवास्ता गरेकोप्रति आपत्ति जनाएको छ । नेतृत्वको पूर्वाग्रहपूर्ण सोचका कारणले शिवनगर सामुदायिक बन क्षेत्रमा निर्माण भई सञ्चालनमा आएको नन्दनी गौशाला बन्द भएको भन्दै तत्काल  सञ्चालनमा ल्याई छाडा चौपाया व्यवसथापन गर्न माग गरेको छ । भूमि कर शुल्कमा व्यापक सहुलियत र राहत प्रदान गर्न तथा भूउपयोग योजनाको पुनरावलोकन गर्न, अव्यवस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधानका लागि ठोस पहलकदमी लिन एमालेले माग गरेको छ ।
ज्ञापनपत्र बुझाएपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नगर अध्यक्ष किसन ज्ञवालीले मेयर पाण्डेयमा एमाले फोबिया हावी भएको र उनका व्यवहार स्वेच्छाचारी र निरंकुश बन्दै गएको आरोप लगाए ।
 कर्मचारीहरुमाथि अपमानजनक र दुव्र्यवहार मेयर पाण्डेयबाट भएको भन्दै यस्ता गतिविधि रोक्न ज्ञवालीले आग्रह गरे ।
एमाले नगर सचिव मेघराज भट्टराईले विधि, पद्दति र प्रणाली कुल्चेर मेयर पाण्डेयले राजनीतिक पुर्वाग्रहका आधारमा बुटवलको विकासमा असर पर्ने गरी अघि बढेकाले यस्तो गतिविधि नसच्याए एमाले कडा ढंगले प्रस्तुत हुने चेतावनी दिए ।
यस्तो छ एमालेले बुझाएको ज्ञापन पत्र :
१. सबै तहका सरकार पूर्ववत सरकारको अविञ्छिन्न उत्तराधिकारको रुपमा हुन्छ भन्ने मूल्य  मान्यता विपरित पूर्ववत सरकारले बुटवलको समृद्धि र विकासमा कोसेढुंगा साबित हुने गरी अगाडि बढाएका जीतगढी (बटौली) युद्ध संग्रहालय, जीतगढी गुरुयोजना, थारु सांस्कृतिक ग्राम, खुलामञ्च, बधशाला, मिलनपार्क सभाहल, बैठौलिया ताल गुरुयोजना, नरेनापुरधाम गुरुयोजना, हिलपार्क बिगबुद्ध, विभूति पार्क, जेबी पार्क, नरेनापुर क्रिकेट रंगशाला, त्रिभुवन पथ, रंगशाला मार्ग, इमिली चोक देखी बेलभरिया कृष्णगंज सडक लगायत परियोजनाहरुलाई वर्तमान नेतृत्वले राजनितिक प्रतिशोधका आधारमा अलपत्र पार्ने काम गरेको छ । बुटवलको योजनाबद्ध तथा दिर्घकालिन विकासको अवधारणलाई बेवास्ता गर्ने कार्य प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराँउदै तत्काल यि योजनाहरु अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।
२. बुटवल उपमहानगरपालिकामा रहेको वर्तमान नेतृत्वको पूर्वाग्रहपूर्ण सोचका कारणले शिवनगर सामुदायिक बन क्षेत्रमा निर्माण भई सञ्चालनमा आएको नन्दनी गौशाला बन्द भएको छ । शिवनगर सामुदायिक बन, स्थानीय नागरिक र आम बुटवलबासी जनसमुदायको भावना अनुरुप तत्काल गौं संरक्षण केन्द्र सञ्चालनमा ल्याई बुटवलमा रहेका छाडा चौपायाको व्यवस्थापन गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।
३. बुटवलका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरी शिक्षामा सबैको सहज पहुँच स्थापित गर्ने मुख्य उद्देश्य राखेर खोज, अनुसन्धान र अध्ययनको निष्र्कषका आधारमा ल्याईएको सिंगो बुटवल १ विद्यालय कार्यक्रमलाई उपेक्षा गरेर बुटवल उपमहानगरपालिकाको वर्तमान नेतृत्व शिक्षा क्षेत्र प्रति उदासिन देखिएको छ । अर्कोतर्फ जुन विद्यालयमा विद्यार्थी संख्या राम्रो छ तर पूर्वाधार छैन, त्यस्ता विद्यालयहरुमा राजनितिक पूर्वाग्रहका आधारमा बजेट विनियोजन नगर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै आवश्यकता र औचित्यका आधारमा बजेट व्यवस्थापन गर्न जोडदार माग गर्दछौं ।
४. बुटवल उपमहानगरपालिकामा रहेको कृषियोग्य जमिनलाई समेत भूउपयोग योजनामा गैर कृषि क्षेत्रमा परिणत गर्दा एकातर्फ बुटवलको खेतीयोग्य जमिन नाश हुने चिन्ता बढेको छ भने अर्कोतर्फ कृषियोग्य जमिन गैर कृषि क्षेत्रमा परिणत हुदाँ बढेको भूमि करले आम किसानहरुलाई ठूलो मर्का परेको छ । त्यसैले किसानहरुको भूमि कर शुल्कमा व्यापक सहुलियत र राहत प्रदान गर्न तथा भूउपयोग योजनाको पुनरावलोकन गर्न जोडदार माग गर्दछौं ।
५. अव्यवस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासीहरुको समस्या समाधान गर्ने विषयमा बुटवल उपमहानगरपालिकाको वर्तमान नेतृत्व उदासिन देखिएको छ । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बुटवल उपमहानगरपालिकामा नापँचाजको काममा अत्यन्त ढिलासुस्ती भईरहेको तथा जनशक्ति व्यवस्थापन, उपकरण व्यवस्थापन लगायत अन्य कामहरु समेत अगाडि बढ्न नसकेको तथ्य प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराँउदैं तत्काल समस्या समाधानका लागि ठोस पहलकदमी लिन जोडदार माग गर्दछौं ।
६. नदीजन्य पदार्थको इआईए नगर्ने, ठेक्का प्रक्रियामा नजाने र अवैधानिक उत्खनन तथा चोरी निकासीमा मुकर्दशक भई बस्ने बुटवल उपमहानगरपालिका नेतृत्वको व्यवहार दुर्भाग्यपूर्ण रहेको छ । यस्तो अवस्थाको तत्काल अन्त्य गरी वैधानिक प्रक्रिया मार्फत प्राकृतिक स्रोतको समुचित परिचालन गर्नका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ । अर्कोतर्फ राजस्वमा देखिएको चुहावट रोकेर, करको दर नभई दायरा फराकिलो पारि नयाँ दृष्टिकोणका साथ दिनप्रतिदिन घट्दै गएको आन्तरिक र बाह्रय श्रोत परिचालनलाई वृद्धि गर्दै यहाँका नागरिकलाई सेवाप्रवाह र विकास कार्यक्रममा आवद्ध गर्नुपर्नेमा वर्तमान नेतृत्वले त्यस दिशातर्फ कुनै पनि काम गर्न नसेकेको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
७. आर्थिक संकुचनका कारण संकटग्रस्त भएको निजि क्षेत्रलाई विभिन्न राहत कार्यक्रम मार्फत उत्साहित र संरक्षण गर्नुपर्नेमा सो नगरेका कारण बुटवलको बजार क्षेत्र क्रमश स्थानान्तरण हुदैं गएको तथ्यलाई हृदयङ्गम गरी तत्काल बजार प्रर्वद्धन, संरक्षण र विकासका कार्यक्रम ल्याउन र उद्यमी व्यवसायीलाई विशेष राहत प्रदान गर्न जोडदार माग गर्दछौं ।
८. बुटवलमा भवनसंहिताको पालना नभएको, मापदण्ड मिच्ने काम भएको तथा बाहिरबाट घरनक्शा डिजाइन बनाउँदा नगरपालिकामा सास्ती बेहोर्नु परेको आम गुनासोलाई सम्बोधन गर्ने गरी शुरु गरिएको सहुलियत दरको घरनक्शा डिजाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा बिचौलियाहरुको प्रभावमा परेर उक्त सेवा निष्कृय पार्ने उपमहानगरपालिका नेतृत्वको जनविरोधी कार्य प्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ । अर्कोतर्फ नक्शा शाखामा कार्यरत कर्मचारीहरुको कन्सल्टेन्सी मार्फत आएको घरनक्शा डिजाइनलाई सहजै स्विकृत गरिदिने तर अन्य कन्सल्टेन्सी तथा व्यक्ति मार्फत आएको डिजाइनलाई अनेकौ बाहना देखाएर दुख दिने प्रवृति मौलाएको भनी आएको व्यापक जनगुनासोप्रति नगर कार्यपालिकाको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।
९. विद्युतिय घरनक्शा पास प्रणालीलाई डिजिटल हस्ताक्षर प्रविधिमा अगाडि बढाउदैं जनमैत्री सेवाप्रवाह मार्फत नक्शा शाखामा सेवाग्राहीले पाउने सास्तीलाई न्यूनिकरण गर्नुपर्नेमा उक्त सेवालाई लथालिङ्ग बनाईएकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । त्यस्तै गरी विविध कारणले घरनक्शा सम्पन्न प्रमाणपत्र प्राप्त गर्न नसकेका घरहरुको सन्र्दभमा विगतमा निकालिएको सूचनाका आधारमा निवेदन दिएका घरहरुको घरनक्शा प्रमाणीकरण र अभिलेखीकरणको कामलाई यथाश्रिध सम्पन्न गर्न जोडदार माग गर्दछौं ।
१०. जनताले घरमै बसेर विद्युतिय माध्यमबाट कर तथा राजस्व तिर्न पाउने व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उक्त सेवा निष्कृय बनाउने कार्य प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराँउदै तत्काल उक्त सेवालाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन जोडदार माग गर्दछौं । त्यस्तै गरी म्ष्नष्तब िज्यगकभ ल्गmदभचष्लन क्थकतझ सेवालाई कार्यान्वयनमा ल्याउन समेत जोडदार माग गर्दछौं ।
११. बुटवल उपमहानगरपालिकाले स्थानीय कानून निर्माण गर्दा संघिय तथा प्रादेशिक कानूनसंग बाझिने तथा स्वायत्त सामुदायिक संस्थाहरुमा राजनितिक हस्तक्षेप गरी प्रत्यक्ष नियन्त्रण गर्ने    अभिष्टका साथ कानून निर्माण गरेकोमा हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ । यस बीचमा जलस्रोत उपयोग कार्यविधि २०७९ को परिच्छेद २ को दफा ४ को उपदफा ४ मा स्वायत्त तथा सामुदायिक उपभोक्ता समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुखले आस्थाका आधारमा राजनितिक हस्तक्षेप गरेर ३ जनासम्मलाई कार्यसमितिमा मनोनयन गर्ने प्रावधान राखेको प्रति हाम्रो पार्टी गम्भिर असहमति प्रकट गर्दछ ।
१२. टोल विकास संस्था, सामुदायिक विद्यालय व्यवस्थापन समिति लगायतका सामुदायिक संघसंस्थाहरुको अधिवेशन आयोजना गर्दा सरोकारवालाहरुलाई जानकारी नगराउने तथा आफ्नो राजनितिक स्वार्थ परिपूर्तिका लागि लोकतान्त्रिक मूल्य मान्यतालाई अंगिकार नगर्ने काम हुदैं आएको प्रति गंम्भिर आपत्ती प्रकट गर्दै यस्ता क्रियाकलाप अविलम्ब सञ्चाउन माग गर्दछौं ।
१३. बुटवल उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको महिला स्वास्थ्य स्वयंसेविका (सेवा तथा सुविधा) सम्बन्धी निर्देशिका अनुसार स्वयंसेविकाहरुलाई मासिक खर्च रु १०००, वार्षिक चाडपर्व खर्च रु ३००० र स्वयंसेविका सम्मान बिदाई खर्च उपलब्ध गराउनुपर्नेमा मासिक खर्च र सम्मान स्वरुप दिईने बिदाई खर्च उपलब्ध नगराएर स्वयंसेविकाहरुले स्वास्थ्य सेवा प्रवाहमा गरेको योगदानको अवमूल्यन गर्ने र उनीहरुलाई अपमान गर्ने काम गरेकोमा खेद प्रकट गर्दै निर्देशिका बमोजिम सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछौं ।
१४. स्वास्थ्य आमा समूहको बैठक बसेर नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका चयन गरी त्यसको जानकारी सम्बन्धित स्वास्थ्य संस्थामा दिनुपर्ने संघिय कानूनलाई उल्ंलघन गरेर अवैधानिक आमा समूह खडा गरी स्वास्थ्य स्वयंसेविका नियुक्त गर्ने तथा व्यक्तिगत रिसिईबी र राजनितिक प्रतिशोधका आधारमा आवश्यक न्यूनतम प्रक्रिया समेत पुरा नगरी स्वयंसेविकाहरुलाई कारवाही गर्ने कार्य प्रति आपत्ति जनाँउदै यस्तो अवैधानिक कार्य तत्काल बन्द गरी कारवाही गरिएका स्वयंसेविकाहरुको पुर्नबहाली र स्वास्थ्य आमा समूहले निर्णय गरेका महिलाहरुलाई स्वास्थ्य स्वयंसेविकाको पदमा बहालीका लागि जोडदार माग गर्दछौं ।
१५. बिगत लामो समयदेखी करार सेवामा काम गर्दै आएका कर्मचारीहरुलाई राजनितिक प्रतिशोधका आधारमा हटाउने काम अत्यन्त दुर्भाग्यपूर्ण छ । अर्कोतर्फ त्यहि सेवामा पुन: विज्ञापन निकाल्दा राज्यको व्ययभार बढ्छ । आर्थिक मन्दीका समयमा आफ्नो दैनिकी आवश्यकता पुरा गर्न आम सर्वसाधारणहरुलाई सहयोग गर्नुपर्नेमा उल्टै काम गरि आएका मेहनतकस अनुभवी श्रमिकहरुलाई राजनितिक प्रतिशोध राखेर हटाउने कामको घोर विरोध गर्दै हाम्रो पार्टी निष्कासित कर्मचारीको शिघ्र पुर्नबहालीको माग गर्दछ ।
१६. बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको १ वर्षका उपलब्धीहरुमा आफ्ना कमीकमजोरीहरुलाई ढाकछोप गर्दै अधिकाशं केन्द्र र प्रदेश सरकारका योजना र कामहरुलाई आफ्नो उपलब्धीका रुपमा प्रस्तुत गरेकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । जनसरोकार र विकास निर्माणका क्षेत्रमा वर्तमान नेतृत्वले हालसम्म कुनै उल्लेखनिय काम गर्न नसकेको तथ्य उक्त प्रतिवेदनमा समेत प्रतिबिम्बित भएको छ ।
१७. विगतमा बुटवल उपमहानगरपालिकाले निर्माण गरेको आवधिक र दिर्घकालिन योजनाहरुको समिक्षा र पुनरावलोकन नगरी आफुखुसी त्यसका भिजन, मिसन र क्षेत्रगत विकासका रणनितिहरु परिवर्तन गर्ने अत्यन्त गैरकानुनी र गैर राजनितिक काम वर्तमान नेतृत्वबाट भएको छ । प्रक्रिया बिना भएका यस्ता गलत कार्यहरु प्रति हाम्रो पार्टी गम्भिर असहमति प्रकट गर्दछ । अर्कोतर्फ स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत गठन भएका विषयगत समिति र उपसमितिहरुलाई निष्कृय बनाउने कामप्रति पनि हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
१८. नगरसभाले पास गरेको बजेट कार्यपालिकाको बैठकबाट मात्रै संशोधन गर्नुपर्ने आम सिद्धान्तको विरुद्धमा गई प्रमुखको सिफारिसबाट मात्रै संशोधन हुने प्रावधान राखेर प्रमुखले स्वच्छेचारी प्रवृति प्रर्दशन गर्नुभएको छ । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रिया प्रतिको प्रहार प्रति हाम्रो पार्टी गम्भिर असहमति प्रकट गर्दछ ।
१९. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र नेपाल सरकारको कार्य विस्तृतिकरणमा तिनै तहका सरकारले गर्ने कामको स्पष्ट वर्गिकरण हुदाँहुदैं स्थानीय सरकारको प्राथमिकता नछुट्टाई बजेट विनियोजन गर्ने तथा योजना तर्जुमाको प्रक्रियाबाट माग भई आएका योजना कार्यक्रमलाई उपेक्षा गरी तजबिजी र राजनितिक आग्रह पूर्वाग्रहका आधारमा बजेट विनियोजन गर्ने प्रवृति प्रति हाम्रो पार्टीको गम्भिर ध्यानार्कषण भएको छ । योजना तर्जुमाको प्रक्रिया र वडा समितिको सिफारिसबाट आएका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अर्कोतर्फ आर्थिक वर्ष २०८०/८१ को बजेट पुस्तिकामा बजेटको अधिंकाश हिस्सा अनुदान र अनावश्यकरुपमा प्रमुख उपप्रमुखको नामबाट सञ्चालन हुने कार्यक्रमहरुमा विनियोजन गरिएको प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
२०. कर्मचारीहरुको मनोबल अभिवृद्धि गरेर कार्यसम्पादनमा प्रभावकारिता ल्याउनुपर्नेमा अव्यवहारिक कार्यशैली प्रर्दशन गर्दै उनीहरुलाई हतोत्साही बनाउने कार्यले अपेक्षित परिणाम हासिल हुन नसकेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस्तै गरी सेवा प्रवाहको काममा अत्यन्त ढिलासुस्ती भईरहेको भन्ने आम जनगुनासो प्रति पनि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
२१. बिटिआई गौरवपूर्ण इतिहास बोकेको एउटा शैक्षिक संस्था हो । प्राविधिक जनशक्ति उत्पादन गर्ने काममा यसले विशेष योगदान पुर्याएको छ । यस्ता विशिष्ट प्रकारका शैक्षिक संस्थाहरुमा राजनितिक हस्तक्षेप भन्दा पनि सहजीकरण, समन्वय र सहयोगको खाँचो हुन्छ । तर अहिले बिटिआईमा बुटवल उपमहानगरपालिकाको अनावश्यक र अनुचित हस्तक्षेप हुन थालेको तथा बिटिआईले अगाडि बढाएका योजनाहरुमा उपमहानगरपालिकाले असहयोग गर्न थालेको चर्चाले हामीलाई गम्भिर बनाएको छ । यस्तो प्रकारको राजनितिक हस्तक्षेपको घोर विरोध गर्दै बिटिआईमा नियन्त्रणकारी होइन सहयोगी भूमिका प्रदान गर्न जोडदार माग गर्दछौं ।
२२.  बुटवललाई उज्यालो शहर बनाउने यहाँका सबै राजनितिक दल र नागरिकको साझा प्रतिबद्धता भएको अवस्थामा उपमहानगरपालिकाको गैरजिम्मेवार कार्यले सडक बत्तिहरुको लाइन काटिएको छ । काटिएको लाइन पुन: जडान नगरी टोल विकास संस्थालाई त्यसको शुल्क तिर्न बाध्य बनाउने जनविरोधी कार्यप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ । साथै राजमार्गका सडक बत्ति मर्मत सम्भार र हाई मास्क लाइट जडान गर्ने काममा समेत वर्तमान नेतृत्व उदासिन देखिएकोमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
२३. स्वस्थ रहन पाउनुपर्ने नागरिकको संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै बुटवलका सडक एवंम सार्वजनिक स्थल स्वच्छ र सफा राख्ने, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्ने, राजमार्ग र मुख्य सडकहरुमा वृक्षारोपण गर्ने तथा नगर क्षेत्रमा हरियाली प्रर्वद्धन र सौन्र्दयीकरण कामहरु प्रभावकारीरुपमा अगाडि बढाउन समेत हाम्रो पार्टी जोडदार माग गर्दछ । यस्तैगरी हाटबजार व्यवसायी तथा ठेला व्यवसायीहरुको समस्या तत्काल समाधान गर्नका लागि समेत जोडदार माग गर्दछौं ।
२४. तिनाउ दानव नदीमा तटबन्द निर्माण, ज्योतिनगर, लक्ष्मीनगर, पाखापानी लगायतका क्षेत्रको पहिरो नियन्त्रण तथा राजमार्ग चौराह देखी गोलपार्क सम्मको सडक खण्ड निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि विशेष पहल गर्न ध्यानाकर्षण गराँउदछौं ।
अन्त्यमा, माथि उल्लेखित विषयहरु प्राय: नितिगत रहेका छन् । यसका अतिरिक्त अन्य दर्जनौं विषयहरु समेत रहेका छन् । हाम्रो पार्टीको वडा कमिटीहरुले वडामा विद्यमान समस्यहरुलाई उठान गरी सम्बन्धित वडाहरुमा ज्ञापन पत्र बुझाएका छन् । अत: हाम्रो पार्टीले उठान गरेका तथा जनस्तरबाट उठेका विषयहरुप्रति बुटवल उपमहानगरपालिकाको नेतृत्व गम्भिर भई यथोचित सम्बोधन गर्नका लागि विशेष अनुरोध गर्दछौं । यदि उपर्युक्त विषयहरुप्रति  संवेदनशिलता नदेखाएमा हाम्रो पार्टी थप कडाईपूर्वक लाग्ने कुराको समेत जानकारी गराउन चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np