ट्रेंडिंग:

>> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना

रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

पाल्पा, २२ वैशाख । जिल्लामा आगलागी भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका बस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।

जंगलमा लागेको भीषण आगो बस्तीमा सल्किँदा जिल्लामा दर्जनौं घरगोठ जलेर नष्ट भएका छन्, भने लाखौंको भौतिक क्षति हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयको वैशाख महिनाको १९ गतेसम्मको तथ्यांक हेर्दा जिल्लामा ८१ घरगोठ जलेर नष्ट भएका छन् । जहाँ ३३ घर र ४८ गोठ जलेको प्रहरीले जनाएको छ । यस्तै आगागीबाट तीन जना घाइते भएका छन् भने ६४ पशुचौपया जलेका छन् । बुधबारसम्मको तथ्यांक अनुसार माथागढी गाउँपालिकाका विभिन्न स्थानमा लागेको आगलागीबाट १३ घरगोठ र १९ पशुचौपाय जलेका छन् । जहाँ आगो निभाउने क्रममा एक जना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ । जहाँ ४ घरगोठ र ४ पशुचौपया जलेका छन् । पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा बुधबार जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २७ घरगोठ र ८ पशुचौपया जल्दा लाखौंको धनमाल नष्ट भएको छ । यहाँका अन्य ठाउँहरूमा पनि यसअघि आगलागी भएको थियो । जहाँ ५ घरगोठ पूर्णरूपमा नष्ट भएका थिए भने १ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै रम्भा गाउँपालिकाका विभिन्न स्थानमा भएको आगलागीबाट २ घरगोठ र २ वटा पशुचौपाय जलेर नष्ट भएका छन् । तिनाउ गाउँपालिकामा पनि आगलागीबाट २ घरगोठ र ९ पशुचौपया जलेर नष्ट भएका छन् । यस्तै तानसेन नगरपालिकाका विभिन्न ठाउँमा आगलागी हुँदा १ घर र १ बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यहाँको श्रीनगर जंगलमा समेत आगलागी भएको थियो । रिब्दीकोट गाउँपालिकामा आगलागी हुँदा एक बाख्रा जलेको छ । यस्तै रामपुर नगरपालिकाको ४ र ५ मा आगलागी हुँदा ९ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिँदा घरगोठ जल्नुको साथै १५ पशुचौपया र ५ सय कुखुरा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । उता बगनासकाली गाउँपालिकाका सामुदायिक वनमा आगलागी भएको छ ।

जंगलमा आगो लागे पनि बस्तीमा नगएकाले कुनै क्षति भने भएको छैन् । जिल्लाका विभिन्न ठाउँमा डढेलो लगाउने १८ जनालाई पहिचान गरी प्रहरीले पक्राउ समेत गरेको छ । जिल्लामा हालसम्म २ हजार ८ सय हेक्टर वनजंगल आगलागी भएको छ । एक महिनामा पाल्पामा १ सय २० स्थानमा आगलागी भएको छ । पाल्पाको सबैभन्दा धेरै तिनाउ गाउँपालिका र कम निस्दी गाउँपालिकामा आगलागी भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?