ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो
छैटो खड्ग प्रसाद गौचन यु—१९ क्रिकेट प्रतियोगिता

सिईसि र धनगढी विजयी

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

बुटवल, १५ चैत । रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता २०८० मा समुह बि अन्तरगत भएको खेलमा क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन । बिहिबार भएको पहिलो खेलमा क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौले सेन्टर क्रिकेट एकेडेमी कास्कीलाई २ बिकेट तथा दोस्रो खेलमा धनगढी क्रिकेट क्लबले न्यु होराईजन क्लबलाई २१ रनले पराजित गरेको हो ।

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर सिईसिले ब्याटिङको निम्तो दिएपछि कास्कीले ८ बिकेटको नोक्सानीमा ९६ रनको लक्ष्य खडा गरेको थियो । कास्कीका जोय गुरुङले २३, करण पंगेनीले १९, सरोज खत्रीले १५ तथा रुपेश थापाले १० रन बनाए । सिईसिका समिर विष्ट, समित बुढा र सन्नी शाहले समान २—२ बिकेट लिए । सिइसिले ८ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसका लागि बिरेन्द्रले १९, हेमराज सापकोटाले १६ तथा समिर बिष्टले १६ रन जोडे । खेलमा सिईसिका समिर बिष्ट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

बिहिबार नै भएको दोस्रो खेलमा टस जितेर धनगढीले ब्याटिङ रोजेर ७३ रनमा सबै बिकेट गुमायो । उसका लागि अशोक धामीले ११ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । न्यु होराईजनका सुरज खड्काले ४, सन्तोष यादव, निर्मल गुरुङ र बिपर्सन केसीले समान २—२ लिए । झिनो लक्ष्य पछ्याएको न्यु होराईजन ५२ रनको स्कोरमा समेटियो । उसका लागि अन्कित बिएमले २३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । धनगढीका सौर्य श्रेष्ठले ४, सचिन मल्ल र अशोक धामीले समान २—२ बिकेट लिए । खेलमा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?