ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

तिलोत्तमाम दलित ज्ञान उत्सव हुने

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ ।

तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बुद्धभूमि रुपन्देहीबाट विभेदका विरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको जानकारी दिए । उनले दलित समुदायको ज्ञान, सिप र पेशा विभेदका कारण पछाडि पारिएको बताउँदै ज्ञानउत्सवले त्यसलाई चिर्ने बताए । उनले ज्ञान उत्सवमा विभिन्न बिषयहरुमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदका विरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल थरेको बताए । नगरप्रमुख खाँणले तिलोत्तमा नगरपालिकाले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीति अनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको बताए ।

पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरुको श्रम, सिप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने बताए । उनले प्रथम ज्ञान उत्सवले विभेद रहित र समतामुलुक दश बनाउने अभियानमा जोड्ने विश्वास गरे । तीन दिने ज्ञान उत्सवले दलित ज्ञान उत्सवले नयाँ इट्टा थप्ने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए । उनले यो उत्सवमा सहभागिता हुनका लागि समेत आग्रह गरे ।

ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामयिक विमर्श हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले जानकारी दिए । दलित रीडरका सदस्य निशा हरिजनले तीन दिन सम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्ता लगायत कलाकारहरुको सहभागिता रहने जानकारी दिईन । यस्तै तिलोत्तमा नगरपालिकाका आर्थिक विकाष समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दा सम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरुको सम्मानका लागि पनि यो ज्ञान उत्सव कोशे ढुंगा हुने बताए ।

तीन दिनसम्म चल्ने यो दलित ज्ञान उत्सवमा २० भन्दा बढी सेसन ८० भन्दाबढी वक्ताहरु तथा साङ्गीतिक प्रस्तुतिहरू हुने सल्लाहकार शिवहरी ज्ञवालीले बताए । कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगितकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा. शुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने छ । बुटवल स्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ०९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ ।   ज्ञान उत्सवको हरेक साँझ सांगितिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np