ट्रेंडिंग:

>> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

बचत फिर्ताको लागि दवाव दिन संघसंस्था धाउँदै सुप्रिम सहकारीका पीडितहरु

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

बुटवल, ११ चैत ।

सुप्रिम बचत तथा क्रृण सहकारी संस्थाबाट ठगिएकाहरु आफ्नो रकम उठाउन बुटवलका संघसंस्था धाउन थालेका छन् । राजमार्ग चौराहामा अवस्थित सुप्रिम बचत तथा क्रृण सहकारीका बचतकर्ताहरु रुपन्देही ब्यापार संघ र बुटवल उद्योग बाणिज्य संघमा पुगेरै आफ्ना पिडाहरु राखेका हुन् ।

बिगत डेढ बर्षदेखि आफ्ना बचत रकम सुरक्षित गर्न र फिर्ता पाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकारसमक्ष ढोका ढक्कढकाउँदै हिडिरहेका उनीहरु रकम फिर्ता हुने आशामा संघ संस्था धाउन थालेका हुन् ।

बुटवलका अधिकांश ब्यवसायीहरुको रकम बचत गरिएकोले रकम उठाउन पहल गर्न उनीहरुले बुटवल उद्योग बाणिज्य संघ र रुपन्देही ब्यापार संघलाई दवाव दिएका हुन् । सहकारी ठगी काण्डमा जो सुकै मुछिएको भएपनि सबै दोषीहरुलाई कारबाही गर्न उनीहरुले माग गर्दै आएका छन् ।

बुटवलको अमरपथका व्यवसायी अशोक श्रेष्ठले रकम फिर्ताका लागि संघसंस्थाहरुले दवाव दिनु पर्ने र सरकारले सहकारी ठगीमा सबैलाई कारवाही गर्नुपर्ने बताए । त्यस्तै बुटवलकै रोहित थापाले सहकारीमा आफ्नो साढे चार लाख रुपियाँ बचत रहेको भन्दै रकम डुब्ने चिन्ता लागेको बताए ।

अर्का बचतकर्ता गुलाव आलमले पक्राउ पर्न बाँकी रहेकाहरूलाई समेत पक्राउ गरेर आफूहरूको रकम फिर्ता हुनुपर्ने बताए ।

‘हामीले रकम दिँदा धेरै आशा देखाए । अहिले हामी आफ्नो गुनासो लिएर कहाँ जाने? सरकारले नै रकम फिर्ताका लागि पहल गर्नुपर्छ’, उनले भने ।

इलाका प्रहरी बुटवलका डीएसपी विजयराज पण्डितले सहकारी पीडितको उजुरीका आधारमा पक्राउ परेका सबैमाथि अनुसन्धान जारी रहेको बताए । प्रहरीमा उजुरी गर्ने बचतकर्ताहरू दुई हजार छन् ।

२०७६ कात्तिक १६ गते भएको सहकारीको साधारणसभाबाट दीपेश पुन सचिव रहेकै बेला सहकारीको ७८ करोड बढी रकम अपचलन भएको अनुसन्धानबाट देखिएपछि प्रहरीले पुनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पण्डितले बताए ।

रुपन्देही क्षेत्रका करिब १० हजार ३९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ सुप्रिम सहकारीमा फसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?