ट्रेंडिंग:

>> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति

गृहमन्त्रीले भने- कांग्रेसले जहाँ बोलाओस्, आएर जवाफ दिन तयार छु

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

काठमाडौँ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नको जवाफ आफू तयार रहेको बताएका छन्।

सहकारी ठगी गरेको भन्दै परेको उजुरीका बारेमा संसद्मा कांग्रेसले बोल्न नदिएको भन्दै जनताका माझ सार्वजनिक रुपमा सबै प्रश्नको जवाफ दिन तयार रहेको बताए।

शनिबार पार्टीले आयोजना गरेको विशेष सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले विश्वभरका जनताले देख्नेगरी त्यो सार्वजनिक कार्यक्रमको लाइभ गर्ने समेत बताए।

‘म चुनौतीका साथ चाहन्छु, प्रभावशाली नेताहरूलाई, जो यो मुद्दालाई लिएर सदनै अवरोध गरिरहनुभएको छ। कहिले कहाँ, कुन मितिमा कुन स्थानमा सदनमा त मैले बोल्न पाएको छैन। ठिक छ जनताका माझमा राखौँ,’ गृहमन्त्री लामिछानेले भने, ‘तपाईंले भनेको मितिमा बोलाउनुस्, तपाईसँग बहस गर्न चाहन्छु, प्रमाणित गरिदिनुस्। देशमा भएका सबै लयर, तपाईंका पार्टीका नेता लिएर आउनुहोला। सबै प्रमाण लिएर आउनुहोला। म एक्लै आउँछु।’

उनले बहस गर्न कहाँ आउनुपर्ने हो आफू तयार भएको चुनौती कांग्रेसलाई दिएका छन्। ‘म कहाँ आउँ बहस गर्न, तयार छु। तपाईंका होनाहार एक से एक नेता अगाडि राख्नुस्। म एक्लै हरेक प्रश्नको जवाफ दिन्छु, जवाफ मात्रै होइन। समाधान पनि दिन्छु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?