ट्रेंडिंग:

>> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

पानीको उपयोग शान्तिका लागि

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

इतिहास
विश्व पानी दिवस मनाउने दिनका लागि पहिलोचोटी सन १९९२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित पर्यावरण तथा विकास सम्मेलनको एजेण्डा २१ मा विधिवत रूपमा प्रस्ताव गरिएको थियो । सो प्रस्तावलाई सोही वर्षको डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले संकल्प ब्रच्भ्क्रज्ञढघ का रूपमा प्रत्येक वर्षको मार्च २२ का दिनलाई विश्व पानीदिवस मनाउने गरी पास ग¥यो । सोही वमोजिम सन १९९३ देखि प्रत्येक २२ मार्चका दिनलाई विश्वभरी पानीको महत्वका बारेमा जनचेतना जगाउने उद्देश्यका साथ ‘विश्व पानी दिवस’ मनाउदै आईरहिएको छ ।

पानी दिवसको नाराः
विश्व पानी दिवस प्रत्येक वर्ष एक विशिष्ट विषयका रूपमा मनाइदै आईरहिएको छ । यस वर्षको नारा “पानीको उपयोग शान्तिका लागि (धबतभच ायच उभबअभ) राखिएको छ । पानीको उपयोगका विषयले विवाद वा शान्ति निम्त्याउने सक्दछ । जब पानीको उपयोग दुर्लभ र प्रदुषित हुन्छ वा मानिस बीच पानीको पहुँचमा असमानता र निषेध गरिन्छ तब समुदाय र राष्ट्रहरूले तनावको सामना गर्नुपर्ने हुन्छ । जब हामी सबै मिलेर पानीको उपयोगका विषयमा सहकार्य गर्दछौैं । त्यसबाट सद्भावमा वढवा, सम्बृद्धिमा बृद्धि र दृढताको विकासका साथै सकारात्मक लहर सिर्जना गरी आगामी दिनमा आइपर्ने हरेक प्रकारका चुनौती साझा गर्न सक्दछौं ।

पानी दिवसको महत्वः
पानीले नै पृथ्वीमा जीवनको जन्मदिन सक्छ । पानी विना जीवन असंभव छ । विश्वको इतिहास हेर्ने हो भने पुराना सांस्कृतिक सभ्यताका विकास नदी किनारमा नै भएको पाइन्छ । आज प्रदुषण र बढ्दो जनसंख्याको कारण विश्वका सबै देशहरू पानीको समस्यासंग जुधिरहेका हुन् । यसको अलवा बढ्दो औद्योगिकरणले पानीको खपत बढेको छ । तसर्थ पानीको संरक्षणका लागि आम मानिसहरूलाई शिक्षित गर्न अपरिहार्य छ । पानीलाई खेर जानबाट बचाउन यसको प्रयोग सोचेर गर्नु हामी सबैको कर्तव्य हो । पृथ्वीमा रहेका सम्पूर्ण जीवहरू पानीमा नै निर्भर छन् । हामी सबैलाई पानीको संकटको खतरा छ । तसर्थ विश्व पानी दिवस बैश्विक जल संरक्षण बृद्धिका लागि महत्वपूर्ण छ । विश्वभरिका ३०० करोड भन्दा बढी मानिसहरू आफ्नो देशको राष्ट्रिय सिमाभन्दा बाहिरको पानीमा भर पर्दछन । पानीको उपयोगका लागि १५३ वटा देशहरूहरूले तिनका छिमेकी देशका नदी, ताल र जलभण्डार साझा गरेका हुन् । केवल २४ देशले मात्र पानीको उपयोगका लागि एक– आपसमा सहकार्यको सम्झौता गरेका हुन् । बढ्दो जलवायु परिवर्तनको असर र बढ्दो जनसंख्या का कारण सबै मिलेर पानीको बहुमुल्य श्रोतलाई संरक्षण गरी सुरक्षित राख्नुपर्दछ ।

दिवसको मूख्य सन्देशः
.पानीले शान्ति वा विवाद उत्पन्न गराउन सक्छ । पानीको उपयोगका विषयमा विवाद, गुणस्तरमा प्रदुषण र पहुंचमा असमानता हुन्छ । यहाँ अभाव सिर्जनाले समुदाय र राष्ट्रहरूमा तनावको स्थिति पैदा हुन्छ ।.पानीले समृद्धि र शान्तिको भरोसा दिलाउँछ, स्वस्थ्य नागरिक बिना देश सम्बृद्ध हुन सक्दैन । त्यस्तै शान्ति बिना विकासले गति लिन कठिन हुन्छ । तसर्थ जब राष्ट्रले जलवायु परिवर्तन, अत्याधिक बसाइ सराई र राजनीतिक स्थायित्व जस्ता समस्याको व्यवस्थापन गरे सँगै पानीको उपयोगका विषयमा सहकार्यलाई देश विकासको योजना बनाउँदा मुख्य बुँंदाको रूपमा उल्लेख गर्नुपर्दछ ।

केही तथ्यहरूः
विश्वका करिब २२०० करोड मानिसहरू अझै सुरक्षित पानीको पहुँच बाहिर छन । जसमा ११५० लाख मानिसहरूले सतहमा जमेको र बगेको पानी उपभोग गर्दछन । वर्षभरिमा कम्तिमा कुनै न कुनै समय विश्वका करिव आधा जनसंख्याले पानीको अभाव महसुस गरेका हुन्छन् । वितेका ५० वर्षमा घटेका विपत्तिहरूमा ७० प्रतिशत मानिसहरूको मृत्यु पानी सम्बन्धि प्राकृतिक विपत्तिका कारण भएको छ । विश्वभरी भएको स्वच्छ पानीमध्ये ६० प्रतिशत पानी एक वा एक भन्दा वढी राष्ट्रको सिमा भएर वग्ने गर्दछ । केवल विश्वका २४ राष्ट्रहरूले मात्र पानीको उपयोग सम्बन्धमा अन्तर सिमाजल भण्डारमा सहकार्यको व्यवस्था गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?