ट्रेंडिंग:

>> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ

बुटवलले नसम्झने त्योे मे २९

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

ब्यापार गर्ने निहुले भारतमा आएको इस्ट इन्डिया कम्पनीले मद्रास र बंगाललाई निलेर शासन चलाइरहेको थियो र उत्तर पश्चिम भारतमा द्रुत गतिले जालझेल र सैनिक बलमा आफ्नो साम्राज्य विस्तार गरिरहेको थियो । त्यही समयमा गोर्खा राज्यले पहाडका स–साना राज्यहरुलाई जित्दै नेपाल देशको निर्माण गरी देशको सिमाना बढाउने बृहत योजनामा पश्चिम तर्फका भारतीय राज्यहरुलाई आफुमा विलय गर्दै गएको थियो । नेपालको विजय अभियानले इस्ट इन्डिया कम्पनीको स्वार्थमा धक्का पुगेकोले नेपालसंग निहँु खोजेर युद्ध ग¥यो । नेपालको आन्तरिक तयारीको कमी, विजित भूमिका, नागरिकहरुको असहयोग अनि ब्रिटिशहरुको सैन्य शक्ति र कुटनीतिको सामु नेपाल युद्धमा लामो समय टिक्न सकेन र उसैले प्रस्ताब गरे अनुसारको सुगौली सन्धिमा हस्ताक्षर गरी मेची र काली नदी वारी खुम्चन बाध्य भयो । त्यो युद्धमा अंग्रेजले बुटवलको जितगढीमा मात्र हार खाएको थियो । जितगढीमा भएको विजय र कर्णेल उजिरसिंहको बारेमा निकै चर्चा हुने गरेपनि अंग्रेजको औपचारिक उपस्थितिलाई बुटवलबाट हटाउन मुख्य भूमिका खेलेको बुटवलमा २९ मे १८१४ मा घटेको घटनाको विरलैै चर्चा हुनेगर्छ ।

के भएको थियो त्यो दिन ?

ब्रिटिश भारत तत्कालीन सबै सैनिक अधिकारी, प्रशासक र अन्य लेखकहरुले नेपाल अंग्रेज युद्ध सम्बन्धी तयार गरेका सम्पूर्ण दस्तावेज, पुस्तक र अन्य वृतान्तहरुमा बुटवलमा २९ मे १८१४ मा घटेको घटना उल्लेख गरेको पाइन्छ । दस्तावेजहरुमा उल्लेख भए अनुसार २९ मे को दिन बिहानै मुनराज पÞmौजदार (कतै मणिराज मास्के सुबेदार पनि उल्लेख छ । अँग्रेजले फौजदार भनेपनि उनी सुबेदार दर्जाका सैनिक थिए र उनको थर मास्के थियो । मणिराजका सन्ततिहरु तानसेनबाट बुटवल आएर बसेका थिए । पारी बुटवल निमचोकमा उनीहरुको पुरानो घर अहिले पनि छ र त्यो घरको अघिल्लो भागलाई पुनर्निर्माण गरी चियावाला नामक आधुनिक चिया पसल सञ्चालन गरिएको थियो ।) को नेतृत्वमा रहेको नेपाली सेनाले बुटवलमा रहेको अंग्रेजी चौकीमा आक्रमण गरी १८ जना प्रहरीको हत्या गरेको थियो भने त्यो घटनामा ६ जना घाइते भएका थिए । नेपालीले चौकी कब्जा गरेपछि आत्मसमर्पण गरेका चौकीका दरोगालाई रुखमा बाँधेर निकै बर्बर किसिमले हत्या गरिएको थियो । बुटवलका ३ चौकी नेपाली फौजले अतिक्रमण गरेपछि बाँकी अंग्रेजी चौकी अंग्रेज आफैले हटाए । त्यो घटनाले आक्रोशित व्रिटिश प्रशासनले बुटवल स्युराज क्षेत्रलाई खाली गर्न, क्षतिपूर्ति दिन र फौजदारलाई सुपुर्दगी गर्न माग गरे । यी मागहरु नेपालले स्वीकार गर्ने कुरै थिएन । यही कुरालाई निहँु बनाएर इस्ट इन्डिया कम्पनीले नेपाल विरुद्ध लडाईको तयारी शुरु ग¥यो । लडाईको औचित्य प्रस्ट पार्दै गभर्नर जनरल लर्ड मोइराले कोर्ट अफ डाइरेक्टरलाई २ अगस्त १८१५ मा लेखेको पत्रमा यो कुरा विस्तारमा उल्लेख गरिएको छ ।

विवादको निशानामा बुटवल

तत्कालीन अवध राज्य र पाल्पा राज्यको विचमा रहेको तिलपुर र विनायकपुर्र बुटवल अन्तर्गतका जिल्लाहरु थिए । पाल्पा राज्यले यो क्षेत्रको भोगचलन गर्दै आएको थियो । अवधमा इस्ट इन्डिया कल्पनीको प्रभाव नहुन्जेल यो क्षेत्रको बारेमा विवाद थिएन । सन् १८०१ नोभेम्बर १० का दिन अवध र इस्ट इन्डिया कम्पनी विच भएको सन्धी अनुसार गोरखपुर जिल्ला इस्ट इन्डियाको प्रत्यक्ष शासन अन्तर्गत रहन पुगेको थियो । दस्तावेजहरुमा उल्लेख भए अनुसार बुटवल तराइको उपभोग गरे बापत वार्षिक ३२ हजार रुपैयाँ तिर्न लगाएका थिए । पाल्पा राज्य नेपालमा गाभिएपछि नेपाल सरकारले सन् १८०५ देखि त्यो कर तिरेन र बुटवलमा आफ्नै उपस्थिति बलियो बनाउँदै लग्यो । १८ अगस्त १८०४ मा गभर्नर जनरलले बुटवल खाली गर्न पत्र पठाएपनि नेपाल सरकारले त्यसको बेवास्ता गर्दै बुटवल क्षेत्रमा उपस्थिति कायमै राख्यो । सन् १८०९ सम्म अंग्रेजले खासै प्रतिक्रिया नदेखाएपनि सन् १८१०–११ को अवधिमा अंग्रेजले नेपालको बारेमा सूचना संकलन, सर्भे र दुई पक्षीय वार्तालाई अघि बढाएको थियो ।

सन् १८१३ को शुरु देखि नै लेफ्टिनेन्ट कर्नेल ब्राडशाको टोली र नेपालको तर्फबाट रंगनाथ पाण्डे र दलभञ्जन पाण्डे वार्तामा सामेल भए, पटक पटकको वार्तामा पनि भूमि र सिमानाको बारेमा टुंगोमा पुग्न सकेन । त्यही अवधिमा जोशुवा पिकर्स्गीलले बुटवल र स्युराज क्षेत्रको सर्भे गरे र यसैको आधारमा ब्राडशाले बुटवलमा नेपालको अधिकार नभएको प्रतिवेदन तयार गरे । त्यसैको आधारमा ११ मार्च १८१४ मा सर रोजर मार्टिन, गोरखपुरका मजिस्ट्रेटले २५ दिनभित्र बुटवल र स्युराज खाली गर्न आदेश दिनुका साथै फौज पठाएर बुटवल, स्युराज र लोटनमा चौकी स्थापना गरे । त्यसबेला कुनै प्रतिकार नगरी नेपाली फौज पहाड उक्लियो । चौकी स्थापना गरेपछि बुटवल आफ्नो अधिनमा रहेकोमा ढुक्क भएको बसेको अंग्रेज प्रशासन मे २९ मा नेपालीहरुले बुटवलका चौकी आक्रमण गरेपछि स्तब्ध भयो अनि चर्कियो भयो नेपाल विरुद्धको तयारी ।

१ नोभेम्बर १८१४ मा युद्धको घोषणा गरियो । तर यसअघि नै २४ अक्टोबरको बिहान नालापानी किल्लामा अंग्रेज सेनाले हमला गरेका थिए । कालिपारीको युद्धमा अंग्रेजले बढी शक्ति लगाएको थियो र त्यहाँ एक किसिमले विजय निश्चित देखेपछि २१ जुन १८१५ मा जनरल सुलिभान उडलाई बुटवल हान्न पठाइयो । उडले बुटवल कब्जा गरी पाल्पा जित्ने प्रयास गरेपनि ठूलो नोक्सानी बेहोरेर फिर्ता हुनुपर्यो । उनले पाल्पा राज्यका पुर्व भारदार, गुरुज्यूहरु र स्थानीय जमिन्दारहरुको सहयोग लिएपनि सफल हुन सकेनन । सोझो लडाइमा हारेपछि पाल्पालाई कमजोर बनाउन बुटवल क्षेत्रका थारुहरुलाई उठाएर गोरखपुर नजिक पु¥याएर उतै बसाल्ने र यहाँ उनीहरुका खेतीपाती र वस्ती नष्ट गर्नेसम्मका कामहरु गरे । तैपनि उनले बुटवललाई हराउन सकेनन् । अंग्रेज सरकारले थप सैनिक सहयोग उपलब्ध गराउने आशामा उड केही महिना नेपाल–भारत सिमामा क्याम्प खडा गरेर बसेपनि उनको आशा निरर्थक भयो र बुटवल अविजित रहन पुग्यो ।

सुगौली सन्धि गर्दा सहजै रुपमा बुटवलमाथिको अंग्रेजको दावीलाई छोड्न तयार भएको पाइन्छ । लर्ड मोइराले १२ जनवरी १८१६ मा काउन्सिल अफ गभर्नर जनरललाइ लेखेको पत्रमा बुटवल छोड्न उपयुक्त हुने कुरा उल्लेख छ । सुगौली सन्धि भए लगत्तै १२ मार्च १८१६ मा बङ्गाल सरकारका सचिव जे. आदमले गोरखपुरका मजिस्ट्रेट रोजर मार्टिनलाई बुटवल छोड्नु भन्ने पत्र पठाए र यही आदेश अनुसार बुटवलको सिमामा तैनाथ अंग्रेज सेना र उनका सहयोगीहरु गोरखपुर फिर्ता गए । नेपाल र ब्रिटिश भारतको सिमांकन सुस्त भएको अवस्थामा गोरखपुरका अंग्रेज प्रशासक र मजिस्ट्रेटले विशेष सक्रियता देखाएर मे १८१७ मै बुटवल क्षेत्रमा अंग्रेज सरकारको भुभाग जोडिएको क्षेत्रको सिमांकन समेत गरियो । युद्धको कारण बनेको बुटवल अंग्रेजले निकै हतार गरी छोड्नु वास्तवमा अचम्मको कुरा थियो ।

मे २९ को घटना नभएको भए युद्ध रोकिन्थ्यो ?

अंग्रेजले कालिपारीका जनता र पुर्व भारदारहरूलाई गोर्खाली विरुद्ध भड्काउँदै गरेपनि उनीहरुलाई नेपालीको पश्चिम विजय यात्रा रोक्न सकिने र काँगडाको बाटो हुँदै तिब्बतसम्मको भूभागमा कब्जा जमाउन सकिने कुरामा कमै विश्वास थियो, त्यसैले पनि उनीहरु बुटवलको बाटो तिब्बत ब्यापार गर्न प्रयासरत थिए । सन् १८१३ सम्म अंग्रेज अधिकारीहरुले धेरै दक्षिणमा पर्ने स्युराज नेपाललाई दिएरै भएपनि बुटवललाई आफु मातहत राख्न नेपाललाई फकाइरहेका थिए । बुटवलको हावापानी उपयक्त नभएकोले उनीहरु भित्रैबाट बुटवल मात्र लिने मनसायमा थिएनन् । ईतिहासविद निर्मल श्रेष्ठका अनुसार उनीहरुलाई शितल भूमि र तिब्बत ब्यापार गर्ने सजिलो बाटो चाहिएकोले पश्चिम अल्मोडा र पुर्व सिक्किम, दार्जिलिङको भूमि कब्जा गर्न खोजेकोले नेपालले बुटवलमाथिको दावी छोडेर अंग्रेजले भनेको मानेको भएपनि कुनै न कुनै बहानामा नेपाल र अंग्रेज युद्ध भएरै छोड्थ्यो । जव उनीहरुले नेपाललाई खुम्च्याएर उनीहरुले चाहेको भूभाग प्राप्त गरेपछि र बुटवलमा हार खाएपछि बुटवल हासिल गर्न आवश्यक रहेन । श्रेष्ठले जस्तै जोन पेम्बलले द इन्भासन अफ नेपालमा अंग्रेजले नेपालसंग युद्द गर्नुको धेरै कारण देखाए पनि उसको एकमात्र उद्देश्य चीनसंगको व्यापारिक मार्ग कब्जा गर्नु थियो भन्ने उल्लेख गरेका छन् । यी तथ्यहरू हेर्दा अंग्रेजले बुटवललाई माध्यम बनाएर नेपाललाई कमजोर बनाउन मात्र खोजेको देखिन्छ ।

करिब १५ वर्ष बुटवल अंग्रेजको निशानामा प¥यो । अडानमा, वार्तामा र युद्धमा लामो समयसम्म अंग्रेजलाई रोक्न सकेको क्षेत्र बुटवल मात्र हो । सिमानाका कुरा गर्दा कालिपारीका युद्धहरुको चर्चा बढी हुन्छ तर बुटवलमा भएको तानातानको कमै चर्चा हुन्छ । जितगढ़ी र उजिरसिंहको भूमिकाको पनि चर्चा हुन्छ तर बुटवलको मुटुमा खडा गरिएको अंग्रेजी चौकीलाई हाकाहाकी भत्काएर अंग्रेजको औपचारिक उपस्थिति र दावीलाई सदाको लागि अन्त्य गर्ने मे २९ को घटना र मणिराज फौजदारलाई भने कसैले सम्झिदैनन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?