ट्रेंडिंग:

>> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ
सन्दर्भः विश्व पानी दिवस

हुनै छोड्यो पानी ‘रिचार्ज’

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

युबराज कंडेल
भदौको दोश्रो साता बुटवलमा मुसलधारे पानी पर्दा मिलन चोकदेखि कालिकानगरसम्मको सडक र गल्लीहरु जलमग्न भए । बाटो र नालीले पानीको बहाव थेग्न नसक्दा केही घरहरु भित्र समेत पानी पस्यो । पानी पर्न बन्द भएको ५ घण्टा पनि नपुग्दै त्यो क्षेत्र पहिले जस्तै देखियो ।

थोरै पानी पर्नासाथ वस्ती बिचका गल्ली र सडकहरुमा खोला उर्लिए झैँ पानी बग्ने तर पानी पर्न बन्द भएपछि जमिन सुख्खा भएर ईनार, चापाकल र डिप बोरिङ्गमा पानी कम हुने समस्या पछिल्ला वर्षहरुमा रुपन्देहीका उत्तरी क्षेत्रमा बढिरहेको छ । विगतमा बुटवलको कालिकानगर क्षेत्रमा समेत चापाकल हुने गरेकोमा अचेल कालिकानगरदेखि ४ किमि दक्षिणसम्ममा बासिन्दाले चापाकल हटाएको २ दशक भैसकेको छ । अहिले बुटवल र तिलोत्तमाको अधिकांश बस्तीमा पाइपबाट वितरित पानी प्रयोग भईरहेको छ । चापाकलको पानी सस्तो, भरपर्दो र सजिलो भएपनि पाइपको पानी प्रयोग गर्नु स्थानीयको बाध्यता हो । जमिनमा पानीको सतह घटेर चापाकलमा पानी आउन छोडेपछि उनले चापाकल प्रयोग गर्ने ईच्छा मारेर बसेका छन् । चापाकल सुकेपछि महँगो मूल्य तिरेर खानेपानी प्रयोग गर्नु परेको छ नै, पानीको कमीले तरकारी खेती र पशुपालन गर्न समेत समस्या परेको छ ।

वर्षातको पानी जमिनले सोसेर भूमिगत जलभण्डार बन्ने गर्दछ । रुपन्देही लगायत चुरेसँग जोडिएका जिल्लाहरु र शहरीकरण उच्च भएका ठाउँहरुको जमिनमा पानी रिचार्ज हुने क्रम घट्दै गएकोले भूमिगत पानीको सतह तल झर्दै गएको छ । शहरीकरण बढ्दै जाँदा खुला जमिन घट्दै गएकोले वर्षातको समयमा परेको पानी जमिनले सोस्न नपाइ बाटो र कुलो हुँदै धेरै टाढासम्म पुग्ने गरेको छ । एक त जताततै पक्की भएकोले पानी सोसिन पाइरहेको छैन भने अर्कोतर्फ खुला जमिन र खोला नदी किनारमा रुख विरुवाहरु मासिएकोले जमिनको जल संचिति क्षमता घट्दै गएकोले जमिनमा पानीको सतह निरन्तर घट्दै गएकोले पुराना बोरिङ्गहरु कामै नलाग्ने अवस्थामा पुग्न थालेका छन् ।

पछिल्ला वर्षहरुमा रुपन्देही जिल्लाका बुटवल, देवदह, सैनामैना र तिलोत्तमा नगरपालिकाका राजमार्ग छेउँछाउँका क्षेत्रमा आवासीय लगायतका भवन र सडक निर्माणले तीव्रता लिएको छ । यस्ता भौतिक निर्माण कार्य गर्दा खुला जमिन नछोड्ने प्रचलनले गर्दा वर्षातको पानी जमिनमा नसोसिएर माथिल्लो सतहबाट नै बगेर नष्ट हुने गरेको छ ।

कुनैपनि व्यक्ति वा संयुक्त आवास वा संस्थाको भवनको छानाबाट आउने वर्षातको पानीलाई जमिनमुनि विसर्जन गर्नुपर्ने तथा नगरपालिकाको ढल प्रणालीमा वा सडकको नालीमा जोड्न नपाइने र जमिन मुनिको पानीलाई भरण गर्नको लागि घडेरी भित्र बर्षातको पानी संकलन गर्न आवश्यक व्यवस्था गर्नु पर्ने तथा यी कुरा भवनको नक्सामा समेत खुलाउनु पर्ने कुरा सहरी विकास मन्त्रालयले तयार गरेको भवन निर्माण मापदण्ड २०७१ मा उल्लेख छ । नगरपालिकाहरुका भवन निर्माण तथा योजना मापदण्डमा समेत यी कुराहरु उल्लेख गरिएको भएपनि भवन निर्माण गर्दा पानी सोस्ने सकपिट (सोस्ता) बनाउने कुरामा पालिकाहरुले कडाई गर्न सकेका छैनन् । ढल निकासलाई व्यवस्थित गर्न र जमिनमा पानीको उपलब्धता बढाउन प्रत्येक घरधनीले आफ्नो स्वामित्वको संरचनाको पानी आफ्नै जमिनमा सोस्ने व्यवस्था मिलाउनु पर्ने नीतिगत व्यवस्था भएपनि व्यावहारिक रुपमा लागु हुन सकेको छैन ।

रुपन्देहीको उत्तरी क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जानुको मुख्य कारण नदी दोहन भएको तिनाउ नदीको बारेमा विद्यावारिधि गरेका इन्जिनियर खेटराज दाहालको टोलीले ८ वर्षअघि गरेको एक अध्ययनले देखाएको थियो । गिट्टी बालुवा उत्खननले गर्दा तिनाउ नदी पहिलेको भन्दा १५ मिटर सम्म गहिरो बनेको छ । तिनाउ गहिरिएको तथा अन्य सानाठूला नदिहरु साघुरिएको कारणले यी नदीहरुमा हिउँदमा पानी बग्नु दुर्लभ हँुदै गएको छ । जसले गर्दा पानी रिचार्ज हुने दरमा कमी आएको छ । तिनाउ, सुखौरा, रोहिणी, घोडाहा र कजरार नदीबाट किसानको खेतमा पानी लैजान बनाइएका पुराना सिचाई प्रणालीहरु मासिदै गएकोले समेत भूमिगत पानी रिचार्जमा समस्या देखिएको छ ।

तराईको भूमिगत पानीको मुख्य भण्डार चुरे क्षेत्रमा रहेको छ । चुरेले वर्षातको पानी सोसेर तराईलाई भूमिगत र सतही रुपमा निरन्तर पानी उपलब्ध गराउँदै आएको भएपनि पछिल्ला वर्षहरुमा चुरेको वन विनाश र मरुभूमिकरणले गर्दा चुरेक्षेत्र सुख्खा हँुदै गएकोले तराइको भूमिगत पानीको मात्रा घट्दै गैरहेको अवस्थामा तराईमा पनि पानी रिचार्ज हुन नसक्ने अवस्थाले निकट भविस्यमै तराईमा पानीको ठूलो संकट पर्ने निश्चित छ ।

भूमिगत पानी रिचार्जमा कमी आउँदा खानेपानी र सिचाईमा प्रत्यक्ष असरहरु देखिन थालेका छन् । रिचार्जको अभावमा नदी, ताल र पुराना ईनार तथा ट्युववेलहरु सुक्दै जाँदा खेतिपाती, मत्स्यपालन र पशुपालन प्रभावित भैरहेको छ भने खानेपानी आयोजनाहरुको माग ह्वात्तै बढेको छ । आकाशे पानी रिचार्ज नहुने तर अवैज्ञानिक ढंगले बोरिङ्ग गाडेर पानी तान्ने क्रम बढिरहने अवस्थाले आउँदा दिनहरुमा रुपन्देहीको उत्तरी क्षेत्रमा पानी समस्या जटिल हुँदै जाने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?