ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी

८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

बुटवल ।

आज (शनिबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आइरहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।

महाशाखाका अनुसार यतिबेला (शनिबार दिउँसो) कोसी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ।

महाशाखाले भनेको छ, ‘गणितीय मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका तराईका केही भूभागमा २४ मिटर प्रतिसेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना छ।’

महाशहाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। साथै कोसी, बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा वर्षा/हिमपातको सम्भावना समेत रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही बेरअघि काठमाडौँ उपत्यकामा पनि ठूलै हावाहुरी चलेको जानकारी दिए।

शनिबार दिउँसो १:४५ बजे उनले भने, ‘केही अघि काठमाडौँको एयरपोर्ट क्षेत्रमा १५ मिटर प्रतिसेकेन्ड गतिको हावाहुरी चलेको थियो याे भनेको ठूलै हो, उनले भनेऽ अहिले भने प्रतिसेकेन्ड ८ मिटर प्रतिसेकेन्डको हावाहुरी चलिरहेको छ, तर फेरि बढ्ने सम्भावना पनि छ।’

यस्तै आज दिउँसो रुपन्देहीको भैरहवामा १५ मिटर प्रतिसकेन्डको हावाहुरी चलेको जानकारी उनले दिए। ‘आज दिउँसो लुम्बिनी प्रदेशका पनि धेरै स्थानमा हावाहुरी चलेको छ’, उनले भने।

खासगरी पश्चिमी तराई र पूर्वी तराईमा हावाहुरीको सम्भावना बढी रहे पनि कोसी प्रदेशको पहाडी क्षेत्रमा पनि आज हावाहुरी चलेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?