ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

देश विदेशको अनुभवपछि बाख्रापालन

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), ६ चैत ।  “मलाई याद छ । २०६२ सालको कुरा हो । शैक्षिकसत्र सुरु हुँदै थियो । रोजगारीको सिलसिलामा भौतारिएको थिएँ । त्यतिबेला गाउँनजिकै रहेको देवीस्थान प्राथमिक विद्यालयमा शिक्षकको रूपमा प्रस्तावित भएँ । शिक्षण पेशालाई अँगाल्दै गर्दा निकै उतारचढावमा परेको छु” झगरु थारुले भने ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर वडा नम्बर–३, बुलकिया घर भएका ४० वर्षीय युवा करिब ८ वर्ष शिक्षण पेशालाई निरन्तरता दिएको बताउँछन् । निजी स्रोतका शिक्षक उतिबेला तलब कति हुन्थ्यो र ? त्यसमाथि पारिवारिक जिम्मेवारीले च्यापेपछि उनले विकल्पमा वैदेशिक रोजगारीलाई रोजे । २०७० सालको अन्तिमतिर थारु खाडी मुलक साउदी पुगे । उनी त्यहाँ लेबर काममा रोजगारी गरी केही रकमको जोहो गर्दै करिब आठ वर्ष बिताए । फुर्सदको समयमा सामाजिक सञ्जालको प्रयोग गर्दै युटुवको सहायता लिई बाख्रापालन गर्ने योजनासँगै निधो पनि गरे ।
सधैँ विदेश बसेर मात्रै हँदैन स्वदेश फर्कि घरपरिवारसँग बसेर सामाजिक योगदानसँगै आम्दानीको पाटोलाई जोड्नु पर्दछ । घरमा गर्दै आएको पेशालाई व्यवसायसँग जोड्न सकिने जसमा स्थानीय स्रोतसाधनको प्रयोग गर्दै बाख्रापालन व्यवसायमा थारुको योजना तय भयो । २०७८ सालमा घर फर्किएका भगरु उनको घरमा रहेका केही बाख्रासँगै संख्यामा वृद्धि गरी ३५ वटा गराए । पाठापाठी बाहेक ५४ओटा माउ र २ ओटा बोयर र सिरोही जातको प्रजनन बिउ रहेका छन् ।

व्यवसाय फस्टाएको भन्दै वन क्षेत्रमा चराउनलाने र गहुँको भुस, ब्रानचोकर र मकै मिसाएर खुवाएर पालेको हुँदा अर्गानिक बोका भन्दै ग्राहकहरू घरमै खरिद गर्न आउने गरेको उनले दाबी गरे । मासु प्रयोजन बोका जिउँदो प्रति केजी ५५० प्रजनन बीउ बोका प्रति केजी ६५० मा बिक्री हुने गरेको छ । यस्तै बुलकिया नजिकै मैनारका ४३ वर्षीय मनिकराम थारुले अहिले ३० वटा बढी बाख्रा पालन गर्दै आएका छन् । २÷३ वर्षदेखि पालन गरेकाथारुको घर खर्च चलाउनदेखि बालबालिकालाई पढाउन समेतनिकै सहज भएको उनी बताउँछन् । उनले वार्षिक १ लाख बढी आम्दानी गरी आफ्नो दैनिकी सहज बनाएका छन् । घरपरिवारसँगै बसेर बाख्रा पालनमा रमाउँदै आएको मनिकरामले बताए ।

स्थानीय स्रोत साधानको प्रयोग गरी आयआर्जनमा सहजहुने उद्देश्यले प्रदेश सरकारबाट विपन्न घरपरिवारलाई ५० प्रतिशत अनुदान प्रदानगरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जनाए । सो गाउँका सबैलाई प्रयोग हुनेगरी ब्याडे बोका समेत अनुदानमा उपलब्ध गराएको समेत उनले बताए । वडा सदस्य श्यामलाल थारुले २०७८ सालमा ५० प्रतिशत अनुदानमा प्रतिघर ५० हजारका दरलेगोठ निर्माण गरी प्रदान गरिएको बताए । स्थानीयले माग गरेको आधारमा वडा कार्यालयले पहल गरेको बताउँदै उक्त गाउँ भैँसी पालनको लागि उपयुक्त रहेको जिकिर गरे । बाख्रामात्रै नभएर केहि समय पहिला कुखरासमेत वडा कार्यालयले अनुदानमाप्रदान गरेकोकार्यालयले जनाएको छ । झगरु र मनिकराम प्रतिनिधि उदाहरणबनेका छन् । उनीहरू जस्तै गाउँकाअन्य घरपरिवारले बाख्रापालन गरेता पनि व्यवसायिक भने बन्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?