ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

विश्व सम्पदा सूचीका लागि पर्खिएको तिलौराकोटमा अन्तर्राष्ट्रिय विज्ञ टोली

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

कपिलवस्तु, ५ चैत । सिद्धार्थ गौतमले आफ्नो जिवनको अमूल्य २९ बर्ष बिताएको स्थान तथा उनका पिता राजा शुद्धोधनको राजधानीको रूपमा परिचित तिलौराकोटमा अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीले भ्रमण गरेको छ । बिगत १४ बर्ष यता तिलौराकोटमा सञ्चालित युनेस्को जापनिज फण्ड ईन ट्रष्ट (जेफिड) परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समितिले तिलौराकोटको भ्रमण गरेको हो । भ्रमण टोलीमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बिभाग, युनेस्को, विश्व सम्पदा केन्द्र, लुम्बिनी बिकास कोषका प्रतिनिधि सहित अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागीता रहेको छ ।

टोलीमा जेफिड परियोजनाका टिम लिडर तथा योजना विज्ञ प्रोफेसर युकियो निसिमुरा, पुरातत्व विज्ञ प्राध्यापक डाक्टर रविन कनिङ्गघम, विश्व संपदा केन्द्रका संयोजक प्रोफेसर रोल्याण्ड लिन, संरक्षण विज्ञ कन्स्ट्यान्टिभ म्युची, संपदा व्यवस्थापन विज्ञ काई वाई जे, संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव डाक्टर शुरेस सुरज श्रेष्ठ, पुरातत्व बिभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग, लुम्बिनी बिकास कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामा, पुरातत्व बिभागका पूर्व महानिर्देशक कोष प्रसाद आचार्य, लुम्बिनी बिकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई लगायत सहभागी रहेका थिए । जेफिड परियोजना अन्र्तगत तिलौराकोट दरबार क्षेत्रमा यसको प्राचिनताको वैज्ञानिक प्रमाण खोजीका लागि उत्खनन र संरक्षणका कार्य हुदै आएको थियो । हाल सम्मको उत्खनन्बाट प्राप्त वैज्ञानिक प्रमाणहरूले तिलौराकोट राजा शुद्धोधनको राज्य भन्दा अघिको व्यवस्थित शहर रहेको पुष्टी गरेको छ ।

उत्खनन्का क्रममा तिलौराकोटको प्राचिनता वैज्ञानिक रूपमै प्रमाणित भएको पुरातत्व बिभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताईन । परियोजना अन्र्तगत भएका उत्खनन्बाट प्राप्त प्रमाणका आधारमा कपिलवस्तुलाई विश्व सम्पदा सुचीमा सुचिकृतका लागि मनोनयन प्रक्रिया अगाडी बढेको उनले जानकारी दिईन । जेफिड परियोजनाको अन्तिम बर्ष रहेकाले यो १४ बर्षका उपलब्धी, कामहरू र विश्वसनियता कतिको कायम छ भन्ने बारे बुझ्न टोली निरिक्षणमा आएको उनको भनाई थियो । “यो भ्रमणले बिशेष गरेर अहिलेसम्मको उपलब्धी कस्तो छ । बिश्व संपदा सुचीमा राख्न मापदण्ड पुरा हुन्छ हँुदैन । भन्ने बिषयमा यो टोलीले निरिक्षण गरे पश्चात पुनः अर्को मोनिटरिङ्ग मिसन आउनु हुन्छ । ” उनले भनिन ।

तिलौराकोटको संरक्षणका लागि विश्व संपदा सुचिमा सुचिकरणको प्रक्रिया अगाडी बढाईएको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डाक्टर शुरेस सुरज श्रेष्ठले बताए । तिलौराकोटलाई प्राचिन कपिलवस्तु भएको बिषयमा विश्व संपदा सुचीमा सुचीकरणका लागी मनोनयन दस्तावेज तयार पार्नु परियोजनाको एउटा महत्वपुर्ण बिषय भएको उनले जनाए । “सोहि बिषयको एउटा भाग भएकाले यो भ्रमण आफैंमा महत्वपुर्ण छ । मनोनयन दस्तावेज पेश गरेको अहिलेको अवस्थामा यस्ता भ्रमणले दस्तावेजका लागि थप आवश्यक पर्न सक्ने बिषय छनौट गर्न सहयोग पुर्याउछ ।” उनले भने ।

तिलौराकोटको ऐतिहासिकता प्रमाणीत भैसकेको अवस्थामा भ्रमणको प्रतिवेदन युनेश्को सम्म पुगेर सुचिकरण प्रक्रियामा सहयोग पुग्ने लुम्बिनी बिकास कोषका उपाध्यक्ष डाक्टर ल्यारक्याल लामाले बताए । तिलौराकोटको सुचिकरण प्रक्रिया सँगै परियोजनाको उपलब्धीको आधारमा आगामी योजना निर्माण गर्नु पर्नेमा जेफिड परियोजनाका टिम लिडर तथा योजना विज्ञ प्रोफेसर युकियो निसिमुराले बताए । जेफिड परियोजनाको मुख्य उपलब्धीको रूपमा तिलौराकोटलाई बिश्व संपदा क्षेत्रमा सुचिकरणका लागि आवश्यक वैज्ञानिक प्रमाणहरू तयार पारी मनोनयन दस्तावेज युनेश्कोमा पेश हुनुलाई मानिएको छ । भ्रमणको मुख्य उदेश्यमा जेफिड परियोजना अन्र्तगतको प्रगती समिक्षा गर्नु तथा संपदा सुचिमा सुचिकरणको प्रक्रिया अन्र्तगत रिभ्यु मिसन आउनु पुर्व आवश्यक सुझावहरू दिनु रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?