ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

सुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने सभामुख घर्तीको प्रतिवद्धता 

४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

बुटवल।

देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा भएको सहिद चोक घोषणा र शुकदेब गुरुङ सहीद घोषणा गर्न आयोजित सर्वपक्षीय सर्वदलीय अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले जनजातीको भूमिकाको सरकारी सम्यन्त्रबाट मूल्यांकनमा नभएको गुनासो गरेका हुन।उनिहरुले राष्ट्रिय अन्दोलनमा सहादत प्राप्त गर्ने सुकदेब गुरुङलाई राजपत्रमा नाम सुचिकृत गर्दै राष्ट्रिय सहिदको रुपमा प्रकाशित गर्नुपर्ने माग गरे।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तथ्य र प्रमाणलाई बलियो बनाउदै सुकदेवलाई सहित घोषणा गर्न राज्यले तदारुकता देखाउनुपर्ने बताए ।उनले आफूले प्रदेशतहबाट सुकदेवलाई सहिद घोषणाको लागि गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त बताए । घर्तीले यसको लागि आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको दाबी गर्दै राज्य संचालन गर्ने राजनितिक दल र कर्मचारी बिच पनि समन्वय गरी अगाडि बढ्नु पर्ने बताए ।

केन्द्रिय सदस्य झपटबहादुर गुरुङले सहिदको गरिमा कायम राख्न सरकारले असली सहीदलाई सहिद घोषणा गर्नुपर्ने बताईन। कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश संयोजक नविन सुनारले जनजातिको भूमिकाको सरकारी सम्यन्त्रबाट मूल्यांकनमा नभएको गुनासो गरे ।

तमु हयुला छोजधी गुरूङ राष्ट्रिय परिषदका अध्यक्ष धनबहादुर गुरूङले जंगबहादुर राणाले रक्तपातपूणर् कोतपर्वबाट थालेको निरङ्कुश शासनका विरुद्ध खडा भएका आदिविद्रोहीमध्ये सुकदेवलाई सहिद दर्ता तत्काल आवश्यक भएको बताए ।

आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश सचिव मनोज रानाले प्रथम सहिद लखन थापाको माग गर्दै निकै लामो समय आन्दोलित बन्नु परेको बताउदै लामो समय पछि घोषणा भएको स्मरण गरे ।जनप्रतिनिधिहरु सत्तामा जादा सबै कुरा बिर्सने रोग लाग्ने आरोप लगाउदै लुम्बिनी प्रदेशबाट यो आन्दोलन बलियो बन्नुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य सोनिया यादव, प्रकाश राना, झमबहादुर गुरुङ, मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर, सहिद सुकदेब राष्ट्रिय कार्यादल नेपालका अध्यक्ष धन बहादुर गुरुङ ,आदिबासी जनजाती महासंघ रुपन्देही उपाध्यक्ष इन्द्र राई, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीजा अध्यक्ष बिमला गुरुङ लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?