ट्रेंडिंग:

>> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८०

सिद्धार्थनगरलाई पर्यटनको हब बनाउनुपर्नेमा जोड

४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

भैरहवा, ४ चैत ।

उद्योगी–व्यवसायीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पर्यटनको हबबनाउन स्थानीय सरकार लाग्नुपर्ने बताएका छन् । उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैहरवा) लाई पर्यटनको हब बनाउनुपर्नेमा जोड दिए ।

चेम्बर अफकमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उद्योगी–व्यवसायीले यस क्षेत्रको विकासका लागि व्यवसायिक संघ–संस्थाले धेरै कुरा उठाउँदै आएको बताए । स्थानीय सरकारसँग सहकार्य गर्दै व्यवसायिक संघ–संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरेको उनीहरुको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत जनक थापालाई स्वागत गरिएको उक्त कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि संगठनले मेला–महोत्सव गर्दै आएको बताए । उनले भने, ‘यहाँ पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन । यसका लागि योजना बनाउनुपर्छ ।’ पर्यटकको बसाई लम्ब्याउन सिद्धार्थनगरमा डण्डा कोरिडोर परियोजना यथाशिघ्र अगाडि बढाउनुपर्ने उनले बताए । उनले करको दर नभइदायरा बढाउन माग गरे । संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले भैरहवामा सभा, सम्मेलन, मेला, महोत्सव आयोजना गर्न स्थायी मण्डप आवश्यक रहेको बताए । उनले भने, ‘स्थायी मण्डपका लागि मुख्यबजारमै स्थायी मण्डप बनाउन आवश्यक छ ।’ उद्योगी–व्यवसायी बैंकबाट पीडित रहेको र आर्थिक मन्दीको यो समयमा कर धेरै बढाउन नहुने उनले धारणा राखे ।

सिद्धार्थनगर नगरपालिकालाई पर्यटनको हब बनाउन स्थानीय सरकार लाग्नुपर्ने उनले बताए । ‘स्थानीय सरकारसँग कतिधेरै अधिकार हुन्छ भन्ने कुरा काठमाडौं महानगरपालिकामा भएका कामले पनि प्रमाणित गरेको छ, ’भण्डारीले भने ।

होटल तथारेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलले पर्यटनको प्रवद्र्धनका लागि नयाँ वर्ष २०८१ को स्वागत गर्दै त्यसको पूर्व संन्ध्यामा भैरहवामा सडक खाना महोत्सव आयोजना गर्न लागेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भैरहवामा रहेर काम गरेको आफूसँग अनुभव रहेको बताए । उनले उद्योग व्यापार संगठन, रुपन्देहीले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमले जिम्मेवारी बढेको आफूले अनुभुति गरेको बताए । उनले भने,‘ सिद्धार्थनगर नगरपालिकाले तुलनात्मक रुपमा भौतिक पूर्वाधारमा बढी प्रगति गरेको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न सम्भावना बोकेको छ ।’

उनले नगरबासीको सल्लाह–सुझाव लिएर नै अघि बढ्ने बताए । उनले भने, ‘म जतिदिन यहाँ बस्छु, नगरको हितको लागिकाम गर्छु । यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव अपरिहार्य छ । एकजुट भएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारी, सचिव गौतम कुमार गुप्ता लगायतले पनि बोलेका थिए ।

नेतृत्व विकास तालिम

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजनामा भैरहवामा शुक्रबार नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा भएको तालिमको प्रशिक्षक विजय पाण्डेले सहजीकरण गरेका थिए ।

नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा संगठनका सचिव गौतम कुमार गुप्ताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?