ट्रेंडिंग:

>> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण

‘सम्पदा संरक्षणमा’ रोजगार कामदार

१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

नवलपरासी, १ चैत । जिल्लाको सरावल गाउँपालिकाकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई सम्पदा संरक्षणमा उपयोग गरिरहेको छ । गाउपालिकाको वडा नं. २ जावा गाउँ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर क्षेत्रको संरक्षण तथा सरसफाई गर्नमा कामदार उपयोग गरिएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताएका हुन् ।

रोजगार कार्यक्रममा सहभागिलाई काम गराएर भुक्तानी दिनै पर्छ, उनले भने, काम पनि हुने र यो सम्पदाको संरक्षण र ब्यवस्थापन पनि हुने हँुदा सो कामदार सम्पदा संरक्षणमा प्रयोग गरिएको छ । सम्पदासँगै कुलो, खोलानाला, नहर सफाईसँगै विद्यालय स्वास्थ्य चौकीको मर्मत सम्भार सरसफाईमा समेत ति कामदारको उपयोग हँुदै आएको उनले जनाए । अहिले चैत्र २ गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कार्य समितिका पत्रकारहरूको सो स्थानमा भ्रमण हुने बताउँदै उनले गाउपालिकाकै पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको बौद्धकालिन ककरपत्त नगर भएको जनाए । यस नगरलाई पर्यटकिय स्थलको रूपमा विकास गर्ने लक्ष्य लिई कार्य गर्दै आएको छ, अध्यक्ष चौधरीले भने, अहिले प्रेस चौतारीका पत्रकारहरूको समेत यो स्थानको भ्रमण अवलोकन गर्न आउने भएका छन्, यसले यस स्थानको प्रवद्र्धन र प्रचार प्रसारमा मद्दत मिल्ने छ । बेला–बेला यस स्थानको सरसफाई हुँदै गरेको र अहिले पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदारलाई यस क्षेत्रको सरसफाई गर्न लगाईएको उनले देखाए । यो क्षेत्रमा पुरातत्व विभागले उत्खननमा चाँसो देखाए पछि गाउपालिका उत्साही भएर काम गर्दै आएको छ । यो कोलवृक्ष बगैचा भएको क्षेत्र प्राचीन ककरपत्त नगर भएको पत्ता लागेपछि यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत आकर्षण बढेको छ ।

यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराए पछि गाउँपालिकाले पनि काम गर्न उत्साह देखाएको उनको भनाई थियो । बुद्ध भूमिसँग जोडिएको लुम्बिनी, रामग्राम, तिलौराकोट मात्रै बुद्ध भुमि होईन्, अध्यक्ष चौधरीले भने, यो ककरपत्त नगर पनि बौद्धकालिन एक अति महत्वपुर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफै आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह शुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपूर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो । भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भए पनि गृहस्तहरूलाई कसरी मुक्तिको मार्ग पहिल्याउने संदेश यो गृहशुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गिलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको उनले बताए । यसका लागि प्रेस चौतारीका पत्रकारको उपस्थितिले प्रचार प्रसार हुनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।

गाउँपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पूर्वाधार तथा सन्देश दिईने खालको मूर्तिको स्थापना समेत गरि पर्यटकिय क्षेत्रको रूपमा विकास गरिहेको छ । प्राचिन कोलिय गणराज्य अन्तर्गतको प्राचिन ककरपत्त नगर भएको गाउँपालिकाले घोषणा गरि गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पूर्वाधारहरू थपिदै आएको छ । तत्कालिन गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले बुद्ध तिर्थ स्थलको रूपमा विकास गरिने गरि यस क्षेत्रको पूर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौद्ध साहित्यको अध्ययन गरि सो क्षेत्र कोलिय गणराज्यको ककरपत्त नगर भएको तथ्य र निकर्ष निकाले पछि गाउपालिकाले प्राचिन ककरपत्त नगरको घोषणा गरि सो क्षेत्रको विकासका योजनाहरू अगाडी बढाएका थिए । त्यसलाई अहिले पनि निरन्तरता दिदै काम भई रहेको छ ।

ककरपत्त नगरको प्राचित इतिहास बौद्धकालमा दिर्घजानु भन्ने कोलिय पुत्र बुद्ध आएको बेला बुद्ध समक्ष पुगेर भगवान बुद्धसँग आग्रह गरे कि हामी गृहस्तहरू भिच्छु हुन सक्दैनौ बुद्ध,तर हामी गृहस्तहरू कसरी मुक्तिको मार्गमा जान सक्छौ ? दिर्घजानुको आग्रहमा भगवान बुद्धले गृहस्तले मुतिmको मार्गमा जानका लागि विभिन्न आठ सम्पदा आर्जन गर्ने उपाय बताएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायमा उल्लेख गरिएको छ । त्यसलाई नै गृहशुख सन्देशको रूपमा बुझने गरिएको छ । गृहस्तले आर्जन गर्नु पर्ने ८ सम्पदा मध्ये ४ वटा इहलौकिक सुखका लागि र ४ वटा पारलौकिक सुखका लागि छ । दिर्घजानु सुत्तका अनुसार इहलौकिक सुख भनेको अहिले यहिँ जन्ममा भौतिक रूपमा प्राप्त गर्ने शुख हो । त्यसका लागि पहिलो उठ्ठान सम्पदा अर्थात खेतीपाती गरि अन्न,धन आर्जन गर्ने, दोश्रो आरक्ष सम्पदा कमाइएको ति अन्न धनको सुरक्षा गर्ने,तेश्रो कल्याणमित्रता अर्थात सज्जनसँग संगत गर्ने सल्लाह लिँदै गर्ने र चौथो समआजिविका अर्थात सहि मार्गले अन्न धनको आर्जन गर्ने थियो । त्यसै गरि पारलौकिक शुख आर्थत मरणोपरान्त आर्को लोकमा पाउने खुशका लागि पहिलो शिल सम्पदा आर्जन गर्ने अर्थात बुद्धले भनेका कम्तीमा पञ्च शिलसम्मको शिल सम्पदा आर्जन गर्ने जस्मा चोरी नगर्नु, झुठो नबोल्नु, प्राणी हिँसा नगर्नु,दुराचार्य नगर्नु र नसापदार्थको सेवन नगर्नु रहेको छ ।

दोश्रो श्रद्धा सम्पदा आर्थत भगवान बुद्ध वा कल्याणमित्र प्रति श्रद्धा जागृत गर्नु पुण्य आर्जन गर्नु रहेको छ । तेश्रो त्याग सम्पदा आर्थत इहलौकिक दुनियाका सबै थोक अनित्य छ, अनात्म छ,सब्ब संस्कारा अनिच्च को भाव सहित लोभ र मोह मुतm भई त्याग गर्न सक्नु पर्छ । चौथो प्रज्ञा सम्पदा आर्थत शिल,समाधिको अभ्यास गर्दै प्रज्ञा आर्जन गर्नु पर्छ । प्रज्ञाले मात्र मुतिmको मार्गमा पुर्याउन सक्छ,भवचक्रबाट बाहिर लैजान सक्छ भनेर महत्वपुर्ण सन्देश सुनाएका थिए । दिर्घजानुको नामले जावा गाउको रूपमा अहिले चिनिने गरिएको छ । प्राचिन कमलपोखरी र कोलवृक्ष जस्ता आधारका कारण नै प्राचिन ककरपत्त नगर भएको मानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?