ट्रेंडिंग:

>> चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ

‘तिलोत्तमा गोल्डकपको बातावरण बनाऊँ’

२९ फाल्गुन २०८०, मंगलवार
२९ फाल्गुन २०८०, मंगलवार

बुटवलको इतिहास, गरिमा र पहिचानसंग धेरै कुरा जोडिएको छ । त्यसमध्ये करिव ५० बर्ष अघि स्थापना भएको तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता पनि एक हो । तिलोत्तमा गोल्डकप बुटवलको गौरव हो । तिलोत्तमा गोल्डकप बुटवलको गहना पनि हो । ५० बर्ष लामो इतिहास बनाएको यो ऐतिहासिक प्रतियोगिताको निरन्तरता नहुनु बुटवलकै लागि चिन्ताको कुरा हो । बुटवलको गौरव गर्न लायकमध्येको एक तिलोत्तमा गोल्डकपको इतिहास बचाईराख्न प्रतियोगिताको नियमितता महत्वपूर्ण कुरा हो । यस बिषयमा तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्ने जिल्ला फुटवल संघ र संरक्षक बुटवल उपमहानगरपालिकाको ध्यान जानु जरुरी छ । तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा स्थापना गरेको यो प्रतियोगिता २०३३ सालदेखि सुरुवात भएको थियो । यति लामो इतिहास बोकेको यो प्रतियोगिताले निरन्तरता नपाउनु दुःखको कुरा हो । तीन बर्ष कोरोनाका कारण प्रतियोगिता सञ्चालन हुन सकेन, यो स्वाभाविक थियो । अहिले जनजीवन सहज भएको छ तर प्रतियोगिता यो बर्ष नहुने अवस्था देखिएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । तिलोत्तमा गोल्डकप नेपालकै मोफसलमा हुने फुटबल प्रतियोगितामध्ये सवैभन्दा पुरानो हो । यो भनिरहँदा बुटवलले गौरव गर्नैपर्दछ । प्रतियोगिताले बुटवलको पहिचान अभिबृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउँछ । बुटवलमा प्रतियोगिता हुँदै गर्दा बुटवलको चहलपहलमा बृद्धि हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा बुटवलको नाम प्रसारित हुन्छ । त्यो भनेको बुटवलबासीका लागि पनि गौरवको कुरा हो ।

तर, यति महत्वपूर्ण प्रतियोगिता जसले बुटवलको गरिमा बोकेको छ, यो बर्ष अनिश्चित हुनु खेलप्रेमीका लागि मात्रै होइन सबै बुटवलबासीका लागि चिन्ताको कुरा हो । तिलोत्तमा गोल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डरमा पनि परेको छ । यो प्रतियोगिता जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । संरक्षक तथा अभिभावकको रूपमा बुटवल उपमहानगरले यसको सञ्चालन तथा निरन्तरतामा पहलकदमी लिनुपर्दछ । प्रतियोगिता सञ्चालन गर्न निश्चितरूपमा ठूलो धनराशी खर्च हुन्छ तर बुटवल उपमहानगरले चासो र तदारुकता लिएमा असम्भव छैन । त्यसका लागि दृढ इच्छाशक्ति आवश्यक पर्दछ । एउटा ब्यक्तिले आफ्नो एकल लगानीमा क्रिकेट स्टेडियम नै तयार गर्न सक्छ भन्ने रूपन्देहीकै तिलोत्तमामा क्रिकेट मैदान बनाएर गुल्मी घर भै अष्ट्रेलियामा बस्दै आएका राजेन्द्र कुँवर पछिल्लो उदाहरण बनेका छन । तसर्थ तिलोत्तमा गोल्डकपको संरक्षक बुटवल उपमहानगरले नेतृत्व गरेको अवस्थामा तिलोत्तमा गोल्डकपको निरन्तरता ठूलो बिषय होइन । त्यसका लागि नेतृत्वपंक्तिमा दृढ इच्छाशक्ति आवश्यक पर्दछ । तिलोत्तमा गोल्डकप आयोजना गर्न करिब १ करोड रूपैयाँ खर्च हुन्छ । प्रतियोगिताको लागि स्थायी श्रोत नभएको अवस्थामा आयोजकका लागि यतिधेरै रकम जुटाउन मुस्किल छ तर प्रतियोगिता गर्ने दृढता हुने हो भने सम्भव छ भन्ने कुरा बुटवलको विगतको इतिहासले प्रमाणित गरेकै हो । जिल्ला फुटवल संघका पदाधिकारीले प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले गतवर्ष ३५ लाख रूपैयाँ बिनियोजन गरेकोमा यो वर्ष १० लाख रूपैयाँमात्र विनियोजन गर्दा प्रतियोगिता संचालन गर्न समस्या परेको बताएका छन । खेल मैदान स्तरोन्नतीको कुरापनि संगै आएको छ । बुटवल उपमहानगरले बुटवलको गौरवसंग जोडिएको र आफ्नै संरक्षकत्वको यति लामो इतिहास बोकेको प्रतियोगिताका लागि बर्षेनी बजेट बढाउनुपर्नेमा उल्टो घटाएर कञ्जुस्याई गर्नु हुँदैन्थ्यो । अझैपनि समय छ– बुटवल उपमहानगरले तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता यो बर्ष सञ्चालनको वातावरण तयार हुन्छ भने विगतमा दिदै आएको सहयोग यसपटक पनि दिने प्रतिवद्धता गरोस् । बुटवललाई खेल क्षेत्रको हबको रूपमा पनि विकास गर्ने एउटा महत्वपूर्ण अभियानको नेतृत्व गरोस् । बुटवलको गरिमासंग जोडिएको तिलोत्तमा गोल्डकप प्रतियोगिता सञ्चालनको पहल होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np