ट्रेंडिंग:

>> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ

आत्मनिर्भरता र आर्थिक सबलीकरणबाट मात्रै सशक्तिकरण

२४ फाल्गुन २०८०, बिहीबार
२४ फाल्गुन २०८०, बिहीबार

बुटवल, २४ फागुन । महिलाहरूको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिकरूपले सवल बनाउन सकेमा मात्रै महिलाहरूको उचित सम्मान हुने धारणा एक कार्यक्रमका बक्ताहरूले ब्यक्त गरेका छन् । महिला अधिकारका बारेमा धेरै कुराहरू उठ्ने गरेको भएपनि महिला सशक्तिकरण र सवलीकरणका बारेमा उचित प्रबन्ध गर्न नसक्दा महिलाका अधिकारहरू कुन्ठित हुने गरेको उनिहरूले बताएका छन् ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवशका अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले सैनामैनामा आयोजना गरेको महिलाहरूका लागि प्रबिधिमैत्री बित्तिय पहुँच अभिबृद्धी कार्यक्रमका बक्ताहरूले सो कुरा बताएका हुन । महिलाहरूको क्षमता अभिबृद्धीसँगै महिलाहरूलाई उत्पादनसँग जोडेर आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आवश्यक भएको सहभागिहरूको भनाई थियो ।

कार्यक्रममा सैनामैना नगरपालीकाका प्रमुख फणेन्द्र शर्माले महिलाहरूलाई उत्पादन र उद्यमशिलतासँग जोडेर आर्थिक रूपले सवललिकरण गर्नसकेमा महिलाबिरुद्ध हुने सबैखाले हिंसा अन्त्य भएर जाने बताए । महिलालाई सवल बनाई आत्मनिर्णयको अधिकार दिन आवश्यक रहेको पनि नगरप्रमुख शर्माको भनाई छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय समितिका सल्लाहकार गोविन्द खनालले महिला हिंसाको समुल अन्त्य र महिलाको अधिकार संरक्षण गर्न आवश्यक रहेको चर्चा गरेका थिए । महिला बलियो भए मात्र समाज बलियो हुने धारणा ब्यक्त गर्दै अध्यक्ष खनालले महिलाहरूको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिकरूपले सवल बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका मानव संशाधन श्रोत प्रमुख प्रभास राई, डिजिटल बैंकिङ्ग अफिसर नारायण न्यौपाने, मुर्गिया शाखाका म्यानेजर दिपक पौडेल एबं राजिव गौतम र एनएमबी बैंकका म्यानेजर कमल ढकाल लगाएतले सहजीकरण गर्दै बैंकिङ्ग ज्ञान, नविनतम प्रबिधी ज्ञान र शेयर कारोबारबारे अभिमुखीकरण गरेका थिए । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका ७५ जना महिलाहरूलाई सो प्रशिक्षण प्रदान गरिएको शाखा सभापति कृष्ण भट्टराईले बताए । कार्यक्रममा साईन रेसुंगा डेभलपमेन्ट बैंक, एन.एम.बि बैंक मुर्गिया शाखा र धौलागिरी सहकारी संस्थाको समन्वय र सहयोग रहेको जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?