ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल
केन्द्रमा सत्ता गठबन्धनको कर्णालीमा प्रभाव

फेरिएला त सरकारको नेतृत्व ?

२१ फाल्गुन २०८०, सोमबार
२१ फाल्गुन २०८०, सोमबार

सुर्खेत, २१ फागुन ।

केन्द्रको सत्ता गठबन्धनमा फेरबदल भएसँगै कर्णालीमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । समीकरण बदलिएसँगै काँग्रेसका मन्त्रीहरु सरकारबाट बाहिरिने अवस्थामा पुगेका छन् । कर्णालीमा ८ सदस्यीय मन्त्रिपरिषद रहेको छ, जसमा नेपाली कांग्रेसले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको छ ।

हाल कर्णाली सरकारमा कांग्रेसबाट सामाजिक विकास मन्त्रालयमा खड्गबहादुर पोख्रेल,अर्थ मन्त्रीमा बेदराज सिंह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार बिसी मन्त्री छन् । काँग्रेसले सरकार छाडेको खण्डमा कर्णालीमा नेकपा एमाले र माओवादी मिलेर सहज रुपमा सरकार बन्न सक्छ । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्छ । यहाँ माओवादी केन्द्रका १३ र एमालेका १० सांसद छन् ।

यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका गठबन्धनको सरकार बनेको थियो । प्रदेशसभामा कांग्रेसका १४ सांसद छन् । राप्रपा, समाजवादी र स्वतन्त्र सांसद १÷१ जना छन् । कांग्रेस, राप्रपा र समाजवादी एक ठाउँमा आउँदा पनि सरकार बनाउन आवश्यक बहुमत जुट्न सक्ने देखिंदैन । त्यसैले केन्द्रमा गठबन्धन फेरिएसँगै नयाँ गठबन्धनबाटै कर्णालीमा सरकार बन्ने निश्चित छ । नयाँ गठबन्धन सरकारको नेतृत्व भने कसले गर्ने भन्ने विषयमा सबैतिर बढी चासोको विषय बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष विमला केसीका अनुसार अहिले नयाँ गठबन्धनको सरकार बनेता पनि त्यसको नेतृत्व भने माओवादीले नै गर्ने बताइन् । ‘अहिलेसम्म त केही कुरा भएको छैन’ केसीले भनिन्, ‘हाल सरकारको नेतृत्व पनि फेरिदैन ।’

दोस्रो कार्यकाल अन्तर्गत कर्णाली सरकार गठन हुँदै गर्दा एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, केन्द्रमा समीकरण बदलिएसँगै एमाले सरकारबाट बाहिरिएको थियो भने नयाँ गठबन्धनको सरकार गठन भयो । अहिले फेरबदल भएको समीकरण अनुसार पनि हाल राजकुमार शर्मा नै मुख्यमन्त्री कायम रहने देखिन्छ । शर्माको कार्यकालपछि एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुला हुने छ । यता एमालेका प्रमुख सचेतक टेकराज पछाईले भने कर्णालीको नेतृत्व एमालेले गर्न पाउनुपर्ने बताउँछन् । ‘अहिलेसम्म अन्य सबै दलहरुले प्रदेशको नेतृत्व गर्दै आउनुभएको छ, अब एमालेले नेतृत्व गर्न पाउनुपर्छ’ उनले भने, ‘यहाँका जनताको अपेक्षा पनि एमालेले नेतृत्व गरोस् भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?