ट्रेंडिंग:

>> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ?

डिसिएल–२ : खेलाडी र अफिसियलको चार करोडको बीमा

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

दाङ, १३ फागुन ।

नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियलहरुको जोखिम सुरक्षाका लागि चार करोडको बीमा गरिएको छ ।

प्रदेशकै ठूलो प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी र अफिसियलहरुको जोखिम तथा चोटपटकको सुरक्षालाई ध्यानमा राखेर शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड घोराही शाखासँगको सहकार्यमा ४ करोड रुपैयाँ बराबरको बीमा कम्पनीको तर्फबाट गरिएको बताइएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भोलि फागुन १४ गतेदेखि घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ हुन लागेको छ ।

आईतबार आयोजकका तर्फबाट संघका अध्यक्ष मजगैया र शिखर इन्स्योरेन्स घोराही दाङका लुुम्बिनी प्रदेश उपप्रबन्धक रवीकिरण केसीबीच बीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्रिकेट संघ दाङका अध्यक्ष एवम् डिसिएल–२ संयोजक प्रदीप मजगैयाका अनुसार पाँच फ्रेन्चाईज टीमबाट खेल्ने ७५ जना खेलाडी र २५ जना अफिसियलहरुको जनही ४ लाख रुपैयाँका दरले ४ करोड रुपैयाँ बराबरको बीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड घोराही शाखाले गरिदिएको लुुम्बिनी प्रदेश उपप्रबन्धक केसीले जानकारी दिए ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको नेपाल टेलिकम डिसिएल–२ प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीले प्रतिष्पर्धा गर्नेछन् । जसका लागि पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टीममा १४ जना खेलाडी खरीद गरिसकेका छन् ।

प्रत्येक टीम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ सफलतापूर्वक सम्पन्न गर्ने सहयोग गर्ने दाता, संघसंस्था र निकायको अहम् भूमिका रहेको छ । प्रतियोगिता संचालन गर्न अहिलेसम्म विभिन्न व्यक्ति, संस्थाले हात अघि बढाएका छन् भने देशविदेशबाट पनि धेरैले नगद सहयोग समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?