ट्रेंडिंग:

>> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल

एभरेष्टलाई सातौ पटक महिला भलिबलको उपाधि

८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार

बुटवल, ८ माघ । महिला भलिवल रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ स्कुलले हात पारेको छ । जीपी कोईरालाको १४ औ स्मृति दिवसको अवसरमा जीपी कोईराला स्मृति प्रतिष्ठानद्धारा आयोजित तथा बुटवल उपमहानगरपालिकाको संरक्षणमा भएको महिला भलिबल रनिङशिल्ड प्रतियोगिताको फाइनल खेलमा न्यू होराईजन माविलाई ३–१ को सेटमा पछि पार्दै एभरेष्टले लगातार सातौ पटक रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसंगै एभरेष्ट नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
उपविजेता न्यु होराइजन नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा कुँवरवर्ती तृतिय हुँदै नगद १० हजार रुपैयाँ र उजिर सिंह माविले सान्त्वना हुदै नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष काजिमान श्रेष्ठ, प्रतिष्ठानका महासचिव तथा कार्यक्रम संयोजक परमानन्द भट्टराईले विजेता,उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले खेलकुदको विकासमा नगरबाट ठूलो लगानी भएको दाबी गरे । बुटवललाई खेलको हब बनाउने गरी आफूहरु अगाडि बढेको भन्दै पुर्वाधारसंगै प्रतियोगिताहरुलाई प्राथमिकतामा राखेको बताए ।

ज्ञानोदय माध्यमिक विद्यालयको प्रङ्गढमा भएको प्रतियोगितामा यस क्षेत्रका न्यू होराइजन, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, एभरेष्ट बोर्डिङ्ग, शान्ति नमुना, नविन औद्योगिक, अक्सफोर्ड, सिद्धेश्वर लालकुमारी, न्यु इभाइरन्टमन्ट, उजिर सिंह, नव ज्योती, कान्ति, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, ज्ञानोदय र कुंवरवर्ति गरी १४ वटा विद्यालयले प्रतिस्प्रर्धा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?