ट्रेंडिंग:

>> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित >> लुगाघरको जीवन परिवर्तन योजना >> वडा कप क्रिकेटमा वडा नं १४ र १३ विजयी >> संसद वैठक अवरोध गर्ने कांग्रेसको निर्णय >> कपिलवस्तु ३ (१) मा पुनः मतगणनाको माग गर्दै दायर गरिएको रिट खारेज >> पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी >> कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान >> मदन भण्डारी स्मृति कप खुल्ला हाफ म्याराथन : नेपाली सेनाका राजन रोकायलाई उपाधि >> स्थास्थ्यमन्त्रीद्वारा केन्द्रीय आयुर्वेद विद्यापीठको अनुगमन >> दाङमा मोटर साइकल दुर्घटना हुदा एकको मृत्यु दुई घाइते >> बुटवल नयाँगाउंमा १६ दिने सांस्कृतिक मेला >> सुदूरपश्चिमका मुख्‍यमन्त्रीले पाए विश्वासको मत >> प्रतिनिधि सभाको बैठक चार बजेलाई सर्‍यो >> ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी >> सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाऔं : नेकपा एस >> सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, प्रतितोला १ लाख ४० हजार >> ‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’ >> प्रतिनिधिसभाको आजको वैठकमा मुठभेड हुने संकेत >> विजयनगरमा माेटरसाईकल दुर्घटनामा एक महिलाको मृत्यु  >> पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते >> बागलुङमा जिप दुर्घटना : १७ घाइते, एकको अवस्था गम्भीर >> घुस खाने गुठीका कर्मचारीलाई कैद सजाय हुने >> त्रिवेणीमा मूल भन्सारः घोषणाको ५ वर्षसम्म ज्यूँ का त्यूँ >> बगरमा फल्दै किसानको पौरख >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरकारको नीति कार्यक्रम ‘आश्वासनको पुलिन्दामै सीमित नबनोस्’ >> संघीय सरकारको नीति कार्यक्रममा वन >> तिलोत्तमा – ६ मा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ >> विजयनगरमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

पर्यटन सम्भावना पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

अर्घाखाँची, २९ पुस ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले पर्यटनको तत्कालीन, अल्पकालीन र दीर्घकालिन गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा उनले जोड दिए । रिपोर्टर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाल पत्रकार महासंघ लागेकोमा धन्यवाद समेत दिए ।

नेपाल पत्रकार महासङ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रवद्र्धन अभियानमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए । लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हँुदै जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पुर्याउन सकेमा मात्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रीपालीको भनाइ रहेको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रवद्र्धन अभियानको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही माघ १ गते सन्धिखर्क आउने कार्यक्रमलाइ लक्षित गर्दै आयोजना भएको कार्यक्रमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्विकार गर्दै आगामी दिनमा पहल गर्ने बताए ।

जिल्ला समन्वय समितिका सभापति जिवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपूर्ण विकास आयोजनाको निर्माणका विषयमा ध्यानाकर्षण गराउने बताए ।

नेपाली कांगे्रस लुम्विनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनालले जिल्लाका पर्यटकीय स्थलको पूर्वाधार निर्माण नहँुदा पर्यटनको विकासले गति लिन नसकेको बताए । जिल्लाको विकासमा सबैको साझा एजेन्डा बनाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले चारवटै सुरक्षा निकाय परिचालन गरी जिल्लाको समग्र शान्ति सुरक्षा चुस्त पारिएको बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार महासंघ केन्द्रीय सदस्य राधा नेपाली, जिल्ला उपाध्यक्ष विरेन्द्र केसी, सहसचिव हृदय भुसाल, चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठ, रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?