ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

किसान तान्दै ‘भेटेरिनरी अस्पताल’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपरासीले पशुपालन क्षेत्रको प्रवद्र्धन मात्रै नभई अहिले पशु चिकित्सालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अस्पतालमा कृत्रिम गर्भाधान र परामर्श सेवा समेत उपलब्ध छ । सेवाका कारण अस्पतालमा सेवाग्राहीको बाक्लो आउजाउ हुने गरेको छ ।
३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

नवलपरासी, ३ पुस । पशुको उपचारमा जिल्लाको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको काम प्रभावकारी देखिएको छ । जिल्ला स्थित एक मात्र भेटेनरी अस्पतालमा सेवा प्रभावकारी भएपछि दैनिक जसो विरामी पशुलाई उपचारका लागि पशुपालक किसानले ल्याउने गरेका छन् । यहाँका किसानहरू पशुपालनमा निर्भर मात्रै छैनन् पछिल्लो पटक आकर्षित छन् ।

मानिसलाई जस्तै पशुलाई पनि रोगब्याधी लाग्ने हुँदा पशुलाई पनि उपचार जरुरी भएको केन्द्रका प्रमुख श्रवण कुमार चौधरी बताउँछन् । अस्पतालले उपचार मार्फत धेरै किसानको पशुधन जोगाउमा सफल भएको प्रमुख चौधरीले बताए । अहिले किसान आफ्नो पशुधन प्रति विगत भन्दा सचेत बन्दै गएका छन्, उनले भने, त्यो भएर समान्य पशु (गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा हाँस, कुकुर लगायतका पशुलाई अस्पतालले उपचारात्मक सेवा दिँदै आएको छ । यसले यहाँका किसानलाई आयआर्जनमा सहयोग पुगेको उनको भनाइ छ ।

कार्यालयले पशुपालक किसानलाई पशुको उपचार मात्रै नभई विभिन्न तालिम, गोष्ठि, उन्नत बिउबिजनका लागि कृत्रिम गर्भाधान कार्यक्रमसँगै पशु फर्म तथा समूहलाई अनुदान जस्ता कार्यक्रम मार्फत पनि सघाउँदै आएको छ । अस्पताल मार्फत तत्काल गाई भैंसी र बाख्रालाई कृत्रिम गर्भाधान सेवा, पशु स्वास्थ्य सेवा कार्यक्रममा मेडिकल उपचार, मेजर सर्जिकल उपचार, माईनर सर्जिकल उपचार, गाईनोक्लोजिकल उपचार र बध्याकरण सहितको सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । पशु चिकित्सकलाई नै राखेर यस्ता उपचार गर्ने कार्य भइरहेको केन्द्र प्रमुख चौधरीले बताए ।

त्यसैगरि भेटेरिनरी अस्पतालमा प्रयोगशाला सेवा अन्तर्गत गोबर परिक्षण, पिसाब परिक्षण, थुनिलो परिक्षण, शवपरिक्षण (पोष्टमार्टम)डिएचपिपिआईएल टेस्ट, एआरभि टेष्ट, एनडि टेष्ट हुने गरेको छ । खोप सेवा कार्यक्रम अन्तर्गत पिपिआर खोप, एचएसविक्यु, एफएमडि, लम्पि स्किन स्वाईन फिबर, रानीखेत, गँवारो रेबिज, कोरोना भाईरसको खोपहरू दिईने गरिएको छ । त्यसैगरि परिजिवि नियन्त्रणमा आन्तरिक परजिवी र बाह्य परजिबी सहित नाम दर्ता वापत राजस्व समेत संकलन गर्दै आएको केन्द्रले जानकारी गराएको छ ।

केन्द्रले गत आर्थिक बर्ष २०८० को गत कार्तिक महिनासम्म कुल २९ हजार २ सय ९० पशुलाई सेवा प्रदान गरेको थियो भन्ने मंसिर महिनामा ७ हजार ३ सय १० गरि कुल जम्मा ३६ हजार ६ सय प्रगति भएको मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसमा कृत्रिम गर्भाधान संख्या ७ हजार ३ सय ३४ उपचार सेवा ७ सय ६३, प्रयोगशाला सेवा २ सय ४९ खोप सेवा २३ हजार १ सय ९०, लम्पि स्किन २२ हजार ९ सय रहेको छ भन्ने कुल ३६ हजार ६ सय राजस्व समेत संकलन भएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?