ट्रेंडिंग:

>> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित

कफीमा तुसारो र गवाँरो

चिसो शुरु भएसँगै कफीका बोटमा समस्या देखिएको छ । कफी उत्पतिको जननी गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएको छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्तर्गत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ ।
१ पुष २०८०, आईतवार
१ पुष २०८०, आईतवार

गुल्मी, १ पुस ।  चिसो मौसम शुरु भएसँगैै गुल्मीका कफी कृषकहरू चिन्तीत बन्न थालेका छन । चिसो मौशममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौशममा कफीका विरुवा र बोटहरू जोगाउन समस्या देखिएको छ । चिसो मौसम शुरु हुन थालेपछि कफीका बिरुवा जोगाउन समस्या परेको र सोंचे अनुसार कफी खेतीबाट प्रतिफल आउन नसकेको किसानहरूको गुनासो छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मीमा कफी खेतीमा कसरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानहरूसँग राय तथा सुझाबहरू संकलन गरेको छ । छलफलका क्रममा कफी कृषहरूले आफूले भोगेका समस्या राखेका थिए । कफी किसानका समस्याको बारेमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले ज्ञान केन्द्रले केही समय अघि कृषकहरूसँग गरेको सामूहिक छलफलसँगै कफी कृषकहरूले आफ्ना अनुभव राखेका हुन ।

कार्यालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने अधिकांस कृषकहरूले कफीवाट आफुहरूले सोंचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको बताएका थिए । उनीहरूले कफी खेतीको विस्तारका लागि राज्यले कफीका बिरुवामा अनुदान उपलब्ध गराएर कफीको उत्पादन र उत्पादकत्व बृद्धि नहुने बताए । किसानहरूलाई राज्यले कफीका बिरुवामा अनुदान दिनु भन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमीक उपलब्ध गराउनु पर्नेमा उनीहरूले जोड दिए । व्यावसायीक रूपमा कफी खेती गरि एक हजारदेखि १५ सयसम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनु पर्ने उनीहरूको माग रहेको छ ।

रुरुक्षेत्र गाउँपालिका १ अन्तर्गत भड्कुवाकी कफी कृषक मना भट्टराईले चिसो मौसम शुरु भएपछि कफीका बिरुवाहरू मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्या जस्ता कारण कफीका बोटहरू सुक्दै जाने गरेको बताए । भट्टराई जस्तै लामो समयदेखि व्यवसायीक रूपमा कफी खेती गर्दै आएका भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोट लगायतका अधिकांस कफी कृषकहरूको पनि उस्तै गुनासो थियो । संघ, प्रदेश र स्थानीयतहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नु पर्नेमा उनीहरूको मुख्य जोड छ ।

स्थलगत रूपमा अध्ययन नगरि कफी लगाउने नाममा विरुवामा दिईने अनुदानले किसानहरूलाई फाईदा नपुग्ने किसानहरूको भनाई छ । कफी किसानहरूले अनुदान दिने प्रणालीमा परिवर्तन गरि कफी लगाएको आधारमा स्थलगत रूपमा निरिक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका छन । यसबाट मात्र किसानलाई व्यवसायीक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाब थियो ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकहरूले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरि कसरी व्यवसायीक रूपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेकोे बताए । उनले कफीको उत्पादन भएमा त्यसको बजारीकरणका लागि खासै समस्या नरहेको बताए । कफीको उत्पादन र प्रबिधि विस्तारको लागि कार्यालयले आगामि दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे

कफी उत्पतिको जननी जिल्ला गुल्मीमा अहिले २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिदै आएको छ । जिल्लामा यस वर्ष ३० मेट्रीक टन कफी उत्पादन भएको थियो । जस अन्र्तगत आठ टन ग्रिनविन मात्र तेश्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना अन्र्तगत कफी सुपर जोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुसन्धान केन्द्र लगायत स्थानीय तहले कफी खेतीमा काम गर्दै आईरहेका छन ।

जिल्लामा यति धेरै कफीको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू भएपनि कफी किसानहरू भने सेतो गँवारो र तुसारोको समस्याबाट सधै ग्रसित बन्दै आईरहेका छन । गुल्मीमा पछिल्लो तथ्याङ्क अनुसार कफी खेतीमा आवद्ध बनेका किसानहरूको संख्या १८ सयको हाराहारीमा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?