ट्रेंडिंग:

>> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ

शान्ति स्कूलको प्रयोगशाला र उमा दिदिको सम्झना

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

तिलोत्तमा ।

“कृषि पढ्नेजति प्रयोगशालामा जाने रे” चक्रपाणिले पहिले आफुले झोला बोकेर बाहिर दगुर्दै भन्यो । हामीहरु आ–आफ्नो झोला टिपेर भूकम्प आउँदा भागे झैँ आँधिबेगमा प्रयोगशालातर्फ दगु¥यौ ।

प्रयोगशाला….

शान्ति स्कूलको मुख्य भवन र पश्चिम तर्फको जगदीश गुरुको पुरानो क्वाटर बिचका सानोसानो हल भन्न सुहाउने एउटा भवन थियो । त्यस हलको ढोकामा टिनको प्लेटमा प्रयोगशाला लेखिएको थियो । त्यो प्रयोगशालाको भित्र एउटा सानो कोठा थियो (लामो समय सम्म त्यो कोठामा के राखिएको थियो भन्न थाहा पाइएन) ।

पहिलोपल्ट प्रयोगशाला पस्न पाउँदा सबै जना खुशी थियौं । प्रयोगशाला भनिएको कोठामा ठुलाठुला टेबल, टेबलको वरिपरि विद्यार्थी बस्नको लागि कुर्सीहरू थिए । भित्तामा विज्ञानका विभिन्न चार्टहरु झुन्ड्याइएको थियो । छेवैको दराजमा विज्ञानका किताबमा देखेका थुप्रै वस्तुहरु थिए, अनि एउटा कुनामा काँडाकाँडा भएको खुट्टाले घुमाउने मेशिन थियो (जुन धान झार्ने थ्रेसर रहेछ) ।

यदुनन्दन सर कक्षामा पस्ने बेलासम्ममा प्रयोगशाला कुनाकाप्चा चाहारियो, घुम्ने मेशिन घुमाइयो, सानो कोठाको ढोकाको चेपबाट भित्र चिहाईयो ।

यदुनन्दन सर आएर कृषि शिक्षा पढाउन सुरु गर्नु भयो, हामी विद्यार्थीहरु मन्त्रमुग्ध भएर उहाँको प्रवचन सुन्यौ, शान्तिमा पढेर कृषिमा सफलता पाएका विद्यार्थीहरुका कथा सुन्यौ । बाहिर निस्कँदा मैले आफु जेटिए बनेको सपना देखिसकेको थिएँ । यदुनन्दन सरको पढाउने तरिका जीवन्त थियो । (विद्यार्थीलाई विषयवस्तुमा चुर्लुम्म डुबाउन सक्ने सरको रिस पनि कम्ती त थिएन है ।) ३ वर्ष प्रयोगशालामा कुनै प्रयोगात्मक कार्य त गर्न पाइएन तर त्यो कोठामा यदुनन्दन सरले पढाएको कृषि शिक्षा भने जीवनभरी काम लागिरहेको छ ।

त्यतिबेला ऐच्छिक गणित र विज्ञान पढ्नुलाई अप्सनल पढ्ने भन्ने चलन थियो । उमा दिदि (विज्ञान शिक्षिका) ले दोश्रो तलाको दक्षिण तर्फको कोठामा विज्ञान प्रयोगशाला बनाउनु भएको थियो । उहाँको प्रयोगशालामा पढ्ने रहरले सकीनसकी म पनि अप्सनल पढ्ने समूहमा मिसिएँ । हाम्रो ब्याचमा २४ जनाले अप्सनल पढ्न पाउने भयौ, त्यो पनि उमा दिदीको विज्ञान प्रयोगशालामा बसेर । हेमा पुन बाहेक अरु सबै केटाहरु । हेमा भाग्यमानी थिईन्, उनी पहिलो टेबलमा एक्लै राज गर्न पाउँथिन् भने केटाहरुले २÷२ जनाले एउटा टेबल पाएका थियौं । टेस्टट्युब, बिकर, ग्यासजार, फ्लास्क, कम्पास, शेल, चुम्बक, थर्मोमिटर जस्ता विज्ञानका सामग्रीहरुसंग त्यही परिचित हुन पायौ । उमा दिदीले निकै प्रयोगात्मक र रोचक ढंगले विज्ञान पढाउँदा पछि क्याम्पसमा साईन्स पढेर ठूलो मान्छे बन्ने सपना बुनियो । उमा दिदिसंग अप्सनल साईन्स पढ्नुको अर्को फाइदा पनि भयो । त्यो बेलामा मणिग्राममा झ्यालमा झुन्डिएर समेत टिभी हेर्न नपाइने बेलामा हामी साईन्स पढ्ने विद्यार्थीहरु भने उहाँको बैठक कोठामै बसेर रंगिन टिभीमा महाभारत हेर्न समेत पाइन्थ्यो ।

जगदीश गुरुले एउटा सेक्सनमा मात्र पढाउनु हुन्थ्यो । हाम्रो भाग्य भन्नु पर्छ हामी कक्षा १० सेक्सन ए का विद्यार्थीहरु जगदीश गुरुसँग पढ्न पाउने भयौ । गुरुसँग पढ्दा बल्ल थाहा भो– हामीले त अंग्रेजी विषयमा केही सिकेकै रहेनछौ । तल्लो कक्षामा हेमराज सर, होमनाथ सर, छबिलाल सर, सुनकुमारी दिदिसंग अँग्रेजी पढेको भएपनि सिक्न भन्दा पनि घोकेर अंग्रेजीमा येनकेन पास हुने ध्याउन्नले अंग्रेजी विषय हाउगुजी बनिरहेको थियो । जगदीश गुरुले कक्षाका भएका विद्यार्थीसंग आलोपालो संगै बसेर ईङलिश ग्रामर, एस्से, कम्पोजिसन जस्ता कुराहरु छोटो समयमै पास हुन पुग्ने गरी सिकाउनु भयो । उहाँको संगतले गर्दा एसएलसीमा धेरै विद्यार्थी फेल हुने ईङ्लिश पनि पास गरियो र त्यही जगमा अहिले पनि कनिकुथी अंग्रेजीको काम चलाइरहेको छु ।

मेरो लागि शान्ति स्कूल सिकाईको विशाल प्रयोगशाला बन्यो । अर्जुन उपाध्याय सरले मेजरिङ सिलिन्डर देखाएको भरमा घरमा औषधिका बोतलहरु काटियो, मिना दिदीले पुर्वब्यावसायिक पढाउँदा थुप्रै माटोका मुर्तिहरु बनाइयो, गोपी दिदीले इतिहास पढाउँदा राणा शासनको बारेमा बुझ्न बुढापाका मान्छेहरु खोज्दै हिडियो, अर्जुन ज्ञवाली सरले नेपाली पढाउँदाको स्वादमा कविता, निवन्ध र दैनिकी लेख्न थालियो । दिलिप सर, लोकनाथ सर र केशव सरले ज्यामिती पढाउँदा रुखको उचाई र कुलोको चौडाई नाप्दै हिडियो ।
प्रयोगशालारुपी शान्ति स्कूलमा सिक्न नपाएको भए, भोग्न र देख्न नपाएको भए मैले अहिले लेखन, पत्रकारिता, वकालत र प्राध्यापन गर्न कदापि सक्ने थिइन् ।

शान्ति स्कूल छोडेको २६ वर्ष वितिसकेको छ । स्कूलसंगका धेरै सामिप्यताहरु धमिला भैसकेका छन् तैपनि शान्ति स्कूलको सिकाइ अझै ताजै छ र त्यसैले जिन्दगीलाई डो¥याइरहेको छ ।

…कहिलेकाही सोच्छु – शान्ति स्कूलको प्रयोगशालातर्फ दौडन नपाएको भए जीवन कति कठिन हुन्थ्यो होला ? जीवन कति निरस हुन्थ्यो होला ?

प्रयोगशालामा दौडिरहन र प्रयोग गर्न सिकाउने अनि विज्ञान र वातावरण विषयमा खोज गर्ने रुची जगाईदिने उमा दिदिले आज संसार छोड्नुभएको खबर पाउँदा शान्ति स्कूलको त्यही पुरानो प्रयोगशाला, तिनै टेस्टट्युब र बिकरहरु, रंगिन टेलिभिजन सेटमा हेरेको महाभारत झलझली याद आईरहे । तिलोत्तमा नगरपालिकाका धेरै जनाकी प्रिय गुरुमा “ उमादिदी“ प्रति हार्दिक श्रद्धाञ्जली ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?