ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

काशीको ‘सुन्तला क्रान्ति’

गाउँमा बर्षभरिमा ५० हजार भन्दा बढिको गहुँ मकै नफल्ने पाखो बारीमा १५ लाख भन्दा बढिको सुन्तला उत्पादन भएपछि गाउँका किसानहरू मख्ख छन् । जसको बजारीकरण काशीले नै गर्दै आएका हुन ।
२९ मंसिर २०८०, शुक्रबार
२९ मंसिर २०८०, शुक्रबार

बुटवल, २८ मंसिर ।  अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर–१ का काशी भट्टराई बुटवलमा निजी संस्थामा जागीर गर्दथे । लामो समय बुटवल बसेपछि उनी आफ्नै गाउँ नै फर्कीने सोँच बनाए । आफ्नो गाउँ पाणिनी गाउँपालिका सुन्तलाको लागि प्रख्यात थियो । गाउँमा गएर सुन्ताला खेती गर्ने, गाउँमा भएको सुन्तला लाई बजारीकरण गर्ने सोँच बनाए । उनी गाउँ फर्के । अहिले गाउँमा उत्पादन भएको सुन्तला बजारीकरणमा लागेका छन् । उनले गाउँमा सुन्तला बजारीकण संगै आफ्नै सुपा देउराली कृषि फार्म समेत दर्ता गरेर गाउँमा नै सुन्तला खेती गरेका छन् ।

गहुँ, मकै खेती हुने बारीमा उनले अहिले सुन्तला लगाएका छन् । ४ सय ५० बोट सुन्तला लगाएका छन् । गाउँमा भएको स्थानीय जनशक्तिको उपयोग गरी उनले सुन्तालको बजारीकरणमा लागेका हुन । गाउँमा अन्य समयमा विभिन्न व्यवसायीहरू आएर सुन्तला बगैचा खारिद गरी किसानलाई दिँदै आएको मा उनले आफै गाउँको सुन्तला विक्रि र बजारीकरणका लागि लागेका छन् । गाउँमा उत्पादन भएको सुन्तला अहिले सुन्तला पोखरा, चितबन, बुटवल, र भैरहवा, नेपालगन्ज सम्म जाने गरेको छ ।

यो पटक गाउँ बाट करिव ४ देखि ५ करोड सम्मको सुन्तला निकासी हुने अनुमान गरिएको छ । किसानले अन्य विचौलिया भन्दा पनि गाउँकै व्याक्ति मार्फत सुन्तला विक्रि गर्दा बोट बाट नै अधिकतम ८० रूपैयाँ प्रतिकिलो सम्मा विक्रि गर्दै आएका बताइएको छ ।
मकै तथा गहुँ खेती गर्दा बाँदर तथा अन्य बन्यजन्तुको त्रास हुने, नष्ट हुने तर सुन्तला खेती गर्दा यसको भय पनि किसानको टरेको छ । बर्षभरी मा नै किसानले गहुँ , मकै बाट ५० हजार भन्दा बढि को उत्पादन लिन नसक्ने स्थानमा एकै सिजनमा १५ लाख को बढिको उत्पादन हुने गरेको छ ।
पाणीनीको सुन्तला भनेपछि बजार पनि राम्रो रहेको किसान समेत रहेका कासी भट्राईको भनाई रहेको छ । उनी भन्छन्–‘यहाँको सुन्तलाको स्वाद नै अन्य भन्दा मिठोछ, बजारीकरणमा पनि समस्या छैन । ’ अहिले गाउँबाट दैनिक जसो पिकअप गाडीमा सुन्तला निकास भैरहेको उनको भनाई छ । दाना समेत राम्रो भएको कारण पनि उपभोक्ताको रोजाईमा पर्ने गरेको उनको भनाई छ ।
४ देखि ५ करोडको सुन्तला विक्रि हुदै आएको पाणनीको सुन्तलाको हाल सम्म १० प्रतिशत जति सुन्तला विक्रि भैसककेको अन्य सबै बाँकी रहेको छ । सुन्तला सिजन अनुसार अहिले विस्तारै पाक्दै गएको कारण पनि यसको बजार विस्तारै बढ्ने अपेक्षा लिइएको छ ।
किसानबाट एकमुष्ट रूपमा बाटो सम्म बोरामा जोखेर ल्याउने सुन्तला व्यवसायीहरूले एक स्थानमा जम्मा गरी ग्रेडीङ्ग गरेर विक्रि वितरण गर्दै आएका छन् ।

कस्तो ठाउँमा फल्छ सुन्तला ?

सुन्तला फलफूललाई समष्टीगत रूपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरू १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ । नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ । सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन । सुन्तला उत्पादनकोलागि उपयुक्त उचाई १०००–१२०० मी. मानिन्छ । सुन्तलाको लागि ५० से – ४० ० से सम्मको तापक्रम राम्रो मानिन्छ भने उपयुक्त तापक्रम १९० से को आसपासलाई मानिन्छ । वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी. उपयुक्त मानिन्छ । सूर्यको प्रकाश ८–११ घण्टा प्रति दिन राम्रो मानिन्छ ।

सुन्तला फलले बढी प्रकाश मन पराउँछ तर अलि अलि छाँया पर्ने ओसिलो ठाउँमा फलहरू रसिला र ठूला आकारका हुने गर्दछन् । हिउँदको चिसोपछि बिरुवा राम्रोसँग फुल्ने गर्दछ । फूल फूलेपछि फलहरूको विकासको निमित्त बढि तापक्रमको आवश्यकता पर्दछ तर ज्यादा गर्मी र बढि सुख्खा भएमा फूल तथा फलहरू झर्दछन् । फल पाक्ने समयमा राती ठण्डा र दिनमा गरम हुने भएमा फलहरूको रङ्ग आकर्षक पहेंलो हुने गर्दछ । दिन र रातको तापक्रम फरक बढि भएमा राम्रो मानिन्छ ।

माटोको गहिराइ १ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट र प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ । माटोको रासायनिक गुण यसको अम्लियपना (पि.एच) लेबलले जनाउँछ र (पि.एच.) ६.५ को आसपास हुनुपर्दछ ।यो पि.एच. लेबल भन्दा बढि भएमा बिरुवाले शुक्ष्म पोषक तत्वहरूको प्राप्त गर्ने शक्ति ह्रास हुन्छ र कम भएमा चुन र म्याग्नेसियम जस्ता खनिज तत्वहरू बढि घुलनशील भई बगेर जान्छ । कृषि चुनको सहायताले माटोको पि.एच. लाई बढाउन सकिन्छ । माटोमा लवण (नुनिलोपना) को मात्रा कम भएमा राम्रो मानिने कृषि प्राविधिकहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?