ट्रेंडिंग:

>> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

‘सुपर सिडर’ प्रविधिः कृषिमा लागत घटाउन सहयोगी

एकै पटकमा गहुँको बीउ, मल राखेर ‘सुपर सिडर’ चलाउँदा नल, पराल सहितको बाँझो जमिनमा एकै पटक बीउ छरेर सकिन्छ । यो प्रविधिको विस्तार हुन सकेमा किसानको उत्पादन लागत आधा कम हुने अपेक्षा गरिएको छ ।
१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

बुटवल, १९ मंसिर । तराई क्षेत्रमा धान र गहुँ खेती गर्ने किसानले धान, गहँु स्याहारेपछि बाँकी रहेका परालमा आगो लगाउने प्रचलन रहेको छ । यसरी खेतमा आगो लगाउँदा मल हुने खेत पनि सफा हुने किसानको विश्वास छ । कतिपय किसानहरूले धान, गहुँलाई प्राविधिको प्रयोग गरी कम्बाईन हारभेष्टरको प्रयोग गरी काट्ने समेत गरेको पाइन्छ । यसरी काटेको धान, गहुँको ठुटा, नल आधा भन्दा बढि खेत मा नै हुने गर्दछन् । जसलाई किसानले जलाउने गरेको पाइन्छ ।

यसरी किसानले पटक पटक धान, गहुँको नल, परालका ठुटा जलाउने गरेको कराण यसबाट हुने प्रयावरणीय असरलाई कम गर्न रूपन्देहीमा नयाँ प्रविधिको प्रयोग सुरुवात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाई भैरहवाले आधुनिकि प्रविधि भित्र्याएको हो ।

परियोजना कार्यान्वयन एकाई भैरहवा प्रमुख नारायण प्रसाद काफ्लेका अनुसार बाँझो जनिममा रहेको नल सहितको एकै पटक जोतेर मेसिनबाट नै गहुँ छर्ने प्रविधि रूपन्देहीमा भ्यिाईएको हो । ‘सुपर सिडर’ नामा दिइएको यो प्रविधिमा किसानले पटक पटक खेत जोत्नुपर्ने बाध्यता रहदैन । एकै पटकमा बाँजो जनिमा ट्याक्टरको सहायतले सुपर सिडर मार्फत गहु छर्ने, बाँकी रहेका नल, पराल काट्ने, गहुँ छनेए र रोटाबेटरको काम पनि एक पटक हुन्छ ।

परियोजना कार्यान्वयन एकाई गहुँको सुपर जोनको रूपमा घोषणा गरेको रुपन्देहीको सम्मरीमाई गाउँ पालिकामा यसको प्रयोग गरेको छ । परिक्षण प्रयोग मार्फत यसलाई बिस्तार गर्न सकेमा किसानको आधा भन्दा बढि समय, लागत समेत आधा भन्दा कम हुने अपेक्षा लिइएको परियोजना कार्यान्वयन एकाई प्रमुख काफ्लेको भनाइ छ । उनी भन्छन्–‘अहिले लाई यो प्रविधि हामीले किसानलाई नमुनाको रूपमा सिकाईरहेका छौ, यसको अझबिस्तार गर्न आवश्यक छ ।’

सुपर सिडले करिब २५ देखि ३० सेन्टीमिटर लामो सम्मको नललाई काटेर मसिनो बनाएर माटोमा मिलाउँछ । जसबाट माटोमा नै कुहिएर मल बन्छ । परियोजनाका कृषि ईन्जीनीयर छवि डाँगी क्षेत्रिका अनुसार सुपर सिडमा लागेको रोलर चराबाट समेत जोगाउने बताए । नल र जरामा रहेको न्युट्रेसन माटोमा मिल्न जाँदा उत्पादनमा समेत बढोत्तर आउने उनको उनको भनाई रहेको छ । किसानले एकै पटक गहुँको बीऊ, मल सुपर सिडरमा राख्छन् । यसरी राखेको मल, गहुँको अनुपात मिलाएर एकै पटकमा मेसिनले बाँझो जमिन जोत्दै, त्यहाँ विउ छर्दै, रोटाबेटरले बीउलाई माटोमा मिलाउँदै जान्छ, जसले गर्दा पटक पटक माटो जोत्नुपर्ने, विऊ छर्नुपर्ने, रोटा बेटर लगाउनुपर्ने झन्झटबाट मुक्ती पाउँछन् ।

गहुँ जोनमा पछिल्लो समयमा किसानलाई नविनतम प्रविधिको विषयमा समेत किसानलाई जानकारी गराउँदै गइएको परियोजनाले जनाएको छ । जसको लािग किसानलाई उच्च प्रोटिन युक्त गहुँको विऊ छर्ने काम अहिले भैरहेको हो । रूपन्देहीमा ५ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती सुरुवात गरिएकोमा २ बर्षमा १२ सय ६८ हेक्टर क्षेत्रफलमा अहिले गहुँ जोन बिस्तार भएको हो । मर्चवारी क्षेत्रमा करिब ८ हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ । सबै गहुँ खेती गर्ने किसानले सुपर सिडरको प्रयोग गर्न सकेमा यसबाट उत्पादन लागतमा समेत कमी आई उत्पादकत्व समेत बृद्धि गर्ने कृषि प्राविधि सौरज विश्वकर्मा बताउँछन् । उनका अनुसार किसानले कम लागतमा बढि भन्दा बढि उत्पादन गर्न सकेमा मात्रै प्रतिफल राम्रो पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?