ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

मणिग्राम मेलामा कुस्ती प्रतियोगिताको रमाइलो शुरु

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

तिलोत्तमा,६ मंसिर । तिलोत्तमाको मणिग्राममा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलामा बुधबारदेखि कुस्ती (दंगल) प्रतियोगिताको रमाइलो शुरु भएको छ । मेला आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघले पहिलोपटक मेलास्थलमा कुस्ती प्रतियोगिता शुरु गरेको हो । मेलाको सांस्कृतिक कार्यक्रम हुने स्टेज अगाडि बुधबार उद्घाटन भएको कुस्ती प्रतियोगिता तीन दिनसम्म चल्ने छ । कुस्ती पप्रतियोगितामा नेपाल र भारतका पुरुष र महिला गरी १६ जना पहलमान खेलाडीहरुले प्रतिस्पर्धा गर्ने खेल संयोजक रुस्तम कंडेलले जानकारी दिए । हरेक दिन दिउसो ३ बजेदेखि ५ बजेसम्म हुने कुस्ती प्रतियोगिता निःशुल्क हेर्न पाइने मेला आयोजकले व्यवस्था गरेका छन् । माटोको समथर थुम्कोमाथि पहलमानहरु भित्री वस्त्र मात्र लगाएर खेल्ने कुस्ती खेल ब्यापार मेलाको नौलो र रोचक आकर्षण बनेको दर्शकहरुको प्रतिक्रिया छ ।
कुस्ती खेलेको लाइभ हेर्न पाउंदा बेग्लै रमाइलो लागेको स्थानीय बुद्धिजिवी पशुपति घिमिरेले बताए । ‘कुस्ती नेपालको तराई क्षेत्रको संस्कृतिसँग जोडिएको लोकप्रिय खेल हो, तर संरक्षण नहुंदा लोपोन्मुख अवस्थामा पुगेका बेला तिलोत्तमा उद्योग बाणिज्य संघले मेलामै कुस्ती प्रतियोगिता आयोजना गर्नु ज्यादै सकारात्मक पक्ष हो’–घिमिरेले भने–‘यसले मेलामा आउने दर्शकलाई पनि नौलोपन दिएको छ ।’

कुस्ती खेलको संरक्षण र कुस्तीका खेलाडीको प्रोत्साहनका लागि संघले आफ्नो मेलामा पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना गरेको र यसलाई आगामी मेलामा पनि निरन्तरता दिइने संघका अध्यक्ष गुणनिधि भण्डारीले बताए ।
कुस्ती प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो हुनेले क्रमशः २०,१५ र १० हजार नगद पुरस्कार पाउने र दर्शकबाट छुट्टै इनाम (नगद ) पनि पाउने मेला आयोजक संस्थाका उपाध्यक्ष सुरज पंगेनीले बताए ।

मनोरञ्जनसँगै शारीरिक र मानसिक तन्दुरुस्तीका लागि कुस्ती खेल निकै उपयोगी मानिन्छ ।
यसैबीच बुधबार नै सांस्कृतिक कार्यक्रमतर्र्फ लोकदोहोरी गायिका रिता थापा,कृष्णा गुरुङ,युवराज भुसाल,दीपक खड्का,शिला गुरुङ,रयापर अफिमको प्रस्तुति रहेको थियो । यस्तै तिलोत्तमा लोक तारा,आमा नृत्य,विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताले पनि दर्शकलाई मनोरन्जन दिलाएको थियो । मंसिर १२ सम्म चल्ने मेलामा २ सय बढी स्टल रहेका छन् । मेलामा कृषिजन्य,गार्मेन्टका स्टलहरुमा उपभोक्ताको आकर्षण छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?