ट्रेंडिंग:

>> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

पारिश्रमिकबाट ४४ जनालाई छात्रवृत्ति

२१ श्रावण २०७५, सोमबार
२१ श्रावण २०७५, सोमबार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा प्राप्त आफ्नो पारिश्रमिक आइतबार नगरका ४४ जना विद्यार्थीलाई वितरण गरेका छन् । नगरभित्र सञ्चालित ४४ वटा सामुदायिक विद्यालयबाट ४४ जना गरीब, जेहेन्दार छात्रछात्रालाई आइतबार नगरप्रमुख छात्रवृत्ति प्रदान गरिएको हो ।
जसमध्ये कक्षा १ र २ का लागि ६ हजार, ३ र ४ का लागि ७ हजार, ५ र ६ का लागि ८ हजार, कक्षा ७ र ८ का लागि ९ हजार रकम वितरण गरिएको छ । त्यस्तै कक्षा ९ का लागि ९ हजार ५ सय, १० का लागि १० हजार र कक्षा ११ का लागि १७ हजार रकम छात्रवृत्ति स्वरुप वितरण गरिएको छ ।
नगर प्रमुख वासुदेव घिमिरेले गत असार अन्तिम साता आफूले पाउने पाँच वर्षको पारिश्रमिक नगरका सामुदायिक विद्यालयका विद्यार्थीको छात्रवृत्तिमा लगाउनु घोषणा गरेका थिए । प्रदेश सरकारले प्रदेश नं. ५ मा नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ तोकेको छ । तिलोत्तमा नगरपालिकामा हाल ४४ वटा सामुदायिक विद्यालय छन् । वडा कार्यालयको सिफारिशका आधारमा ४४ वटै सामुदायिक विद्यालयका विद्यार्थी छनोट गरिएको नगरपालिकाले जनाएको छ ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले अभिभावक, शिक्षक र जनप्रतिनिधिबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न सकिने विश्वास व्यक्त गरे । उनले आगामी तिहारसम्म नगरमा रहेका सबै सामुदायिक विद्यालयको रंग एउटै बनाउन लागिएको उल्लेख गर्दै शैक्षिक विकासका लागि थप योजना पनि अघि बढाइने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत कृष्णप्रसाद सापकोटाले छात्रवृत्तिको रकम सही ठाउँमा प्रयोग गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुखको यो कार्य अरुका लागि समेत अनुकरणीय रहेको बताए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले छात्रवृत्ति वितरणको व्यवस्थालाई पारदर्शी र व्यवस्थित बनाउने गरी तिलोत्तमा नगरप्रमुख छात्रवृत्ति कोष २०७५ को स्थापना गरिएको जानकारी दिए । उनलेसार्वजनिक निकाय र पदाधिकारीको सार्वजनिक जवाफदेहीता र उत्तरदायित्वमा अभिवृद्धि गर्नु कोषको उद्देश्य रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कंडेल, रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर इन्दिरा अर्याल, रेडियो नमस्तेका स्टेशन म्यानेजर डायलसन अधिकारी, शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, अभिभावक नारायण ज्ञवाली, सुदिप गिरीलगायतले छात्रवृत्तिको सही सदुपयोग गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?