ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

विपन्नको सहारा बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक स्वास्थ्य इकाई

३० आश्विन २०८०, मंगलवार
३० आश्विन २०८०, मंगलवार

बुटवल, ३० असोज ।

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरिव तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध–वृद्धा तथा सामाजिक रुपमा पिछडिएको वर्गलाई निःशुल्क तथा छुट दरमा स्वास्थ्य उपचार उपलब्ध गराउँदै आएको स्वास्थ्य ईकाइमार्फत अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै ३ करोड बढीको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराउन सफल भएको छ ।

अस्पतालमा सामाजिक स्वास्थ्य ईकाई मार्फत एक वर्षको अवधिमा मात्रै ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक ईकाइ प्रमुख नेत्रप्रसाद आचार्यले जानकारी दिए । पछिल्लो आर्थिक वर्ष २०७९÷८० मा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । त्यसअघिको वर्ष यो सङ्ख्या ६ हजार ९८० रहेको थियो । गत आर्थिक वर्षमा १८७६ जना गरिव, ५ हजार ३९९ जेष्ठ नागरिक, १२६ अपाङ्गता भएका व्यक्ति, १८९ जना ब्यसहारा, ६५ जना कुपोषित बालबालिका, ७ जना महिला स्वास्थ्य स्वयम्सेवी, ३४ जना थुनुवा तथा एक लैङ्गिक हिंसा पीडितले सेवा लिएको उनले जानकारी दिए ।

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिव तथा लक्षित वर्गहरुलाई सामाजिक ईकाइबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । नेपाल सकारले सो कार्यक्रमका लागि गत वर्ष १ करोड मात्रै विनियोजन गरेको थियो भने यो वर्ष ९० लाख मात्रै विनियोजन गरेको छ । यस कार्यक्रम अन्तरगत सेवाग्राहीको सङ्ख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको उनले गुनासो गरे । अस्पतालमा यो कार्यक्रम अन्तर्गत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकार शल्यक्रिया तथा औषधि खर्च उपलब्ध गराउने गरेको श्रेष्ठ बताउँछन् ।

गत आर्थिक वर्ष ३ हजार ५५९ महिला तथा ४ हजार १३८ पुरुषलाई स्वास्थ्य सेवा उपलब्ध गराएको सामाजिक ईकाइले जाँच पडताल तथा शल्यक्रियाका लागि १ करोड ३८ लाख ४९ हजार ७२३ रुपैयाँ खर्च गरेको छ भने औषधि खर्च बापत १ करोड २६ लाख १०१ रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । यस बाहेक दमजन्य बिरामीका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ३ लाख ७ हजार ७०८ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । यसैगरी सिकलशेल एनिमियाका बिरामीहरुका लागि १ लाख ५७ हजार ३६९ रुपैयाँ बराबरको औषधि उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ६८ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

अस्पतालले विपन्नहरुको उपचार मात्र होइन बेसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधि उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै २२ जना बेसहारा नागरिकहरुलाई उपचारपछि आश्रमको जिम्मा लगाएको थियो । उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक ईकाइका प्रमुख आचार्यले बताए । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए । अस्पतालले आर्थिक वर्ष २०७९÷८० मा मात्रै उपचारमा आउने विपन्न परिवारका विरामी कुरुवालाई खाना तथा खाजा बापत १ लाख ७५ हजार ३५० रुपैयाँ खर्च गरेको थियो ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगाएतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

अस्पतालले लक्षित समूहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इर्मर्जेन्सी सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा ईकाईले २४ घन्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समूहलाई छिटो छरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ४४ वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?